नवलपरासी,२३ मंसिर,
जिल्लाको वर्दघाट नगरपालिका भित्र रहेको बौद्धकालिन बुद्ध मंगल ताललाई पर्यटकिय गन्तब्य बनाउन नगरपालिकाले प्राथमिकतामा राखेर काम गर्ने जनाएको छ । गत बर्ष बुद्धमंगल ताल क्षेत्र कोलिय गणराज्यको प्राचिन ‘हल्लिदावस नगर’ घोषणा समेत भई सके पछि अहिले नगरपालिकाले सो क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी गराएका हुन् ।
प्रदेश सरकारको विकास प्राधिकरणले माग गरेको नगरको मुख्य तिन वटा योजनामा दविला गाउस्थित प्राचिन हल्लिदावसन नगर बुद्धमंगलताल क्षेत्रलाई नै प्राथमिकतामा राखिएको छ, प्रमुख प्रशासकिय अधिकृत सापकोटाले भने, पहिलो प्राथमिकतामा राखेर एउटा योजना पर्दा पनि बुद्धमंगल ताल नै उल्लेख गरि योजना माग गरिएको छ । कम्तीमा पनि एउटा योजना पर्ला नै, उनले थपे, सो योजना परे पछि यसलाई वृहत्तर योजना बनाई संरक्षण,प्रवद्र्धन र पुर्वाधार विकास गर्ने लक्ष्य नगरपालिकाको रहेको छ । प्राचिन कोलिय गणराज्य भित्रको विभिन्न १२ वटा नगर प्राचिन कालमा थियो । राजधानी रामग्राम बाहेक ६ वटा नगरमा भगवान बुद्धको आगमन भएको थियो । ति ६ वटा नगर मध्ये हल्लिदावसन नगर पनि एक हो । भगवान बुद्धको विभिन्न ८४ हजार सुत्तको धर्मोदेशमा यो अति महत्वपुर्ण सन्देश दिएको स्थान पनि हो । यो वर्दघाट नगरपालिकाको मात्रै नभई राष्ट्रिय तथा विश्वसम्पदामा सुचिकृत हुने स्थान पनि भएको हुदा यसलाई महत्वका साथ नगरपालिकाले काम गर्ने अधिकृत सापकोटाले बताए ।
यस्तो सम्पदा पाउने वर्दघाट नगरपालिकाबासीले गौरव गर्नु पर्ने स्थान नै हो । विश्वमा वर्दघाट भनेर थोरैले चिन्न सक्लान,तर प्राचिन कोलिय गणराज्य भित्रको प्राचिन हल्लिदावसन नगर भनेर बौद्ध साहित्यमा उल्लेख भएको हुदा विश्वभरीका बौद्ध धर्मावलम्बीलाई थाहा छ । तर यहिँका स्थानियबासीलाई बुद्धमंगल ताल क्षेत्र अर्थात हल्लिदावसन नगरको महत्व सबैलाई थाहा नहुन सक्छ । त्यो कार्य अब नगरपालिकाको जिम्मेवारीमा आएको छ । भगवान बुद्धको पाँउ परेको यो पवित्र स्थान मात्रै नभई प्रत्येक मानिसको जिवनमा काम लाग्ने धर्मोपदेश पनि उत्तिकै महत्वपुर्ण रहेको उनको भनाई थियो ।
चार ब्रम्हविहारबारे सन्देश दिएको स्थान हल्लिदावसन नगर हो । ब्रम्हाहरु कुन आसन र अवस्थामा बस्छन्,त्यसैलाई उनले आफ्नो उपदेशमा उल्लेख गरेका छन् । चार ब्रम्ह विहारमा पहिलो मैत्री हो । जुन सबै प्राणी विच एक सदभाव र मैत्रीभाव राख्नु पर्छ । हिँसा देखी विरत रहनु पर्छ । भनेर भनिएको छ । त्यसै गरि दोश्रो करुणा हो,प्रत्येक जिवित प्राणी आफु खुशी बाच्न चाहन्छन्,उनीहरु प्रति करुणाभाव राख्नु पर्छ,हिँसा र द्धेस राख्नु हुदैन् । तेश्रो मुदिता हो,जस्मा अरुको उन्नती प्रगति देखेर खुशी मनाउनु पर्छ । द्धेस र इस्र्या गर्नु हुदैन् । त्यसै गरि चौथो ब्रम्ह विहार हो,उपेक्षा जस्मा कसैले आफ्नो अहित हुने वा आफुलाई दुब्र्यवाहर नै किन नगरको होस त्यसलाई उपेक्षा गर्नु पर्छ । यो चार ब्रम्हविहारको आचरणले मानिसलाई शान्तिको स्रोतमा पुर्याउछ । हल्लिदावस नगरको स्थापना प्राचिन कालमा हुदा सबै गाउलेले हल्दि(बेसार)मा संगिएरको कपडा लागएर नगरको स्थापन गर्नुका साथै नगरबासीलाई आवश्यक जलको प्रबन्धका लागि ताल समेत खनिएको कुरा बौद्ध साहित्यमा उल्लेख भएको पाईन्छ ।
बुद्धमंगल ताल क्षेत्रमा प्राचिन कालमा नै भगवान बुद्ध आउदा त्यहाँ बस्दै आएका फरक मतका साधु र बौद्ध भिच्छुहरुसँग आपसी विवाद उत्पन्न भए पछि भगवान बुद्धले बौद्ध भिच्छुलाई यस्तो अवस्थामा चार ब्रम्ह विहारको आचरणमा बस्नु उत्तम मंगल कार्य भनेका थिए । त्यही बेला देखी नै सो तालको नाम बुद्धमंगल ताल रहन गएको स्थानियको भनाई छ । बुद्धमंगल ताल क्षेत्रमा अहिले पनि हिन्दु मान्यताका धर्मावम्बी र बौद्ध धर्मावलम्बीहरुको मन्दिर र विहार रहेको छ । सबैले मैत्री भावले नै आफ्ना कार्यक्रम गर्दै आउने गरेका छन् । स्थानियबासी मात्रै नभई अन्य स्थानबाट पनि सो क्षेत्रमा पिकनिक,भ्रमण गर्न पर्यटक आउने गरेका छन् । लुम्बिनी प्रदेश सरकारले पनि लगानी गरि कम्पाउण्डवालका कार्य गरेको छ भने नगरपालिकाले तालको विचमा भगवान गौतम बुद्धको मुर्ति प्रतिस्थापन गरेको छ । जुन मुर्तिसम्म तिर्थालुहरु ढुगाँ चढेर जाने गरेका छन् । सेतो कमलले भरिएको उतm पोखरीमा साईवेरियन चराहरुले पनि जाडोयाममा भरिभराउ हुदा पर्यापर्यटकलाई पनि आकर्षित गर्ने गरेको छ ।