Health Advertisement

लिँक सडक अन्तरगत झरही खोलाको पुल प्रयोगमा नआउदै चर्कियाे

गुणस्तरहिन समाग्रिको प्रयोग र प्राविधिक हेलचक्रयाई

नवलपरासी,१३ भदौ
जिल्लाको पुर्वपश्चिम राजमार्ग देखी महेशपुर नाका जोड्ने लिँक सडक अन्तरगत झरही खोला पुल प्रयोगमा नआउदै क्रेक(चिरा परेको) भएको छ । रामग्राम नगरपालिका १७ स्थित उतm पुल बनेको तर प्रयोगमा नआउदै विम क्रेक भएको हो ।
रामग्राम नगरपालिका र पाल्हीनन्दन गाउपालिकाको सिमाक्षेत्रको झरहीखोला पुलको निर्माण गर्ने निर्माण ब्यवसायीको हेलचक्रयाईले पुलको विम क्रेक भएर जोखिम बढेको स्थानियले जानकारी गराएका थिए । पुल प्रयोगमा नआउदै चिरा पर्यो,स्थानिय अब्दुल रज्जाक धुनियाले पुलको अवस्थाबारे जिल्ला समन्वय समिति (जिसस)मा जानकारी गराएका थिए । जानकारी भए पश्चात जिसस प्रमुख भगौती यादव पुलको अवस्थाको स्थलगत अवलोकन गर्न तत्कालै पुगेका थिए । पुलको अवस्था जस्तो स्थानियले जानकारी गराएका थिए,त्यसै रहेको जिसस प्रमुख यादवले समेत जानकारी गराए । पुल प्रयोगमा नआउदै तल्लो विम चिरा परेको छ, उनले भने, गुणस्तरहिन समाग्रिको प्रयोग र प्राविधिक हेलचक््रयाईले भएको हुन सक्छ । यसबारे तत्काल सम्बन्धित विभागमा लेखि पठाउने समेत उनले प्रतिवद्धता जनाए ।


सरकारी रकमको चरम दुरुपयोग देखियो,उनले थपे, यसमा सम्बन्धित विभागका प्राविधिककै कमजोरी प्रमुख भएको बताए । पुलको अवस्था हेर्दा पुलको एप्रोच स्लेबको विम ढलान गर्दा सटरिगँ नै नगरि माटो माथि ढलान गरिएको हुन सक्छ,जस्ले गर्दा माटो भासिएर अहिले विम क्रेक भएको छ । पुलमा सवारीसधान नै नचलि क्रेस भयो, उनले भने, सवारी साधन चलाउने वित्तिकै भत्किने अवस्थामा छ । करिब सय मिटर लामो पुलको दुबै तर्फको एप्रोच स्लेबको अवस्था उस्तै छ । दुबै तर्फको विम चक्रिएको छ । सवारी साधन चलाउदा जोखिम हुन सक्छ । त्यो भएर तत्कालै यसमा कुनै प्रकारको सवारीसाधन चलानउन नदिई भत्काएर पुनः निर्माण गर्न लगाउनु पर्छ । पुलको लागत कति हो ? कुन निर्माण कम्पनीले निर्माण गरेको त्यसको सुचना कहिँ कतै राखिएको पनि पाइएको छैन् । पुल कस्ले निर्माण गरेको भन्नेबारे स्थानिय निकाय नगरपालिका र वार्डमा समेत कुनै जानकारी छैन् ।

पुल निर्माण भई रहेको दुई बर्ष अगाडी सुनिएको तर त्यसबारे विस्तृत जानकारी नभएको पुल निर्माण भएको रामग्राम नगरपालिका वार्ड नं.१७ का वार्ड अध्यक्ष कन्हैया मौर्यले बताए । पुलको अवस्थाबारे अनभिज्ञता ब्यतm गर्दै त्यसबारे आफुले पत्ता लगाएर बताउने जानकारी गराएका थिए । करोडौको लागतमा बन्ने पुल प्रति स्थानिय तह देखी जिल्लासम्म कसैलाई थाहा छैन्,स्थानियबासी धुनियाले भने, ठेकेदारले निर्माण स्थलमा कुनै सुचनाबोर्ड पनि राखेको छैन् । पुल वरिपरि गरिने अन्य कार्य पनि लथालिगँ अवस्थामा छ । दुबै तर्फको भाग पानीले बगाई सकेको छ । पुल प्रयोगमा नआउदै भत्किने अवस्थाले नेपालका निर्माण ब्यवसायि र प्राविधिकहरुको लज्जास्पद कार्यको यो उदाहरण देखिएको छ । यसबारे छानविन गर्न समेत स्थानियबासीले माग गरेका छन् । बाहिर बाहिर ठेकेदारले ठेक्का लिने र कमसल समाग्रिको प्रयोग गर्ने त्यसमा पनि सम्बन्धित प्राािवधिकहरुले कोठामै बसेर मुल्याँकन गरि भुतmानी गराईदिने पद्यतीले निर्माण क्षेत्रमा अराजकता बढेको छ ।
यस पुलबारे आफुले लिखित रुपमै सरोकारवाला निकायमा लेखि पठाउन लगाउने जिसस प्रमुख यादवको भनाई थियो । पुलसँग सम्बन्धित कसैको सम्पर्क आधार पनि छैन् । पुल निर्माणको कार्य कुन निर्माण फर्मले गरेकोबारे थाहा नभए पनि भरत रायमाझी भन्ने ठेकेदारले गरेको सुन्नमा आएको शहरी विकास कार्यालय चितवनका ओभरसियर विरेन्द्र मण्डलले बताएका थिए । आफ्नो विभागको काम नभएको जनाउदै उनले पत्ता लगाएर पछि जानकारी गराउने बताएका थिए । यता पुल निर्माण भएको सुनिएको तर त्यसबारे विस्तृत जानकारी नभएको रामग्राम नगरपालिकाका इन्जिनियर सतिस गुप्ताले बताए । उनका अनुसार अच्युत कार्की भन्ने ब्यतिmले सो त्यता पुलको निर्माण कार्य भई रहेको र त्यसको रेखदेख आफुले गर्दै आएको एक पटक सुनाएको बताएका थिए । जिल्लामा जिल्ला अनुगमन समिति छ,स्थानिय प्रशासन छ,तर कुन काम कहाँ भई रहेको छ ? त्यसबारे जिल्ला अनुगमन समिति आफै अनभिज्ञ छ । जिल्ला भित्र हुने विकास निर्माण पुर्वाधार सम्बन्धि कार्यको सुचना कहाँबाट लिने समेत अहिले समस्या देखिन थालेको छ । पहिला जिल्ला विकास समिति(जिविस) हुदा यसबारे जानकारी हुने गथ्र्यो,तर अहिले जिल्ला समन्वय समितिको रुपमा जिल्लामा सरकारी निकाय भए पनि सरोकारवाला कार्यालयले त्यो कार्यालयलाई सुचना र जानकारी नै नगराउने गरेका कारण जिल्लाबासी र सरोकारवाला नै सुचनाबाट बन्चित हुन परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *