Health Advertisement

रामग्रामको परासी बजारमा छाडा चौपायाले यात्रुलाई हैरानी

नवलपरासी,१४ भदौ
जिल्लाको रामग्राम नगरपालिका सरसफाई अभियानमा नगरप्रमुखले अग्रसरता लिदा चौतर्फि प्रशँसा भए पनि बजारमा रहेका छाडा चौपायाले अझै समस्या नै रहेको छ । नगरसफाईको काममा नगरपालिकाले काम गर्दै गरेको भए पनि छाडा चौपायाको ब्यवथापन नगर्दा यात्रुलाई समस्या हुने गरेको गुनासो बढन थालेका हो ।
परासी बजारमा जहिले पनि छाडा चौपाया,गाईबस्तु र बाख्रा घुम्ने गरेका छन् । यसले कतिपय यात्रीहरु लडेर घाईते पनि भएका छन ् । नगरपािलकाले बजारको सरसफाईसँगै छाडा चौपायामा समेत ध्यान पुर्याउनु पर्ने माग नगरबासीले गरेका छन् । सडकको विचमै बसिदिने र केहीले यात्रुलाई मार्न समेत झम्टिने गर्दा दुर्घनाको जोखिम बढेको स्थानिय बलिराम कोईरीले बताए । बजार सफाई अभियान प्रशंसनिय छ,उनले भने, तर यि छाडा चौपायाको पनि नगरपालिकाले ब्यवस्थापन गरिदिन पर्यो । यसबारे छुट्टै निवेदन दिनु पर्ने जस्तो मलाई लाग्दैन उनले थपे,यहिँ बजारमा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी समेत आउने जाने गर्छन् । हेर्ने पनि गरेका छन् ।
यसको ब्यवस्थापनका लागि काम गरिदिनु पर्यो । नगरपालिकाको चौपाया ब्यवस्थापनका लागि कहाँ र कसरी ब्यवस्थापन गर्ने ? बारे छलफल गरि ब्यवस्थापन गर्ने नगरप्रमुख धनपत यादवले प्रतिवद्धता जनाएका छन् । विगत बर्षमा पनि सारदा गौशालाको नामले नगरपालिकाकाकै वार्ड नं.८ का वार्ड अध्यक्ष महेन्द्र ठाकुरले आफ्नै वार्डमा सञ्चालन गर्न लगाएका थिए । तर नगरपालिकासँग समन्वय हुन नसके पछि उनले पछि गौशाला सञ्चालनबाट हात झिकेका थिए । त्यही बेला देखी बजारमा छाडा चौपाया ब्यवस्थित हुन सकेका छैनन् । ति गौशाला पुनः सञ्चालन गर्ने हो ? कि अन्य कुनै विकल्प पनि सोच्नु पर्ने स्थानियको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *