प्रतापपुर गाउपालिकाका जेष्टनागरिकलाई दिर्घायु कार्यक्रम

नवलपरासी,२३ मंसिर
जिल्लाको प्रतापपुर गाउपालिकाले जेष्टनागरिकलाई राहत पुग्ने गरि जेष्ठनागरिक दिर्घायु योजना कार्यक्रम सञ्चालन गरेको छ । गाउपालिकाको आयुर्वेद शाखाको नेतृत्वमा सो योजना सञ्चालन गरिएको हो ।
जेष्टनागरिकको स्वास्थ्य अवस्थाको ख्याल गर्दै आयुर्वेदिक उपचार तथा पोषणयुतm औषधी वितरण गर्नुका साथै जेष्ठनागरिकलाई परामर्श सेवा समेत दिईने गरि दिर्घायु आयोजना सञ्चालन गरिएको गाउपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले बताए । आयुर्वेद शाखाले बनाएको योजना अनुसार गाउपालिकाले बजेट बिनियोजन गरेको थियो, उनले भने, अहिले आयुर्वेद शाखाले सो कार्यक्रम वार्ड वार्डमा पुगेर जेष्टनागरिकलाई औषधी उपचार तथा परामर्श सेवा दिइने कार्य अगाडी बढाएको छ । सिमित साधनस्रोतले लक्षित बर्गमा अधिक्तन सेवा दिने लक्ष्य अनुसार कार्यक्रम सञ्चालन भईरहेको उनको भनाई थियो ।
दिर्घायु योजना अन्तरगत आयुर्वेद शाखाले अमृतचिया,च्वनप्रास,अश्वगन्धा चुर्ण वितरण गर्दै आएको आयुर्वेद शाखा प्रमुख दिनबन्धु मिश्राले जानकारी गराए । उनका अनुसार बुढेसकालमा नियमित आहार विहारबारे सचेतना कार्य पनि गर्दै आएको छ । दिर्घरोगी जेष्टनागरिकलाई साथ साथै उपचार गर्ने कार्य पनि भई रहेको छ,शाखा प्रमुख मिश्राले भने, जेष्टनागरिक रहेको घरका परिवारलाई समेत जेष्टनागरिकको सेवा सुसारबारे आवश्यक परामर्श दिइने कार्य समेत गरिएको छ । करिब ७ लाख बजेट खर्च हुने अनुमान गरिएको छ । यो बर्ष ४ वटा वार्डका १ हजार ३० जना जेष्टनागरिकलाई दिर्घायु योजना अन्तरगत सेवा दिईने उनको भनाई थियो । बाकी वार्ड जेष्टनागरिकलाई पनि शाखाले आफ्नो नियमित सेवा अनुसार सेवा प्रदान गर्दै आएको समेत उनले जानकारी गराएका थिए ।

3 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *