Health Advertisement

जिल्ला पृथ्वीचन्द्र अस्पतालको बेडमा च्यातिएको तन्ना

नवलपरासी,१८ भदौ
जिल्लाको पृथ्वीचन्द्र अस्पतालका बेडमा पुरानै च्यातिएको तन्ना राखिएको रामग्राम नगरपालिकाका मेयर धनपत यादव र उपमेयर सम्झना चौधरीले भेटाएकी छिन् । शनिवार अस्पतालको अनुगमन गर्ने क्रममा लाखौको तन्ना खरिद गरेको अस्पतालले बिल देखाउने तर बेडमा च्यातिएको बर्षाै पुरानो तन्ना बिछाइएको भेटाएका हुन् ।
मेयर यादव र उपमेयर चौधरी दुबै जना अस्पतालमा केही विरामी भेट्न गएको क्रममा अस्पतालको आकस्मिक कक्षमा केही बेडमा पुरानो च्यातिएको तन्ना र केही बेडमा तन्ना नै नभएको अवस्थामा विरामी राखिएको भेटिए पछि आक्रोस पोखेका थिए । उनले आकस्मिक कक्षमा खटिएका स्वास्थ्यकर्मीलाई किन यस्तो राखिएको हो ? भनेर सोध्दा उनहरुले अस्पताल प्रशासनसँग पटक पटक लेखेरै माग गरिए पनि नपाउदा जे जस्तो छ,त्यसैमा काम चलाउन परेको प्रतिकृया दिएका थिए । बर्षाै देखी अस्तब्यस्त अस्पतालमा टाढा टाढाबाट आउने गरिब विपन्नहरु मात्र पृथ्वीचन्द अस्पतालमा उपचार गराउने गर्छन्, अस्पतालको अस्तब्यस्तताले हुनेखानेले त पहिला नै बुटवल भैरहवा र निजी अस्पताल रोज्ने गरेका छन् । तर गरिब निमुखा जनताका लागि लुम्बिनी प्रदेश सरकार अन्तरगत रहेको पृथ्वीचन्द्र अस्पतालको दुर्ससा यस्तो होला भनेर मेयर यादवले आश्चर्य ब्यतm गरेका थिए ।

बेडको तन्ना मात्र होईन्,अस्पतालको आक्सिनज प्लान्ट पनि अहिले चलेको छैन् । खानेपानीको ब्यवस्था देखी सरसफाइको अवस्था दयनिय छ । मेसु मोहम्मद नुरुल होदा आफ्नै क्लिनीकमा ब्यस्त हुन्छन् । अध्यक्षले अस्पतालबाट मोटरसाईल पाए पछि त्यसैमा घुमेर रमाउने गरेका छन । अस्पतालको यो अस्तब्यस्तता कस्ले हेर्ने ? पचास सैयाको अस्पताल हो,मेयर यादवले भने, तर विरामी प्रतिको गम्भिरता एउटा निजी क्लिनिक जति पनि छैन् । अस्पतालको बेथितीबारे बेला बेला समाचार पढने गरेको तर अहिले आफ्नै आँखाले प्रष्ट हेर्न पाइयो । अस्पताल मेसु चौविसै घण्टा बस्ने गरि अस्पतालबाट सेवा सुविधा लिने गर्छन् । तर अस्पतालमा मुस्किलले भेट्न सकिन्छ ।
अस्पतालको अध्यक्षमा हुने राजनीतिक नियुतिm सेवा भन्दा सुविधा लिने सुविधा भोगिले नै पाउने गर्छन् । जान्ने सुन्ने जनता र जनप्रतिनिधि पनि विरोध भन्दा विकल्पकै खोजीमा हुन्छन् । आवाज नै नहुने गरिब निमुखाको आवाज सरकारसम्म पुग्दैन् । पत्रकार पनि बेला बखत लेखिदिए पनि केही नपाएर लेखेहोला भनेर अस्पतालका कर्मचारी र चिकित्सकले हल्ला फैलाउछन्,त्यसैको बहानामा विरामी प्रति वेवास्ता गर्दै अस्पतालमा राज गर्ने गरेका छन् । असंगठित जनताले सोधखोज कसरी लिन सक्लान ?
नगरप्रमुख यादवले भनेर पनि पृथ्वीचन्द अस्पतालमा सुधार आउनेमा स्थानिय विश्वस्त छैनन् । किन की नगरप्रमुखले कुनै ब्यवस्थापनमा हस्ताक्षेप गरे यस क्षेत्रका प्रदेश साँसद र संघिय साँसद मेसु र ब्यवस्थापनको बचाउमा लाग्छन् । यो रवाई आजको नभई पुरानो भएको स्थानियले बताए । अस्पतालको यो अवस्था देखिदा दुःख लागेको सोही वार्डका वार्ड अध्यक्ष रामवृक्ष यादवले बताए । बेला बेलामा आफु अस्पतालमा आउने र भन्ने गरेको छु,तर न कसैले सुन्नेवाला छन्,नत कोही गर्नेवाला छन् । अस्पतालको ब्यवस्थान पक्षले लाज पचाई सकेको छ, उनले भने, जनप्रतिनिधिले अनुगमन गर्ने र भन्ने कार्य मात्र गर्न सक्छन । अस्पताल सुधारका काम त तलब भत्ता खाने कर्मचारी र चिकित्सक ब्यवस्थाककै हो ।

49 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *