Health Advertisement

सात बर्षमा पनि बनेन सुस्ता जोड्ने पुल

गण्डक नदीको पुल निर्माण ढिलाईले सुस्ताबासीलाई सास्ती

नवलपरासी,

Health Advertisement

सात बर्षमा पनि सुस्ताको झेलुङ्गे पुल बन्न नसक्दा सुस्ताबासीले सास्ती खेप्नु परेको छ । ठेकदारको लापर्वाहीका कारण हालसम्म झोलुङ्गे पुल बन्न नसक्दा सुस्ताबासीले सास्ती खेप्न परेको हो ।

पुल निर्माणमा हुने ढिलाईका कारण अझै जोखिमपुर्ण डुङ्गा यात्रा गर्न सुस्ताबासी रहेका स्थानियबासीले गुनासो समेत गरिरहेको नवनिर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य(साँसद) देवकरण कलवारले बताए । आफु संविधान सभा सदस्य हुदा नै पहल नेपाल सरकारसँग पहल गरि सुस्तामा पुलको योजना पार्न लगाएको दाबी गर्दै यस क्षेत्रका जनप्रतिनिधिले बेलामा पहल नगरिदिदा पुल निर्माणमा ढिलाई भई रहेको थियो । अहिले आफु पुन? प्रदेश साँसदमा निर्वाचित भएको छु,साँसद कलवारले भने,मेरो पहिलो दायित्व पुलको छिटो भन्दा छिटो निर्माण गराई सुस्ताबासीको समस्या समाधन तर्फ लाग्नु हो ।

ठेकेदारसँग सम्पर्क भई रहेको छ,उनले थपे,यसै बर्ष भित्र जसरी पनि पुल निर्माण कार्य सम्पन्न गराई सञ्चालनमा ल्याईन्छ । पुल निर्माणले सुस्ताबासीलाई बजार देखी नैदिकी चलाउनमा जोखिमपुर्ण ढुगाँको यात्रा गर्न परिरहेको उनको भनाई थियो । पुल निर्माण ढिलाईले सुस्ताबासीलाई पुल तर्न आकासको फल,आँखा तरि मर,जस्तै भएको साँसद जैसवालको तर्क थियो । तर जसरी पुल ल्याउने प्रयास आफ्नो कार्यकालमा गरेर छाडे त्यसरी नै आफुले पुल निर्माणमा पनि सहजीकरण गराउदै पुल बेलामा सम्पन्न गराई सञ्चालनमा ल्याउने आफु अहिले देखी नै लागि परेको बताए ।

नारायणी नदी (गण्डक) ले घेरिएको सुस्ता भुमीबाट आफनै वडा एवं गाउँपालिका र त्रिवेणी बजार आउन जोखिमपुर्ण डुङ्गाा यात्रा गर्नु पर्ने बाध्यता रहेको छ भने बर्षाको समयमा भारतीय यातनाका बिचपनि भारती बाटोनै प्रयोग गर्न बाध्यात्मक अवस्था छ । बर्षाको समयमा, गर्भवति महिला, विरामीलाई उपचार गराउन नेपाल नसकेर बाध्य भई भारतको विहार पुग्नु पर्ने बाध्यता छ नदीमा बाढिले विद्यार्थीहरु उच्च शिक्षा अध्ययन गर्न नदी पारी जान, स्थानियलाई दैनिकि हाटबजार गर्न पारी जान निकै कठिनाई हुने सुस्ता बचाउन अभियानका प्रवक्ता रबिन्द्र जयसवालले दुखेसो पोख्नु पोखेका थिए ।

नारायणी नदी पारी भारतको विहारसंग जोडिएको सुस्ताभुमी जिल्लाको सुस्ता गाउँपालिका वडा ५ को एक गाउँ हो । उक्त गाउँलाई वडा कार्यालाय, गाउँपालिका कार्यालय र सदरमुकाम संग जोडने गरि सरकारले ७ वर्ष पहिला २०७२ सालमा झोलुङ्गे पुलको आयोजना दिए पनि ठेकेदारको चरम लापरवाहीले उक्त पुल निर्माण हुन सकेको छैन । वर्षाैंदेखि भारतीय यातना खेप्दै र जोखिम पुर्ण डुङ्गाबाट यात्रा गर्दै आएका सुस्ताबासीको समस्या सामाधान गर्न सरकारले सुस्ता र पक्लिहवाँ गाउँ जोडन एसियाकै दोश्रो ठुलो झोलुङ्गे पुलको आयोजना दिएको थियो ।

त्रिसुली आश्रय जे.भी कन्सट्रक्शन कम्पनीले २०७४ सालमा (२९ महिनामा) सम्पन्न गर्ने गरि २७ करोड रुपैयामा उक्त ठेक्का लिएको छ । उक्त पुलको १ हजार ५ सय ७१ मिटर लम्बाई र डेढ (१.६) मिटर चौडाई रहेको छ । उक्त झोलुङ्गे पुल निर्माणमा ठेकदार कम्पनीले ढिलाई गर्दै ७ बर्षसम्ममा पनि अझै पिलड ठडयाउने र तार तान्ने कार्यमै अल्झिएको छ । पुल सम्पन्न गर्न पुलको जगका लागि कुल २ सय २० वटा पाईल धाँसि पाईलिङ्गमा ४ वटा ठुलो अग्लो टावर पिलर ठढयाईने छ भने १० वटा सानो पिलडमा फलामे टावर पिलर ठडयाई झेलुङ्गे पुल बाँधिने कार्य हुनेछ । जसमा जमिनमुनी पाईलिङ्गको सबै कार्य सम्पन्न भएको छ भने नदीको बिच धारमा रहेको एउटा पिलडको जमिन सतहदेखि माथि पिलडको रुपमा उठाउने कार्य बाकी नै रहेको छ । यता तयार पंखी सहितका १० पिलडहरु मध्ये ३ वटामा फलामे टावर ठडयाई होल्डिङ्ग तार झुडयाई सकेको छ । अझै ७ वटा पिलडमा फलामे टावर खडा गर्ने र अर्काे ४ वटा मुल पिलडहरुमा ठुलो अग्लो टावर खडा गरि पुल झुण्डाउने कार्य बाकी नैरहेको छ देखिन्छ । २ बर्षमा सन्पन्न गर्नु पर्ने उक्त योजना ठेकेदारको चरम लापरवाही र आलटाल गर्ने कार्यले पुल सम्पन्न हुन नसकेको सुस्ता बचाउ अभियानका प्रवक्ता जयसवालले आरोप लगाए ।

ठेकदार कम्पनीले कहिले श्रमिक अभाव त कहिले पानीको उच्च बहाव र सरसमान नपाएको बहाना देखाउदै काममा ढिलाई सुस्ती गर्दै आएको छ । समग्रमा पुलको करिब ७० प्रतिशत मात्र काम हुन सकेको छ । पुलमा ढिलाई देखेपछि पुललाई छिटो छरितो सम्पन्न गराउन सुस्ता गाउँपालिकाले चाँसो देखाएको छ । गाउँपालिकाले पुलको नियमित निरिक्षण र आईपर्ने समस्याहरुको सामाधान गर्दै पुल निर्माणको कार्य छिटै सम्पन्न गराउन ठेकदार कम्पनीलाई ताकेदा गर्दै आएको गाउँपालिका जनाएको छ । समयमा पुल नबनेपछि सुस्ताबासीको पिडा यथावत नै छ । पुललाई छिटो तयार गराउन ३ महिनादेखि काम बन्द गरेका ठेकदारलाई बोलाई पुनः काम शुरु गराए छ ।

सुस्ता पुग्न एकमात्र नेपाली बाटो जोखिमपुर्ण डुङ्गा यात्रा हो । सुस्ताभुमी पुग्न नदीमा करिब ढाई (२.५) किलोमिटरको दुरी डुङ्गाले यात्रा तय गर्नु पर्दछ । उक्त यात्रा अहिले मोटरबोट भएकाले सहज भएपनि जोखिमपुर्ण नै रहेको छ । नदी वारपार गर्न बाढीको समयमा १ घण्टा र सुख्खा समयमा आधा घण्टा बढि समय लाग्ने गर्दछ । वर्षाको बेला नदीमा उच्च बाढीका कारण नदीमा डुङ्गा चलाईदैन त्यसबेला भारतको बैकल्पिक विहार बाटो हुदै आवत जावत गर्ने र भारतीय पक्षको दुव्र्यहार सहनु पर्ने सुस्ताबासीको बाध्यता रहन्छ । सुस्ताबासीहरुको मुख्य पेशा खेती र माछा मार्ने हो । ३ सय घरधुरी रहेको सुस्तामा खासगरि विपन्न परिवारका समुदायहरुको बसोबास बढि छ । पुल निर्माणका लागि स्थानिय तह भन्दा प्रदेश साँसद र संघिय साँसदहरुले नै पहल गरेर बेलामै निर्माण गरि सञ्चालनका लागि काम गर्नु पर्ने सुूस्ता गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *