रामग्रामले सार्वजनिक जग्गा संरक्षण बोर्ड गाड्न शुभारम्भ गर्यो

नवलपरासी,१७ भदौ
जिल्लाको रामग्राम नगरपालिकाले सार्वजनिक जग्गाको खोज गरि होर्डिगँ बोर्ड राख्ने कार्य प्रारम्भ गरेको छ । नगरप्रमुख (मेयर) धनपत यादव सहित नगरपालिकाको टोलीले सो होर्डिगँबोर्ड राख्ने कार्य शुभारम्भ गरेको हो ।
केही समय ढिलो भए पनि शुक्रवार देखी सार्वजनिक जग्गाको खोजमा नगरप्रमुख धनपत यादव,उपप्रमुख सम्झना चौधरी,वार्डअध्यक्षद्धय रुद्र उपाध्याय र रामवृक्ष यादव,इन्जिनियर सतिस गुप्ता र नापीशाखाका कर्मचारी लगायतको टोली लागेको थियो । रामग्राम नगरपालिको विभिन्न स्थानमा रहेका स्थित सार्वजनिक जग्गा संरक्षण गर्ने उदेश्यले रामग्राम १ स्थित सिद्धार्थ टोलमा रहेको घरेलु तथा साना उद्योग कार्यालयको पछाडी रामखण्डा खोला नजिकैको जग्गामाम टोलीले पहिलो होर्डिगँ बोर्ड लगाएको छ । यो जग्गा सरकारको हो । यसको संरक्षण गर्नु नेपाली नागरिकको संवैधानिक कर्तब्य हो । जग्गा विवरणमा जग्गाको प्रकृति सरकारी,साविक गाविस मन्झरिया ५ ख,कि.नं.३ को क्षेत्रफल ७ कट्ठा ५ धुर(०–७–५) रहेको बोर्डमा उल्लेख छ । जग्गाको नक्सा समेत बोर्डमा उल्लेख गरिएको छ ।

सार्वजनिक र सरकारी जग्गा तथा सम्पतिको संरक्षण गर्नु स्थानिय तहको प्रमुख जिम्मेवारी महशुस गरि जग्गाको खोज गर्ने,होर्डिगँ बोर्ड गाड्ने अभियानकै रुपमा अगाडी बढाईएको मेयर यादवले बताए । यो काम चाडै शुभारम्भ गर्न खोजिएको थियो,उनले भने,केही कार्यब्यस्तताले गर्न भ्याइएको थिएन् । त्यसैमा समाचारहरु पनि प्रकाशसन प्रशारण हुन थाल्यो । सबै कामलाई थाती राखेर सार्वजनिक जग्गाको पहिचान गर्दै होर्डिगँ बोर्ड राख्ने कार्य अगाडी बढाएका छौ । यो निरन्तर चलिनै रहने छ । केही स्थानमा सार्वजनिक जग्गा अतिक्रमण पनि होला तर ति पहिला देखी अतिक्रमण हो । अब अतिक्रमण हुन नदिने र संरक्षण अभियान चलाइरहेका छौ । यसमा सबै नागरिकले साथ दिनु पर्छ । सार्वजनिक सम्पति सबैको सम्पती हो । जोगाएर राखियो भने आउने पुस्तालाई काम लाग्ने छ । आउने दिनमा नगरपालिकामा थुप्रै बजेट पुर्वाधारका कामहरु आउने हुदा यस्ता सार्वजनिक जग्गा जोगाएर राखिने हो भने मात्र कुनै संरचना र पुर्वाधार बनाउन सकिन्छ ।
विहान समाचार आउनु र साझसम्म काम शुभारम्भ भईसक्नु मेयरको कृयाशिलता र गम्भिरताको उत्कृष्ट उदाहरण पनि भएको नागरिक समाजका पुर्व अध्यक्ष सम्भु उपाध्यायले बताए । मेयरसाबको गम्भिरता अति सराहनिय छ,उनले भने, यस्तै समाचारमा आउने वा कसैले कुरा उठाउदा होस वा ध्यानाकर्षण गराउदा गम्भिरताका साथ लिई काम गरिदिने थोरै जनप्रतिनिधिहरु हुन्छन् । जस मध्ये रामग्रामका मेयर यादवले त्यो कार्य कुशलता देखाएका छन् । यसमा नागरिक समाजले समेत साथ दिने उनको भनाई थियो । यसको सिको अरु जनप्रतिनिधिले पनि गर्नु पर्छ, उनले थपे, समाचार प्रकाशन वा कुनै संघसस्थाद्धारा ध्यानाकर्षण गराउनुलाई मार्गनिर्देशनको रुपमा लिईनु पर्छ । यसले सम्बन्धित जनप्रतिनिधिकै गरिमा उठाउछ । यो भन्दा पहिला पनि रामखण्डा पुलको र्यालिगँको समाचार विहान प्रकासित भएको थियो,साझसम्म काम सम्पन्न गराउने मेयर यादव कति गम्भिर छन ? त्यसैले देखाउन सक्छ ।
अहिले रामग्राम नगरपालिका भित्र रहेका सार्वजनिक जग्गाको खोजी गरि लगत राख्ने,होर्डिगँ बोर्ड राख्ने अभियान नगरपालिकाले चलाएको छ । यसले कुन स्थानमा सरकारी जग्गा छ,भौतिक रुपमै हेर्न सकिन्छ । अतिक्रमणबाट पनि जोगिन्छ । यसले नेपाल सरकारको मात्रै नभई नगरपालिका र नगरबासीकै सम्पतीको संरक्षण हुने भएकोले नगरबासी समेत उत्साही भएका छन् । सरकारी सम्पतीको संरक्षण गर्नु नगरपालिका मात्रै नभई हरेक नागरिकको कर्तब्य हो । यसलाई मनन गरेर सबै नागरिकले मेयर यादवको अभियानमा सघाउनु पर्ने भनाई उनको रहेको थियो ।

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *