सिचाई आयोजना भित्र जम्मा भएको बलुवा सफाई नहुदा किसानलाई मर्का

नवलपरासी,२३ मंसिर
जिल्लाको रामग्राम नगरपालिका १५ र १६ वार्ड लक्षित हर्कुई सिचाई आयोजना खोलामा सिल्ट जम्मा भएर प्रभावित बनेको छ । करोडौ रुपिया लगानी गरि निर्माण गरिएको सिचाई आयोजनको बाँध नजिकै बालुवा जम्मा हुदा जल भण्डार कम हुदा आयोजना प्रभावित बनेको स्थानियले बताएका हुन् ।
सिचाई आयोजना भित्र जम्मा भएको बालुवा सफाई नहुदा किसान सिचाई गर्न नपाएर मर्कामा पर्ने भएका छन् । लुम्बिनी प्रदेश सरकार सिचाई डिभिजन कार्यालयको सहयोगमा निर्माण गरिएको उक्त आयोजनाको सर पानी स्रोतको सरसफाई नहुदा आयोजनाको जल भण्डार हुने स्थानमा बालुवा जम्मा भएको स्थानियले बताए । आयोजना निर्माण भयो,तर यसको दिर्घकालिन योजना बन्न नसक्दा सिचाई आयोजना प्रभावित बनेको छ । सरकारको करोडौ लगानीको सिचाई आयोजना डिभिजन कार्यालयको लापार्वाहीले किसानले सिचाई जल पाउन समस्या देखिएको रामग्राम १५ सुक्रौलीका रामकिसुन केवटले बताए । उनले सिचाई आयोजनको बाँधन नजिक जमेको बालुवा देखाउदै भने, सिचाई कार्यालयले यो बालुवा झिक्ने कार्य गरेको छैन् । नहरमा पानी कहाँबाट जान्छ । आयोजना बनेको दुई तिन बर्षसम्म राम्ररी सिचाई भईरहेको थियो । तर अहिले तुरिया खोलाको बाढी र भलले खोलामा बालुवा जम्मा भएको छ । खोलाको सफाई पनि नगरपालिको गरेको छैन् । यस बर्ष सिचाई गर्न समस्या नै देखिएको उनले बताए ।

सिचाई बाँधले पहिला हुकई,तोनवा,बकेनवा,सुक्रौलीको सयौ विघा जमिनमा सिचाई भएको थियो । अहिले हिउँदमा सिचाईका लागि पानी प्रयाप्त हुन्छ कि हुदैन्,उनले आयोजनाको बाँध देखाउदै भने,तपाई आफै हेर्न सक्नु हुन्छ खोला भरि बालुवा जम्मा भएको छ । पानी भण्डार कहाँ हुन्छ ? उनका अनुसार यसमा नगरपालिकाले पनि चाँसो लिएको छैन्, उनले भने, नदी सफा गर्दा बालुवा निस्कन्छ,ति बालुवा निकासी गर्यो भने नगरपालिका र प्रहरीले रोक्न आउछन् । तर आफैले ति बालुवा सफा पनि गर्दैनन्,स्थानियबासीलाई सफा पनि गर्न दिदैनन् । किसानको कुरा सुन्ने जनप्रतिनिधि नै नभएको गुनासो उनको थियो । बालुवा झिक्ने हो भने सिचाई आयोजना नजिकै लाखौ मुल्यको बालुवा जम्मा भएका छन् । एकातिर बालुवा जम्मा हुदा सिचाई आयोजना प्रभावित बनेको छ । किसानले सिचाई गर्न नपाएर बालीनाली प्रभावित भएको छ । यस प्रति नगरपालिकाले नै चाँसो लिएर काम गर्नु पर्ने स्थानिय बलिराम कोईरीले बताए ।
खोलाको बालुवा झिकेर विक्रि गर्दा नगरपालिकालाई लाखौ रुपिया राजश्व हुन्थ्यो,उनले भने,किसानलाई पनि फाईदा पुग्थ्यो,तर नगरपालिकाले बेलामा चाँसो नदेखाउदा नगरपालिकालाई राजश्व र किसानको उत्पादनमा घाटा हुने देखिएको छ । जुन बालुवा जम्मा भएर सिचाई आयोजनालाई प्रभावित बनाएको छ,तिनै बालुवा सफाई नगरपालिकाले गरिदियो भने किसानलाई सिचाईमा राहत र नगरपालिकालाई राजश्व हुने अवस्था हुन्थ्यो । स्थानियले घर बनाउनदा जगमा भर्ने माटो भस्कट र निर्माण समाग्रिको रुपमा बालुवा पनि प्राप्त हुन्थ्यो । तर खोई किन ध्यान नगएको होला ? नगरपालिका कर्मचारीलाई त मतलब भएन,भएन,जनता माझ ठूलो सपना र प्रतिवद्धता देखाएर चुनाव जित्ने जनप्रतिनिधिलाई चुनावको बेला बोल्ने मौषमी बोली मात्र रहेको देखिन थालेको छ ।
नगरपालिकाका खोला सफाई गर्नकै लागि नगरसभाले एक्साभेटर खरिद गर्ने गरि बजेट विनियोजन समेत गरेको थियो । तर नगरपालिका कर्मचारीले अझैसम्म खरिद प्रकृया नै अगाडी बढाउन सकेका छैनन् । खोला सफाईका लागि वातावरणिय प्रभाव मुल्याँकन समेत अहिलेसम्म गराउन नसक्दा ‘सरकारको काम कहिले जाला घाम ?’ उख्खान चरितार्थ बनेको छ । खोला सफाईलाई लक्षित गरि एक्साभेटर खरिदका लागि नगरप्रमुख धनपत यादवले भदौ महिनामै प्रकृया अगाडी बढाउन कर्मचारीलाई निर्देशन दिएका थिए । तर अहिलेसम्म नगरपालिकाको कर्मचारी तन्त्रले काम अगाडी बढाउन नसक्दा नगरपालिकामा कर्मचारी र पदाधिकारीको कार्यशैली प्रति नगरबासीले असन्तोष ब्यक्त गर्दै आएका छन् । नगरपालिकालाई राजश्वको लाभ होस वा नहोस किसानलाई राहत हुने गरि सिचाँई अयोजना स्थलमा जम्माा भएको बालुवा सफा गराउनु पर्ने कृषक हक हित संरक्षण मञ्चका अध्यक्ष सम्भु उपाध्यायले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *