साप्ताहिक सरसफाईको निरन्तरता
नवलपरासी,१८ भदौ
जिल्लाको रामग्राम नगरपालिकाले परासी बुद्धद्धोकमा नगरप्रमुख (मेयर) धनपत यादवले अत्याधुािक सार्वजनिक सौचालयको शुभारम्भ गरेका छन् । शनिवार सौचालयको रिबन काटेर उदघाटन गर्दै उनले शुभारम्भ गरेका हुन् ।
चालिस लाख बढिको लागतमा बनेको उतm सौचालय अपाँगमैत्री समेत बनाइएको छ । महिला पुरुषको छुट्टै सौचालयसँगै अपाँगका लािग छुट्टै सौच कक्ष रहेको छ । बाथरुप सहित रहेको उतm सौचालयमा हात सुख्खा बनाउने अटोमेसन मेसिन समेत जाडन गरिएको उनले जानकारी गराए । बुद्धचोक नगरपालिकाको प्रमुख बजार केन्द्र हो,उनले भने,यहीचोकसँगै जिल्ला अस्पताल समेत रहेको छ । सुनवल महेशपुर,भैरहवा त्रिवेणी भुमही जाने सावरी साधन छुट्ने गरेका छन् । यसले गर्दा यहाँ एक सार्वजनिक सौचालयको अति नै आवश्यकता थियो । सरसफाई नगरको प्राथतमिकतामा रहेको हुदा बजार सफाईसँगै आवश्यक स्थानमा बाहिरका यात्रुलाई पनि सहज सुलभ सौचालयको ब्यवस्थापन गरिएको उनले बताए ।
सत्तरी लाखको सौचालयको आयोजना भए पनि भ्याट बाहेक ४० लाखमा टेण्डर भएको थियो । अहिले काम सम्पन्न भए पछि यसको शुभारम्भ गरिएको इन्जिनियर सतिस गुप्ताले जानकारी गराएका थिए । कार्यक्रममा उपमेयर सम्झना चौधरी सहित वार्ड नं.५ का वार्ड अध्यक्ष रामवृक्ष यादव र वार्ड नं.३ का वार्ड अध्यक्ष उज्जवल न्यौपाने(बेबी)को समेत उपस्थिती रहेको थियो । अगाडी सारेको बजार सफाई अभियानलाई निरन्तरता दिदै दोश्रो शनिवार पनि सफाई गरेको हो । नेपाल प्रहरी,नेपाली सेना,शसस्त्र प्रहरी,नगरप्रहरी,स्थानिय संघसस्थाका युवाहरुको सहभागितामा सफाईलाई निरन्तता दिएको हो ।
यसैगरि विगतमा विभिन्न चाडपर्वको बेलामा मात्र बजार सफाई गरिने कार्य हुदै आए पनि अहिले नगरप्रमुख (मेयर) यादवको कृयाशिलतामा प्रत्येक शनिवारलाई सफाई दिनको रुपमा मनाउने कार्य प्रारम्भ गरे पछि बजार सफा स्वच्छ हुन थालेको छ । सरसफाईको दोश्रो साताको अभियानमा स्थानिय केही ब्यवसायि समेत सहभागिता जनाएका थिए । सडक सफा हुन थाले पछि स्थानियबासीले समेत सडकमा फोहर फाल्ने क्रम रोकिन थालेको छ । सडकमा निर्माण समाग्रि राखेर सडक फोहर बनाउनेलाई पनि बेलामै सबै निर्माण समाग्रि हटाउने निर्देशन गरिएको थियो । केही समाग्रि नगरप्रहरीले नै हटाईदिएका थिए ।