समाचार

समाजिक उत्तरदायित्व अन्तरगत लक्ष्मि स्टिलद्धारा सुनवल ७ लाई सय थान सडक बत्ति प्रदान
समाचार, सुनवल नगरपालिका

समाजिक उत्तरदायित्व अन्तरगत लक्ष्मि स्टिलद्धारा सुनवल ७ लाई सय थान सडक बत्ति प्रदान

नवलपरासी,जिल्लाको सुनवल स्थित लक्ष्मि स्टिल लिमिटेडले सुनवलबासीलाई १ सय थान सडक बत्ति उपलब्ध गराएको छ । उद्योगले आफ्नो समाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत उज्जयाले सुनवल अभियानलाई सहयोग हुने गरि सुनवल वार्ड नम्बर ७ लाई सो सडक बत्ति उपलब्ध गराएको हो ।आईतवार एक कार्यक्रमको आयोजना गरि उद्योगका महाप्रबन्धक(जिएम) दामोदर पौडेलले सय थान सडक बत्ति वार्ड अध्यक्ष नारायण प्रसाद अचार्यलाई हस्तानान्तरण गरेको थियो । सडक बत्तिको लागत ६ लाख रहेको जिएम पौडेलले बताए । उनका अनुसार उद्योगले बेला बेलामा आफ्नो समाजिक उत्तरदायित्व अन्तरगत यस्तो समाजिक कार्यमा हातेमालो गर्दै आएको छ । यो कार्य निरन्तर गरिरहने प्रतिबद्धता जनाएका थिए । उद्योगको समान्य लगानीले सुनवल उज्जयालो अभियानलाई मद्दत पुगेको वार्ड अध्यक्ष अचार्यले जानकारी गराएका थिए । उद्योग सोही वार्डमा सञ्चालन हुदै आएको छ ।...
स्थानियबासीको गुनासो ‘म्याद सकियो, पुल बनेन’
रामग्राम नगरपालिका, समाचार

स्थानियबासीको गुनासो ‘म्याद सकियो, पुल बनेन’

नवलपरासी, १९ मंसिर,जिल्लाको हुलाकी सडक पुल म्याद सकिए पनि पुल नबन्दा स्थानियले दुखेसो पोखेका छन् । प्राविधिक र सम्बन्धित ठेकेदारले पुल निर्माणको कार्य बेलामै नगरिदिदा समस्या भएको भन्दै स्थानियबासीले दुखेसो पोखेका हुन् ।पुल निर्माण गर्ने ठेकेदार समेत अहिले साईट छोडेर हिडेको भन्दै अब पुल बनाउने जिम्मेवारी कस्को ? भनि जिज्ञासा राख्ने गरेका छन् । पुलको शिलान्यास हुदा म्याद भित्रै पुल बन्छ भनेर यस क्षेत्रका मन्त्री साँसदले भाषण ठोकेका थिए, तर हालसम्म पुल निर्माण कार्य रोकिएको छ । पुल नबन्दा धेरै समस्या भएको छ, रामग्राम १५ सुक्रौलीका रामकिसुन केवटले भने,खोलामा पुल नहुदा यस क्षेत्रको कुईया,बडगो,घिनहा,पण्डितपुर लगायतका आधा दर्जन बस्तिलाई समस्या भएको छ । विरामी,गर्भवती महिलालाई उपचारका लागि परासी लैजान पनि कि भैरहवा भुमही राजमार्गको पुल पुग्नु पर्ने कि त डिघवलको पुल भएर जानु पर्ने बाध्यता रहेको छ ।...
आवधिक योजना बनाउदै सरावल गाउपालिका
समाचार, सरावल गाउँपालिका

आवधिक योजना बनाउदै सरावल गाउपालिका

नवलपरासी, १९ मंसिर, जिल्लाको सरावल गाउपालिकाले आवधिक योजना बनाउने कार्य शुरु गरेको छ । गाउपालिकाले एक कार्यक्रमको आयोजना गरि आवधिक गाउ विकास योजना तथा मध्यकालिन खर्च तर्जुमा गर्दै योजना बनाउने कार्य प्रारम्भ गरेको हो ।गाउपालिका अन्तगरगत रहेका सबै शाखाका शाखा प्रमुखहरुलाई आवधिक योजना निर्माणका लागि प्रारम्भिक कार्यशाला शुरु गरिएको गाउपालिकाका अध्यक्ष शुखाडी प्रसाद चौधरीले बताए । आवधिक योजनाले बार्षिक विकास निर्माण योजना बनाउन मार्ग निर्देश गर्ने भएको हुदा पहिला वृहद रुपमा आवधिक योजना बनाउने र त्यसैको आधारमा बर्षेनी विकास योजना बनाई लागु गर्दै लैजाने उनको भनाई थियो । यसमा गाउपालिकाका सबै शाखाहरु क्रियाशिल भएर लाग्नु पर्छ, उनले भने, योजना बनाउने बेला अन्यौलतामा योजना तर्जुमा गर्नु भन्दा पहिला गाउपालिकाको विकास सम्बन्धि परिदृष्ट तयार गर्ने र सोही अनुसारको आवधिक योजना निर्माण गर्नु पर्छ । अवाधि...
सरोकारवालाको वेवास्ताले पुरातात्विक क्षेत्र पण्डितपुरमा धमाधम पक्कि घर बन्दै
रामग्राम नगरपालिका, समाचार

सरोकारवालाको वेवास्ताले पुरातात्विक क्षेत्र पण्डितपुरमा धमाधम पक्कि घर बन्दै

नवलपरासी,१७ मंसिरसरोकारवाला निकायको वेवास्ताले प्राचिन कोलिय गणराज्यको राजधानी समेत रहेको पुरातात्विक रामग्राम (पण्डितपुर)मा अहिले धमाधम पक्कि संरचना निर्माण भईरहेका छन् । पुरातत्व विभागले नजिकै राखेको पुरातात्विक स्थलको सम्बन्धि बोर्डको उपेक्षा गर्दै स्थानियले धमाधम पक्कि निर्माण गर्दै गरेको भए पनि सरोकारवाला निकायले संरक्षण प्रति गैर जिम्मेवारी देखाउदै आएका हुन् ।विगत बर्ष देखी नै प्राचिन कोलिय गणराज्यको राजधानी भनेर पुरातत्व विदहरुले बताउदै ति स्थानको संरक्षण गर्नु पर्ने जिल्ला प्रशासन कार्यालयलाई परिपत्र समेत गरेका थिए । सो स्थानमा नेपाल सरकार पुरातत्व विभागले सुचना समेतको होर्डिगँबोर्ड राखेको छ, एक स्थानियले भने,तर होर्डिगँबोर्ड नाम मात्रको छ । पुरातात्विक क्षेत्रमा धमाधम पक्कि घर बन्दै छन्,तर कसैले त्यस प्रति चाँसो देखाएका छैनन् । पुरातात्विक क्षेत्र प्राचिन कोलिय गणराज्यको राजधानी स...
नवनिर्वाचित जनप्रतिनिधिको जिससद्धारा बधाई तथा शुभकामना
रामग्राम नगरपालिका, समाचार

नवनिर्वाचित जनप्रतिनिधिको जिससद्धारा बधाई तथा शुभकामना

नवलपरासी,१५ मंसिरजिल्ला समन्वय समिति(जिसस) नवलपरासीले जिल्लामा नव निर्वाचित संघिय साँसद र प्रदेश साँसद जनप्रतिनिधिलाई बधाई तथा सुभकामना दिने कार्यक्रम गरेको छ । कार्यालयमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई आमन्त्रण गरि बधाई तथा शुभकामना कार्यक्रम गरेको हो ।कार्यक्रममा जिल्लाको चौतर्फि विकासमा अब सबै जनप्रतिनिधि जिल्ला केन्द्रित भएर लाग्न आग्रह समेत गरिएको छ । विगत देखी नै यो जिल्लाबाट शतिm पहुँचमा भए पनि जनप्रतिनिधिको काम भन्दा अ आफ्ना दलिय कार्यलाई प्राथमिकता दिने गर्दा जिल्लाको विकास ओझेलमा परेको तर अब देखी यस्तो उपेक्षा नहोस भनि चाहना समेत ब्यतm गरिएको थियो । जिल्लाको क्षेत्र नं.२ को प्रतिनिधि सभा सदस्य(संघिय साँसद)मा निर्वाचित धु्रव बहादुर प्रधान विगतमा प्रहरी सेवाको उच्च ओहदा (आईजिपि) मा पुगेर सेवा निवृत भए पछि राजनीतिमा लाग्नु भएको थियो । विगत विगतमा पटक पटक पराजय भोग्दै आएका प्रधान अहिल...
कोलिय गणराज्यको राजधानी रामग्राम (पण्डितपुर) नै भएको भुभौतिक सर्वेले पुष्टयाई गर्दै
रामग्राम नगरपालिका, समाचार

कोलिय गणराज्यको राजधानी रामग्राम (पण्डितपुर) नै भएको भुभौतिक सर्वेले पुष्टयाई गर्दै

नवलपरासी,१५ मंसिरप्राचिन कोलिय गणराज्यको राजधानी रामग्राम नगरपालिका वार्ड नं.१८ पण्डितपुर नै भएको पुष्टि अहिलेको भुभौतिक सर्वेक्षण(जिओफिजिक्स सर्वे) ले गर्ने भएको छ । विगत बर्षमा पुरातत्व विभागले अनुमानको आधारमा उत्खनन गरि बैज्ञानिक आधार र पुष्टिको पर्खाइमा अहिलेसम्म प्रतिवेदन समेत सार्वजनिक गर्न नसकिरहेको अवस्थामा हालै गरिएको भुभौतिक सर्वे गर्दा पुष्ट्याईको आधारहरु फेला परेको हो । पुरातत्व विभागको लगानीमा बेलायत दुराम विश्वविद्यालयको प्राविधिक टोलीले ६ दिनमा गरेको भुभौतिक सर्वेक्षणमा धेरै स्थानमा पुरातात्विक बस्तु रहेको देखिन थाले छ । विहिवार विश्व विद्यालयका प्रोफेसर डा.मार्कले आफै भुभौतिक सर्वेमा सहभागि थिए । धेरै राम्रो उपलब्धी भएको छ,उनले उत्साही हुदै पुरातात्विक क्षेत्र तर्फ सँकेत गरेका थिए । यो क्षेत्र सँसारका लागि महत्व पुर्ण बन्नेमा उनले विश्वास ब्यतm गरेका थिए । छिटै सर्वे...
तिन महिनामा सुस्ताका एक सय तिस महिलाले पाए निशुल्क भिडियो एक्सरे सेवा
समाचार, सुस्ता गाउँपालिका

तिन महिनामा सुस्ताका एक सय तिस महिलाले पाए निशुल्क भिडियो एक्सरे सेवा

नवलपरासी,१३ मंसिरग्रामिण क्षेत्रका गर्भवति महिलालाई लक्षित गरि स्वास्थ्य चौकीमै भिडियो एक्सरे(अल्ट्रासाउण्ड) सेवा लिनेको संख्या उल्लेख्य वृद्धि भएको छ । गाउका गर्भवति महिलालाई अन्य सबै स्वास्थ्य जाँच निशुल्क गर्दै भिडियो एक्सरे समेतको सेवा निशुल्क भए पछि गर्भवती महिलाले सो सेवा लिन स्वास्थ्य चौकी आउन थालेका हुन् ।गाउपालिका भित्रका सबै गर्भवती महिलालाई गाउपालिकाले निशुल्क सेवा उपलब्ध गराउने अनुरुप मासिक स्वास्थ्य जाँच गर्दै आएको भए पनि भिडियो एक्सरेका लागि भारत विहारको भैसालोटन बजार जानु पर्ने वा सदरमुकाम परासी तथा वर्दघाट जानु पर्ने बाध्यता थिए । तर गत भदौ महिनामा गाउपालिकाले पालिका परिसर भित्रै रहेको कुडिया स्वास्थ्य चौकीमा भिडियो एक्सरे मेसिन उपलब्ध गराए पछि गाउपालिकाका गर्भवति महिलालाई राहत भएको स्वास्थ्य चौकी प्रमुख विकास यादवले जानकारी गराए ।यादवले भिडियो एक्सरे सेवा लिनेको मासिक प्रग...
शैक्षिक सुधारमा अग्रणी बन्दै सुनवल नगरपालिका
समाचार, सुनवल नगरपालिका

शैक्षिक सुधारमा अग्रणी बन्दै सुनवल नगरपालिका

नवलपरासी,१३ मंसिरनेपालकै पहिलो बालमैत्री घोषणा नगर घोषणा गरेर राष्ट्रिय र अन्तराष्ट्रिय पहिचान बनाउन सफल जिल्लाको सुनवल नगरपालिका अहिले शिक्षा क्षेत्रमा पनि उत्तिकै सफलता हात पार्दै गएको छ । सामुदायिक विद्यालयका शैक्षिक अवस्था दयनिय रहेको बदनामी हुदै आए पनि सुनवल नगरपालिकाले त्यो बदनामीलाई चिर्ने गरि प्रयासरत छ । त्यसको प्रत्यक्ष उदाहरण र अनुरणिय अभ्यास प्रत्यक्ष देख्न र हेर्न पाईन्छ । शिक्षा क्षेत्रकै कृयाशिलताले बालमैत्री नगरपालिका घोषणा गर्न सफल भएको समेत नगरपालिकाका बालकल्यण अधिकारीका जिम्मेवारी पाएका तत्कालिन बालमैत्री घोषणा कार्यक्रमका संयोजक रेशम शर्मा बताउछन् ।बालमैत्री बनाउनमा शिक्षा र स्वास्थ्य क्षेत्रको ठूलो योगदान रह्यो,उनि भन्छन्,त्यसमा पनि विद्यालय र शैक्षिक क्षेत्रको योगदान अतुलनिय रह्यो । नगरपालिकाको शिक्षा शाखा र नगरका विद्यालयहरु बालमैत्री बनाउनमा लागि परेका थिए । त्यो अभ...
रामग्राम स्तुपा क्षेत्रमा युनेस्को प्रतिनिधिको अवलोकन
रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुपा क्षेत्रमा युनेस्को प्रतिनिधिको अवलोकन

नवलपरासी, ९ मंसिरजिल्लाको पुरातात्विक,ऐतिहासिक तथा अध्यात्मिक क्षेत्र रामग्राम स्तुपा क्षेत्रमा संरक्षण र विकासका लागि संयुत राष्ट्र संघिय शिक्षा,विज्ञान तथा संस्कृतिक संगठन(युनेस्को) का प्रतिनिधिले चाँसो देखाएका छन् । रामग्राम नगरपालिकाले रामग्राम स्तुप क्षेत्रको विकासका लागि रामग्राम विकास कोष खडा गरि काम गर्ने निर्णय गरे पश्चात युनेस्कोले संरक्षण र विकासमा चाँसो देखाएको हो ।रामग्राम स्तुपा क्षेत्रको शुक्रवार अध्ययनका लागि पुगेकी युनेस्को प्रतिनिधि डा.तयको गौरीले रामग्राम विकासका लागि नगरपालिकाले बनाएको कोष समिति प्रति उत्साह ब्यत गरेकी थिईन् । जापानबाट येनेस्कोमा प्रतिनिधित्व गर्दै आएकी डा.गौरीले रामग्रामको संरक्षण र विकास कसरी गर्ने ? नगरपालिकाले के कस्तो योजना बनाएको छ ? त्यसबारे जिज्ञासा राखेकी थिईन् । त्यसै गरि रामग्राम स्तुपा क्षेत्रमा भुउपयोग नीति,उद्योग प्रदुषणबारे पनि जिज्ञासा र...
सुत्केरी गाईभैसीका लागि पोषणभत्ता
समाचार, सुस्ता गाउँपालिका

सुत्केरी गाईभैसीका लागि पोषणभत्ता

नवलपरासी,गर्भवती महिलालाई गर्भजाँच देखी गर्भाावस्था देखी सुत्केरीसम्म सरकारले विभिन्न पोषण कार्यक्रम चलाउदै आएको सुन्नु भए होला, तर यहाँ जिल्लाको सुस्ता गाउपालिकाले महिलालाई मात्रै नभई सुत्केरी गाईभैसीलाई पनि सुत्केरी पोषण भत्ताको योजना ल्याएको छ । गाउपालिका भित्र पशुपालन फस्टाउने र किसानलाई राहत दिने उदेश्यले यस्तो गाईभैसी सुत्केरी भत्ता कार्यक्रम ल्याएको हो ।जिल्लाको सुस्ता गाउपालिकाले सुत्केरी गाईभैसी हुने किसानलाई गाईभैसीलाई आवश्यक पोषणका लागि पोषणपत्ता लिनका लागि आवेदन माग गरेको छ । चालु आर्थिक बर्ष २०७९/०८० बार्षिक कार्यक्रममा पशुसेवा प्रवद्र्धनात्मक कार्यक्रममा सो कार्यक्रम राखिएको हुदा पशुपालक किसानसँग आवेदन माग गरेको छ । मानिसमा जस्तै सुत्करी अवस्थामा पशुलाई पनि पोषण आवश्यक पर्ने पशु चिकित्सकको परामर्श अनुसार नै सो कार्यक्रम राखिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश...