नवलपरासी,१६ भदौ
जिल्लाको सदरमुकाम परासीको रामग्राम (बाईपास) चोक देखी मन्झरियासम्मको सडक स्तरोन्नती गर्ने कार्य शुरु भएको छ । सडक स्तरोन्नीका लागि टेण्डर लिएको समिर कन्ट्रक्सनले सम्झौता भए पश्चात तत्कालै काम शुरु गरेको हो ।
सडकको अवस्थामा सम्बन्धि प्राविधिकहरुले बुधवार रामग्राम नगरपालिकाका नगरप्रमुख (मेयर) धनपत यादव र सम्बन्धित वार्डका वार्ड अध्यक्ष रामवृक्ष यादव सहित स्थलगत गरि सडक स्तरोन्नतीबारे जानकारी आदान प्रदान गरेका थिए । भुमही–सुनौली बन्दरगाह मार्ग अन्तरगत मन्झरिया देखी परासीको रामग्राम चोकसम्मको सडक स्तरोन्नती गरि ६ लैन बन्ने भए पछि यस क्षेत्रका ब्यवसायि उत्साही छन् । रामग्राम नगरपालिकाका नगरप्रमुख(मेयर) धनपत यादवको पहलमा परासी बजारलाई सौन्दरीकरण अभियानसँगै ब्यवस्थित गर्ने गरि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । सोही क्रममा सडक डिभिजन कार्यालयले बाजर भित्रै पर्ने सो मार्गको पनि स्तरोन्नतीका लागि बजेट विनियोजन गरेको काम बेलामै सम्पन्न हुने निर्माण कम्पनीले जानकारी गराएको छ । सम्झौतामा दिईको म्याद भित्रै काम सकिने गरि लक्ष्य राखिएको निर्माण कम्पनीका सञ्चालक श्याम शर्माले बताए । काम म्याद भित्रै सक्छौ, उनले भने, यसमा स्थानिय तहका जनप्रतिनिधि र स्थानियबासीले पनि सहजीकरण गर्नु पर्छ ।
अहिले सडकको स्तरोन्नतीसँगै ढल निकास समेत बन्ने छ । सडक र ढलनिर्माण पछि जलनिकास समेत हुने भएकोले यस क्षेत्रका बासिन्दा उत्साही छन् । डिभाईडर सहितको ६ लैनको सडक,ढल,फुटपाथ,र्यालिगँ सहितको ११ सय मिटर सडक निर्माण हुनेछ । सडकको बिचबाट ५०÷५० फिट गरि कुल १०० फिट चौडाईमा सबै ब्यवस्थित हुने गरि अयोजनाले काम गर्नेछ । १० करोडको लागतमा ति सडक,ढलको पुर्वाधार बन्नेछ । सडकको ठेक्का समिर कन्ट्रक्सनले लिएको र २३ प्रतिसत घटेर ठेक्का भएको छ । बचेको उतm रकम पनि यसै क्षेत्रमा लगानी हुने भएकोले थप काम पनि हुनेछ । सडकसँगै तत्कालिन जिविसले निर्माण गरेको रामखण्डा खोलाको पुल भत्काएर पुनःनिर्माणका लागि छुट्टै ५ करोडको लागतमा बन्ने छ ।
त्यसका लागि टेण्डर प्रकृयामा रहेको मेयर यादवले जनाए । छिट्टै पुलको टेण्डर प्रकृया सकाएर पुलको पनि संगै काम हुनेमा आफु विश्वस्त रहेको उनले सुनाए । बन्दरगाह मार्गको भाग भए पनि यहिँबाट महेशपुर सिमानाका,रामग्राम स्तुपा,त्रिवेणीधाम,अनोमाघाट धाम जाने सडकको भाग पनि ह । सडक स्तरोन्नतीले घोडपाली,ड्राईभरटोल, जितपुरको सुन्दरटोल अन्तरगतको बस्तिको पनि जलनिकास यसै सडकमा जोडिने भएको हुदा त्यसको पनि पानीको निकास यसै ढलमा जोडिने छ । ढलनिकासको उचित ब्यवस्थापन गर्न सकिए मात्र बजार सुन्दर देखिने मान्यतालाई आधार बनाएर आफुले पहिलो प्राथमिकतामा राखेर सडक डिभिजनसँग पहल गरेको बताए । पहल गरिए पछि सडक डिभिजन कार्यालयले महत्वका साथ काम गरिदिएको छ । सडक डिभिजन प्रति नगरपालिका आभार पनि ब्यतm गर्न चाहन्छ मेयर यादवले भने ।