बेलाटारी—कठहवा सडकमा ग्राभेलमा मात्रै सत्तरी लाखको भ्रष्टाचार
नवलपरासी, ९ पुसजिल्लाको कठहवा—बेलाटारी सडक निर्माण कार्यमा अनियमितता देखिएको छ । ठेकेदारले बेलामा काम नगर्नु एउटा कुरा आर्को तिर सडक निर्माणमा तोकिएको मापदण्ड अनुसार काम नगरि अनियमितता गरेको कुरा खुल्न थालेको हो ।लामो समय देखी सम्पर्कमा नरहेको ठेकदार सम्पर्कमा आएपछि बेलाटारी–कठहवाँ हुलाकी सडक बन्ने आशा जागे पनि अनियमितता कायम नै रहेको स्थानियबासीले बताएका छन् । एक बर्ष देखि सम्पर्क विहिन रहेको ठेकदार अहिले सम्पर्कमा आपछि उक्त हुलाकी सडक निर्माणको कार्य पुनः शुरु हुने स्थानियमा आशा पलायो तर सडकमा मापदण्ड भन्दा कम समाग्रिको प्रयोग गरि भ्रष्टाचार गरिएको आरोप स्थानिय युवराज मौर्यले बताए । २०७७ सालमा शुरु भएको सडक निर्माणको कार्य गर्दा गर्दै ठेकदार विभिन्न बहाना देखाउदै सम्पर्क विहिन भए पछि निर्माण कार्य ठप्प बनेको थियो,उनले भने, सडक निर्माण कार्य ठप्प भए देखि त्यहाँका स्थानियहरुले घाममा धुलोको...










