नवलपरासी,२३ मंसिर,
निर्माण ब्यवसायिको लापरवाहीले सुस्तामा बन्न लागेको अस्पतालको निर्माण कार्य विगत डेढ बर्ष देखी अलपत्र परेको छ । ठेक्का सम्झौता गर्ने तर काम नगर्ने निर्माण ब्यवसायिका कारण अपस्पताल निर्माण कार्य अलपत्र परेको हो ।
निर्माण ब्यवसायिले सम्झौता गर्ने,निर्माणका लागि पेश्कि रकम पनि बुझ्ने र निर्माण स्थलमा बोर्ड गाडेर सम्पर्क विहिन बनेका थिए । निर्माण ब्यवसायि सम्पर्क विहिन भएकोले सुस्ता गाउपालिकाले पेश्कि रकम फिर्ता लिन बैंकलाई पत्राचार गर्दा उल्टै उच्च अदालतबाट रकम रोकाउनका लागि आदेश जारी गराएर लापरवाहीको सिमा नाघेको गाउपािलकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । २४ महिना भित्र निर्माण कार्य सम्पन्न गर्न भनेर २०७८ असार ७ गते सम्झौता भएको थियो । निर्माण ठेक्का सकार गर्ने प्राकृतिक,कश्यप,समिर जेभि रामग्रामले ठेक्का सकार गरेको थियो । काम गर्ने निर्माण ब्यवसायि संघ नवलपरासीका पुर्व अध्यक्ष समेत रहेका माधव घिमिरेले पेश्कि रकम लिएर कार्य क्षेत्रमा कामको नाममा होर्डिँग बोर्ड मात्र राखेका छन् । डेढ बर्ष विति सक्यो,अधिकृत पौडेलले भने, पटक पटक ताकेता गर्दा विभिन्न बहाना बनाउदै आएका थिए । केही दिन सम्पर्क विहिन पनि भए । उनका अनुसार गाउपालिकाले उपलब्ध गराएको पेश्कि रकम फिर्ताका लागि सनराईज बैंकसँग पत्राचार गरे पछि सो कुरा थाहा पाएर ठेकेदारले उल्टै गाउपालिका माथि मुद्दा दिएका छन् । रकम फिर्ता नगर्न भनेर उच्च अदालतले आदेश गरेको छ ।
ठेकेदार भन्ने कतिसम्मको लापरवाही गर्दा रहेछन् भनेर अहिले हेर्न पाइएको छ । १० सैयाको अस्पताल निर्माणका लागि गाउपालिकाले बाटो समेत पुर्याईदिएर भारतिय पश्चिमी र गण्डकको वि ग्याप बाँधको नजिकै जग्गा उपलब्ध गराएको छ । जग्गामा होर्डिगँ बोर्ड पनि निर्माण कम्पनीले गाडेको छ । तर काम गर्न भनि लगेको रकम बर्ष दिन पुग्न थाले पनि काम शुरु नभए पछि रकम फिर्ता माग्न पर्यो भनेर पत्राचार गरे पछि ठेकेदारले गाउपालिकाले जग्गा उपलब्ध नगराएको बहाना बनाउदै रकम बैंकबाट फिर्ता नगराउन अदालतको आदेश ल्याएको छ । कुल ४ करोड ८९ लाख २७ हजार ८ सय १८ मा अस्पताल भवन निर्माण गर्ने भनि सम्झौता भएको थियो । ठेकेदारले पेश्कि माग गरे पछि गाउपालिकाले ४१ लाख ९० हजार रुपिया उपलब्ध गराएको थियो । तर रकम पाए पनि ठकेदारले काम भने शुरु गरेको छैन् । उल्टै अदालतले रकम फिर्ता पनि नगर्न आदेश गरेको छ ।
अदालतले पनि एउटा ठेकेदारको मागदाबीलाई आधार बनाउछ, आदेश गर्छ तर राज्य र जनतालाई नै घुमराह बनाउने ठेकेदारलाई नै पक्ष पोषण गर्ने गरेको स्थानिय ५० बर्षिय सोभा गुरौले बताईन् । अस्पताल बन्ने कुराले गाउले उत्साही भएका थिए,उनले अस्पताल निर्माण स्थल देखाउदै भनिन्,तर ठेकेदारको लापरवाहीले अहिले गाउपालिका मात्रै नभई स्थानियबासी पनि निरास बनेका छन् । विवादले अब अस्पताल बन्ला कि नबन्ला ? यो पनि अन्यौलता छाएको छ । कानुनको आडमा ठेकेदारले छलकपट गर्नु जनतासँगै छलकपट भई रहेको महशुस गरिरहेका छौ । बेलामै अस्पताल बनिदिएको भए यहाँका स्थानिय जनता र खास गरि महिलाहरुलाई नै धेरै सुविधा हुने थियो,उनले दुखेसो पोखिन,तर ठेकेदारको ठगी चालले जनताले अझै कति बर्ष दुःख पाउने होलान् । प्राथमिक उपचार बाहेक यो क्षेत्रमा आकस्मिक उपचार सेवा छैन् । आकस्मिक उपचारका लागि भारत विहारको बाल्मिकी नगर बजारको भर पर्न परेको छ । कि त ४० किलोमिटर टाढा परासी जिल्ला अस्पताल जानु पर्ने बाध्यता रहेको छ ।