
नवलपरासी,२ पुुस
जिल्ला भित्र अहिले ठाँउ ठाँउमा निर्माण कार्यमा अनियमितता भई रहेको भए पनि नियमन गर्ने निकाय मौन रहेको आरोप स्थानियबासीले लगाएका छन् । जिल्ला अनुगमन सिमिति होस वा जिल्ला भित्रका भए गरेका गतिविधिका लागि जनप्रतिनिधि मुलक निकाय जिल्ला समन्वय समिति(जिसस)ले समेत ति अनियमितता प्रति ध्यान नदिनु प्रति स्थानियले आश्चर्य ब्यतm गरेका हुन् ।
जिल्लाको प्रमुख मार्ग हुलाकी राजमार्ग निर्माणमा कमसल इटको प्रयोग होस वा महेशपुर मुल भन्सार जोड्ने सडकको ढल दुबैमा कमसल समाग्रि प्रयोग भई रहेका छन् । कमसल समाग्रि प्रयोग गर्दा महेशपुर भन्सार जोड्ने सडकको ढल भत्किएको छ । त्यसै गरि हुलाकी सडकका पुल कलभर्ट निर्माणमा सिम इटका प्रयोग भई रहेका प्रमाण सहित विभिन्न आम सञ्चार माध्यम र समाजिक सञ्जालमा आउदा समेत नियमन गर्ने निकाय कानमा तेल हालेर बसेको आरोप स्थानियबासीको रहेको छ । अनुगमन निकाय पनि भत्ता मुखी हुदा यस्तो समस्या आएको स्थानियले आरोप लगाएका छन् । नियमन निकायले कि अनुगमनको नामा कोटा पुरा गर्नका लागि दैनिक भ्रमण भत्ता पाए जाने हो,वा कुनै गैर सरकारी संस्थाले भत्ता दिएर अनुगमन गरिदिन बोलाए मात्र अनुगमनकारी निकाय जाने गरेको स्थानियबासीको आरोप छ ।
महेशपुर मुल सडकको स्तरउन्नती गरि फराकिलो सडक निर्माण गर्न सडकको दुबै साईडमा निर्माण गरिएको ढलमा कमसल निर्माण सामाग्री मिसाइएकोले ढलका भित्ताहरु भत्किन थालेको स्थानिय दामोदर पाठकले आरोप लगाए । ठेकदारले दुबै साईडमा ढल बनायो, अहिले सडकमा बेस खसाली रोलिगँ गर्ने क्रममा ढलहरुमा प्रेसर पर्दा ठाउँठाउँमा ढल भत्किन थालेको छ भने कतै चिरा पर्न थालेको छ । काम नसकिदै सामान्य प्रेसरले ढल भत्किनु भनेको यसको निर्माणमा कमसल सामाग्री र कमजोर सिमेन्ट मसला प्रयोग भएको हुनु पाठकको दावी छ ।
ढल सडको पश्चिम तर्फ ५० फुटबढि भत्किएको छ भने कतै दबेर खुम्चिएको, भत्किएको र चर्किको प्रत्यक्ष हेर्न सकिन्छ । ३ महिना अगाडी ढल बनाउदा ढलमा कमजोर मसला, सेम ईटा र स्थानिय खोलाको माटो मिसिएको बालुवा प्रयोग गरेको स्थानियले चर्काे विरोध गरेका थिए । तर पनि सुधार भएको थिएन । अहिले ढल भत्किनुले कमसल र अनियमितलाई प्रमाणित गर्दछ । यस्तो ठुलो रकम र मुल सडकको निर्माण कार्यमा नत्र साईटमा ईन्जिनियरहरु नै देखिन्छ नत्र पालिका र जिल्ला समन्वय समिति र जिल्ला प्रशासन मार्फत अनुगमहरु नै भएको पाईदैन । सबै सम्बन्धित निकाय किन मौन छ कतै आर्थिक प्रलोभन त होईन नि भनि स्थनिय दामोदर पाठकको प्रश्न थियो ?
सडक डिभिजन कार्यालयले उक्त सडक निर्माणका लागि २ करोड, ८१ लाख ३९ हजार ३७१ रुपैयामा प्रदिप सामथ्र्य जेभी कम्पनीलाई ठेक्का दिएको छ । उक्त सडकमा रिटनिगँ वाल, ढल, माटो फिलिगँ भईसकेको अब बेस झारी रोलिगँको काम भैरहेको छ । हालसम्म कुल कामको करिब ६० प्रतिशत काम सम्पन्न भएको देखिन्छ ।
त्यसै गरि हुलाकी सडकको वर्दघाट नगरपलिका,प्रतापपुर गाउपालिका हुदै सुस्ता गाउपालिका भित्रको सडकमा बन्ने कल्भर्ट र साना पुलहरुका सिम इटाको प्रयोग भई रहेको देखिन्छ । १५ किलोमिटर दुरीको उक्त हुलाकी सडक तल बर्दघाट नगरपालिका, प्रतापपुर गाउँपालिका, सुस्ता गाउँपालिका हुदै बिनयीत्रिवेणीको रानीनगरलाई जोडेको छ । उक्त हुलाकी सडक निर्माणका लागि बज्रगुरु महालक्ष्मी जेभी ललितपुरले ४९ करोड, ६७ लाख ६२ हजार ५ सय ४६ रुपैयामा ठेक्का लिएको छ । बाटो निर्माणका लागि ठेकदार कम्पनीले २०७६ मंसिर १ गते सम्झौता गरि २०७९ मंसिर १ गतेसम्म सम्पन्न गर्नु पर्ने म्याद रहेको छ ।
साढे ३ बर्षको म्याद सकिए पनि हालसम्म जम्मा करिब ४० प्रतिशत मात्र काम सम्पन्न भएको छ । यस ठेक्काको म्याद यहि मंसिर १ गते सकेको छ । यता जिल्ला समन्वय समिति प्रमुख भगौती यादवले स्थानियबासीको सडक अनियमितताबारे गुनासो आएको स्वीकार गरेका छन् । सम्बन्धित कार्यालयका प्राविधिक सहितको अनुगमन चाडै गर्ने उनले प्रतिवद्धता जनाए । एक दुई दिन भित्रै ति क्षेत्रको स्थलगत अनुगमन गरिने जिससको योजना रहेको छ,उनले भने,तर त्यसका लागि सम्बन्धित क्षेत्रको प्राविधिक सहितको अनुगमन गरिए प्रभावकारी हुने हुदा अनुगमनमा ढिलाई भई रहेको छ ।