नवलपरासी,२ पुस
जिल्ला स्थित जनजाती,मुस्लिम,पिछडावर्गको हक हितका लागि (जेमोड) फाउण्डेसन नामक सस्थाको गठन गरिएको छ । शनिवार परासीमा दलित समुदायका बुद्धिजिवि,समाजसेवी र राजनीतिककर्मीहरुको एक भेलाले जनजाती,मुस्लिम,पिछडाबर्ग र दलित समुदायलाई राज्यको निकायमा समावेशी गराउने र शसतिmकरण गर्ने उदेश्यले काम गर्नका लागि संगठनको आवश्यकता महशुस गर्दै सो जेमोड फाउण्डेसन गठन गरिएको हो ।
संघिय संसद राष्ट्रिय सभाका पुर्व साँसद रामलखन हरिजनको संयोजकत्वमा भएको उतm कार्यक्रमले अगामी पुस १६ गते विस्तारित भेला गरि जनजाती,मुस्लिम,पिछडाबर्ग र दलितको हकहितमा काम गर्ने गरि फाउण्डेसनले कार्यपत्रको प्रस्तुती गराउने कार्यक्रम समेत तोकेको संयोजक पुर्व साँसद हरिजनले जानकारी गराए । संविधान कार्यान्वयन र समावेशीकरणका लागि आयोजना गरिएको अन्तरसंवाद कार्यक्रम पश्चात संगठन बनाउन आवश्यकता महशुस गरियो, पुर्वसाँसद हरिजनले भने, यसलाई निरन्तता दिन र गाँउ टोलसम्म शसतिmकरणको कार्यक्रम गर्नुका साथै प्रादेशिक तथा राष्ट्रिय स्तरको सम्मेलन तथा कार्यशालाहरुको समेत आयोजना गर्दै लैजाने लक्ष्य लिई काम गरिने छ । संविधानमा जति कुरा उल्लेख छ,त्यसको पुर्ण पालना राजनीतिक दलले गर्न चाहेका छैनन् । समावेशीताको सिद्धान्तमा संविधान बने पनि कार्यान्वन गर्दा अझै पनि खस आर्य शासक बर्गले त्यसलाई मनन गरेका छैनन् ।
नीयतबस नै शासक बर्गले विभिन्न बहानामा समावेशिता सिद्धान्तको उल्घंन गर्ने गरेको पाइएको छ । त्यसका लागि खश आर्य बाहेकका नेपालका जनजाती,मुस्लिम,पिछडावर्ग र दलित समुदाय मिलेर शसतिmकरण अभियान चलाउन आवश्यक देखिएको छ । आन्तरिक रुपमा पनि यि चार बर्गको क्षमता विकास हुनेछ,उनले भने, साँगठनिक रुपमा पनि सरकारको क्रियाकलापको अध्ययन गरि त्यसको तर्क,बहस गर्दै संघर्ष पनि गर्न आवश्यक छ । त्यसका लागि यि चारै समुदायलाई जोडेर कार्यक्रम गर्न,अनुसंधान गर्न र आत्मनिर्भर बनाउदै शसतिmकरण कार्यमा यो फाउण्डेसनले काम थाल्ने उनको भनाई थियो । बर्षाै देखी यिनै चार बर्गलाई अधिकारसम्पन्न बनाउने नारा र बाचा गर्दै राजनीतिक दलले काम गर्ने तर पछि विभिन्न बाहना बनाउदै यि बर्गलाई उपेक्षा गर्ने गरिरहेको ब्यवहारिक रुपमा पाइएको छ । एउटा एउटा समुदायले कुरा उठाउनु भन्दा सामुहिक रुपमा संगठित आवाजले मात्र सरकार र राज्यका निकायले काम गर्ने ठहर गर्दै सामुहिक कार्यमा जुट्नका लागि सो बहस कार्यक्रममा बोल्ने बतmाहरुले आग्रह गरेका थिए । कार्यक्रममा उच्च अदालतका पुर्व न्यायधिस नसरुल्ला अंसारी,संविधानसभा सदस्य चिनक कुर्मी,जिसस पुर्व प्रमुख शिवशंकर प्रसाद राय लगायतको सहभागिता रहेको थियो ।