चार बर्षपछि परासी हाटबाजरमा आउन थाल्यो सालको पात र टपरी
नवलपरासी,११ भदौ,जिल्लाको रामग्राम नगरपालिका २ स्थित परासी साप्ताहिक हाटबाजरमा विगत चार बर्ष देखी विस्थापित भएको पात र पातबाट बनेको टपरी आउन थालेका छ । नगरपालिकाले टपरीमा समेत कर लगाए पछि पात र टपरी विक्रि गर्ने महिलाहरु बजार आउन नै छाडेको तर अहिले नगरपालिकाले त्यस्तो ब्यवसायिलाई राहत दिने भने पछि उनीहरु आउन थालेका हुन् ।शनिवार पातको मुठो लिएर आएकी दशकट्ठाकी ५० बर्षिय सुमित्रा सुनारले चार बर्ष पछि फेरी यो बजारमा पात बेच्न आएको बताईन् । बुद्ध शान्ति साझेदारी बनबाट सालको पात संकलन गर्ने र बजारमा बेचेर आफ्नो जिविका चलाउदै आएकी सुनार विगत बर्षमा नगरपालिकाले बैठकी कर उठाउन थालेको कारण नआएको सुनाईन् । शनिवार पुनःआफु ७ मुठा सालको पात बोकेर आएको बताउदै उनले भनिन्,पात बेचेर गुजारा गर्ने हामी गरिब परिवारलाई नगरपालिकाले राहत दिनु भन्दा कर लगाएका कारण विस्थापित भएका थियौ । प्रति मुठा ५० रुपियामा विक्रि...








