समाचार

विमा कम्पनीका कारण केरा उत्पादक किसान मर्कामा
प्रतापपुर गाँउपालिका, समाचार

विमा कम्पनीका कारण केरा उत्पादक किसान मर्कामा

नवलपरासी,२ पुसकेरा खेती किसानलाई विमा कम्पनीले वेवास्ता गर्दा किसान मर्कामा परेका छन् । विमा कम्पनीले विमा प्राधिकरणको निर्देशनलाई अटेरी गर्दा विमा किसानले बिमा गर्न नपाउदा किसानलाई मर्का परेको हो ।विमा प्राधिकरण केरा किसानलाई राहत पुग्ने गरि बाली बिमा गर्न निर्देशन दिएको तर बिमा कम्पनीले सो निर्देशनलाई उपेक्षा गरेको आरोप समेत जिल्ला स्थित केरा उत्पादक कृषक संघले जनाकारी गराएको छ । केराको विषयमा बिमा प्राधिकरणको बिमा कम्पनीलाई निर्देशन प्रति केरा उत्पादक संघले विज्ञप्ती जारी गरी आपत्ती समेत जनाएको छ । नेपाल बिमा प्राधिकरणको निर्देशनमा निर्धारित केराको बोट र क्षेत्रफल प्रति नवलपरासी केरा उत्पादक संघले प्रेस विज्ञप्ती जारी गर्दै आपत्ति जनाएको छ । जिल्लाका केरा किसानहरु विगतका बर्षदेखि प्रति हेक्टर २५ सय देखि ३ हजारसम्म केराको बोट लगाई बढि केरा उत्पादनबाट लाभ लिईरहेका बेला बिमा प्राधिकरणको प्...
जनजाती,मुस्लिम,पिछडाबर्ग र दलितको हकहितका लागि जेमोड फाउण्डेसन गठन
रामग्राम नगरपालिका, समाचार

जनजाती,मुस्लिम,पिछडाबर्ग र दलितको हकहितका लागि जेमोड फाउण्डेसन गठन

नवलपरासी,२ पुसजिल्ला स्थित जनजाती,मुस्लिम,पिछडावर्गको हक हितका लागि (जेमोड) फाउण्डेसन नामक सस्थाको गठन गरिएको छ । शनिवार परासीमा दलित समुदायका बुद्धिजिवि,समाजसेवी र राजनीतिककर्मीहरुको एक भेलाले जनजाती,मुस्लिम,पिछडाबर्ग र दलित समुदायलाई राज्यको निकायमा समावेशी गराउने र शसतिmकरण गर्ने उदेश्यले काम गर्नका लागि संगठनको आवश्यकता महशुस गर्दै सो जेमोड फाउण्डेसन गठन गरिएको हो ।संघिय संसद राष्ट्रिय सभाका पुर्व साँसद रामलखन हरिजनको संयोजकत्वमा भएको उतm कार्यक्रमले अगामी पुस १६ गते विस्तारित भेला गरि जनजाती,मुस्लिम,पिछडाबर्ग र दलितको हकहितमा काम गर्ने गरि फाउण्डेसनले कार्यपत्रको प्रस्तुती गराउने कार्यक्रम समेत तोकेको संयोजक पुर्व साँसद हरिजनले जानकारी गराए । संविधान कार्यान्वयन र समावेशीकरणका लागि आयोजना गरिएको अन्तरसंवाद कार्यक्रम पश्चात संगठन बनाउन आवश्यकता महशुस गरियो, पुर्वसाँसद हरिजनले भने, यसला...
नियमन निकायले अनुगमन नगर्दा निर्माण कार्यमा अनियमितता बढेको स्थानियको आरोप
प्रतापपुर गाँउपालिका, समाचार

नियमन निकायले अनुगमन नगर्दा निर्माण कार्यमा अनियमितता बढेको स्थानियको आरोप

नवलपरासी,२ पुुसजिल्ला भित्र अहिले ठाँउ ठाँउमा निर्माण कार्यमा अनियमितता भई रहेको भए पनि नियमन गर्ने निकाय मौन रहेको आरोप स्थानियबासीले लगाएका छन् । जिल्ला अनुगमन सिमिति होस वा जिल्ला भित्रका भए गरेका गतिविधिका लागि जनप्रतिनिधि मुलक निकाय जिल्ला समन्वय समिति(जिसस)ले समेत ति अनियमितता प्रति ध्यान नदिनु प्रति स्थानियले आश्चर्य ब्यतm गरेका हुन् ।जिल्लाको प्रमुख मार्ग हुलाकी राजमार्ग निर्माणमा कमसल इटको प्रयोग होस वा महेशपुर मुल भन्सार जोड्ने सडकको ढल दुबैमा कमसल समाग्रि प्रयोग भई रहेका छन् । कमसल समाग्रि प्रयोग गर्दा महेशपुर भन्सार जोड्ने सडकको ढल भत्किएको छ । त्यसै गरि हुलाकी सडकका पुल कलभर्ट निर्माणमा सिम इटका प्रयोग भई रहेका प्रमाण सहित विभिन्न आम सञ्चार माध्यम र समाजिक सञ्जालमा आउदा समेत नियमन गर्ने निकाय कानमा तेल हालेर बसेको आरोप स्थानियबासीको रहेको छ । अनुगमन निकाय पनि भत्ता मुखी हुदा य...
भारतिय गण्डक नहर भन्दा नेपाल गण्डक नहरमा पानी प्रवाह शुरु
प्रतापपुर गाँउपालिका, समाचार

भारतिय गण्डक नहर भन्दा नेपाल गण्डक नहरमा पानी प्रवाह शुरु

नवलपरासी,१ पुसनेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीमा सिचाईका लागि जलप्रवाह शुरु गरिएको सिचाई ब्यवस्थापन कार्यालय सेमरी नवलपरासीले जनाएको छ । स्थानिय किसानको माग अनुसार नै गण्डक नहरमा पानी प्रवाह गरिएको जानकारी गराएको हो ।विगत बर्षमा भारतिय नहरमा पानी प्रवाह भए पछि मात्र नेपाल गण्डक नहर सिचाई प्रणालीमा पानी प्रवाह गरिने परम्परा थियो । तर गत बर्ष देखी तोडिएको पछि त्यसैको निरन्तरता अनुसार यो बर्ष पनि भारतिय नहर भन्दा अगावै नहरमा पानी प्रवाह भएको सिचाई ब्यवस्थापन कार्यालयका प्रमुख रनधिर शाहले जनाए । पहिला भारतिय नहरमा पानी प्रवाह गरिए पनि मात्रै नेपाली नहरमा पानी प्रवाह हुने परम्परा थियो,उनले भने,तर गत बर्ष भारतिय पक्षसँग भारतीय किसान भन्दा नेपाली किसानलाई पहिला नै पानी आवश्यक पर्छ ।सम्झौतामै उल्लेख नभएको कुरा परम्परा बनाएर नेपाली किसानलाई मर्कामा नपार्न भनि संवाद गरियो । त्यो तर्कबाट भारतिय ...
सात बर्षमा पनि बनेन सुस्ता जोड्ने पुल
समाचार, सुस्ता गाउँपालिका

सात बर्षमा पनि बनेन सुस्ता जोड्ने पुल

गण्डक नदीको पुल निर्माण ढिलाईले सुस्ताबासीलाई सास्ती नवलपरासी, सात बर्षमा पनि सुस्ताको झेलुङ्गे पुल बन्न नसक्दा सुस्ताबासीले सास्ती खेप्नु परेको छ । ठेकदारको लापर्वाहीका कारण हालसम्म झोलुङ्गे पुल बन्न नसक्दा सुस्ताबासीले सास्ती खेप्न परेको हो । पुल निर्माणमा हुने ढिलाईका कारण अझै जोखिमपुर्ण डुङ्गा यात्रा गर्न सुस्ताबासी रहेका स्थानियबासीले गुनासो समेत गरिरहेको नवनिर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य(साँसद) देवकरण कलवारले बताए । आफु संविधान सभा सदस्य हुदा नै पहल नेपाल सरकारसँग पहल गरि सुस्तामा पुलको योजना पार्न लगाएको दाबी गर्दै यस क्षेत्रका जनप्रतिनिधिले बेलामा पहल नगरिदिदा पुल निर्माणमा ढिलाई भई रहेको थियो । अहिले आफु पुन? प्रदेश साँसदमा निर्वाचित भएको छु,साँसद कलवारले भने,मेरो पहिलो दायित्व पुलको छिटो भन्दा छिटो निर्माण गराई सुस्ताबासीको समस्या समाधन तर्फ लाग्नु हो । ठेकेदा...
प्रतापपुर गाउपालिकाका जेष्टनागरिकलाई दिर्घायु कार्यक्रम
प्रतापपुर गाँउपालिका, समाचार

प्रतापपुर गाउपालिकाका जेष्टनागरिकलाई दिर्घायु कार्यक्रम

नवलपरासी,२३ मंसिरजिल्लाको प्रतापपुर गाउपालिकाले जेष्टनागरिकलाई राहत पुग्ने गरि जेष्ठनागरिक दिर्घायु योजना कार्यक्रम सञ्चालन गरेको छ । गाउपालिकाको आयुर्वेद शाखाको नेतृत्वमा सो योजना सञ्चालन गरिएको हो ।जेष्टनागरिकको स्वास्थ्य अवस्थाको ख्याल गर्दै आयुर्वेदिक उपचार तथा पोषणयुतm औषधी वितरण गर्नुका साथै जेष्ठनागरिकलाई परामर्श सेवा समेत दिईने गरि दिर्घायु आयोजना सञ्चालन गरिएको गाउपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले बताए । आयुर्वेद शाखाले बनाएको योजना अनुसार गाउपालिकाले बजेट बिनियोजन गरेको थियो, उनले भने, अहिले आयुर्वेद शाखाले सो कार्यक्रम वार्ड वार्डमा पुगेर जेष्टनागरिकलाई औषधी उपचार तथा परामर्श सेवा दिइने कार्य अगाडी बढाएको छ । सिमित साधनस्रोतले लक्षित बर्गमा अधिक्तन सेवा दिने लक्ष्य अनुसार कार्यक्रम सञ्चालन भईरहेको उनको भनाई थियो ।दिर्घायु योजना अन्तरगत आयुर्वेद शाखाले अमृतचिया,च्वनप्रास,अश्वगन्...
सिचाई आयोजना भित्र जम्मा भएको बलुवा सफाई नहुदा किसानलाई मर्का
रामग्राम नगरपालिका, समाचार

सिचाई आयोजना भित्र जम्मा भएको बलुवा सफाई नहुदा किसानलाई मर्का

नवलपरासी,२३ मंसिरजिल्लाको रामग्राम नगरपालिका १५ र १६ वार्ड लक्षित हर्कुई सिचाई आयोजना खोलामा सिल्ट जम्मा भएर प्रभावित बनेको छ । करोडौ रुपिया लगानी गरि निर्माण गरिएको सिचाई आयोजनको बाँध नजिकै बालुवा जम्मा हुदा जल भण्डार कम हुदा आयोजना प्रभावित बनेको स्थानियले बताएका हुन् ।सिचाई आयोजना भित्र जम्मा भएको बालुवा सफाई नहुदा किसान सिचाई गर्न नपाएर मर्कामा पर्ने भएका छन् । लुम्बिनी प्रदेश सरकार सिचाई डिभिजन कार्यालयको सहयोगमा निर्माण गरिएको उक्त आयोजनाको सर पानी स्रोतको सरसफाई नहुदा आयोजनाको जल भण्डार हुने स्थानमा बालुवा जम्मा भएको स्थानियले बताए । आयोजना निर्माण भयो,तर यसको दिर्घकालिन योजना बन्न नसक्दा सिचाई आयोजना प्रभावित बनेको छ । सरकारको करोडौ लगानीको सिचाई आयोजना डिभिजन कार्यालयको लापार्वाहीले किसानले सिचाई जल पाउन समस्या देखिएको रामग्राम १५ सुक्रौलीका रामकिसुन केवटले बताए । उनले सिचाई आयोजन...
वर्दघाट नगरपालिकाद्धारा प्राचिन हल्लिदावसन नगर(बुद्धमंगलताल क्षेत्र)को विकास पहिलो प्राथमिकतामा
बर्दघाट नगरपालिका, समाचार

वर्दघाट नगरपालिकाद्धारा प्राचिन हल्लिदावसन नगर(बुद्धमंगलताल क्षेत्र)को विकास पहिलो प्राथमिकतामा

नवलपरासी,२३ मंसिर,जिल्लाको वर्दघाट नगरपालिका भित्र रहेको बौद्धकालिन बुद्ध मंगल ताललाई पर्यटकिय गन्तब्य बनाउन नगरपालिकाले प्राथमिकतामा राखेर काम गर्ने जनाएको छ । गत बर्ष बुद्धमंगल ताल क्षेत्र कोलिय गणराज्यको प्राचिन ‘हल्लिदावस नगर’ घोषणा समेत भई सके पछि अहिले नगरपालिकाले सो क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी गराएका हुन् ।प्रदेश सरकारको विकास प्राधिकरणले माग गरेको नगरको मुख्य तिन वटा योजनामा दविला गाउस्थित प्राचिन हल्लिदावसन नगर बुद्धमंगलताल क्षेत्रलाई नै प्राथमिकतामा राखिएको छ, प्रमुख प्रशासकिय अधिकृत सापकोटाले भने, पहिलो प्राथमिकतामा राखेर एउटा योजना पर्दा पनि बुद्धमंगल ताल नै उल्लेख गरि योजना माग गरिएको छ । कम्तीमा पनि एउटा योजना पर्ला नै, उनले थपे, सो योजना परे पछि यसलाई वृहत्तर योजना बनाई संरक्षण,प्रवद्र्धन र पुर्वा...
निर्माण ब्यवसायिको लापरवाहीले सुस्ता अस्पताल निर्माण कार्य अलपत्र
समाचार, सुस्ता गाउँपालिका

निर्माण ब्यवसायिको लापरवाहीले सुस्ता अस्पताल निर्माण कार्य अलपत्र

नवलपरासी,२३ मंसिर,निर्माण ब्यवसायिको लापरवाहीले सुस्तामा बन्न लागेको अस्पतालको निर्माण कार्य विगत डेढ बर्ष देखी अलपत्र परेको छ । ठेक्का सम्झौता गर्ने तर काम नगर्ने निर्माण ब्यवसायिका कारण अपस्पताल निर्माण कार्य अलपत्र परेको हो ।निर्माण ब्यवसायिले सम्झौता गर्ने,निर्माणका लागि पेश्कि रकम पनि बुझ्ने र निर्माण स्थलमा बोर्ड गाडेर सम्पर्क विहिन बनेका थिए । निर्माण ब्यवसायि सम्पर्क विहिन भएकोले सुस्ता गाउपालिकाले पेश्कि रकम फिर्ता लिन बैंकलाई पत्राचार गर्दा उल्टै उच्च अदालतबाट रकम रोकाउनका लागि आदेश जारी गराएर लापरवाहीको सिमा नाघेको गाउपािलकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । २४ महिना भित्र निर्माण कार्य सम्पन्न गर्न भनेर २०७८ असार ७ गते सम्झौता भएको थियो । निर्माण ठेक्का सकार गर्ने प्राकृतिक,कश्यप,समिर जेभि रामग्रामले ठेक्का सकार गरेको थियो । काम गर्ने निर्माण ब्यवसायि संघ नव...
प्रहरीद्धारा आत्महत्या न्युनिकरणका लागि सचेतना कार्यक्रम
रामग्राम नगरपालिका, समाचार

प्रहरीद्धारा आत्महत्या न्युनिकरणका लागि सचेतना कार्यक्रम

नवलपरासी,२० मंसिरजिल्ला प्रहरी कार्यालय नवलपरासीले रामग्राम २ स्थित पवन माविका बालबालिकालाई आत्महत्याबारे सचेतना दिइएको छ । आत्महत्या न्युनिकरण गर्ने उदेश्यले प्रहरी कार्यालयले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सो सचेतना कार्य गरेको हो ।उबासंघको सभाहलमा विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत ५ सय ५० जना बालबालिकालाई सहभागि गराई सचेतना गराइएको कार्यालयका प्रहरी नायब उपरिक्षक(डिएसपी) भोजराज पाण्डेयले जानकारी गराएका थिए । आत्महत्या कसरी न्युनिकरण गर्न सकिन्छ,आत्महत्या रोक्न घरपरिवारको भुमिकाबारे जानकारी गराइएको डिएसपी पाण्डेलले बताए । यो सचेतना अभ्यासले बढदो आत्महत्या रोक्नमा मद्दत पुर्याउने उनको भनाई थियो ।...