Health Advertisement

जिल्ला अस्पताल परिसरमै आयुर्वेद स्वास्थ्य केन्द्र खुले पछि आयुर्वेद तर्फ विरामीको आकर्षण

नवलपरासी,१३ भदौ,
जिल्ला अस्पताल परिसरमै आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालनमा आए देखी विरामीको आकर्षण आयुर्वेदिक उपचार तर्फ बढदै गएको छ । जिल्ला पृथ्वीचन्द्र अस्पताल परिसरमै आयुर्वेदिक उपचार हुने जानकारी स्थानियले थाहा पाउदै गए पछि दिर्घरोगी,जेष्ठनागरिकहरुको आकर्षण आयुर्वेदिक उपचार तर्फ बढन थालेको हो ।

रामग्राम नगरपालिका १४ अईचावलबाट घुडा दुखाईको उपचारका लागि केन्द्रमा आएका आएका ७५ बर्षिय फेकु यादवले गाँउकै लक्ष्मण हरिजन उपचार गराएर गए पछि आफुलाई उनीबाट थाहा भएको बताए । लामो समय ऐलोपैथिक उपचार गराउदै आए पनि निको नभएका कारण उनी आयुर्वेदिक उपचार केन्द्रमा आएर उपचार गराएका थिए । यहिँबाट लागेको औषधीले दुई दिनमै राहत महशुस भएको बताए । उनले नै भनेर आफु आयुर्वेदिक स्वास्थ्यकेन्द्र खोज्दै आएको हुँ,उनले भने, गाउका धेरैले भने,घुडाको दुखाई अग्रेजी औषधी भन्दा आयुर्वेदिक औषधीले निको हुन्छ । छिमेकी हरिजनले पनि आफ्नो अनुभव सुनाए देखी खोज्दै आएको सुनाउदै उनले भने, मलाई पनि यो औषधीले निको होला विश्वास लागेको छ । डाक्टरले सम्झाउने बुझाउने कार्य पनि राम्ररी गर्दै आएका छन्,उनले भने, अंग्रेजी औषधी लिन जादा औषधी दिन्छन्,त्यसैमा कसरी खाने लेखिदिन्छन्,त्यसबारे सम्झाई बुझाई पनि गर्दैनन । तर यहाँ औषधी निशुल्क पाउने र सम्झाई बुझाई पनि राम्रो गरिएको पाइयो ।
फेकु यादव जस्तै धेरै वृद्धवृद्धाको रोजाई अहिले आयुर्वेदिक उपचार केन्द्र बन्दै गएको छ । जिल्ला अस्पताल परिसरमै पहिलो पटक सरकारी स्तरबाट सदरमुकाममा उपचार केन्द्र खुलेको उद्योग बाणिज्य संघ नवलपरासीका पुर्व बाणिज्य उपाध्यक्ष समेत रहेको राधेश्याम अग्रहरीले बताए । आफुले समेत सो आयुर्वेदिक उपचार केन्द्रबाट औषधी ल्याएर सेवन गरेको उनले सुनाए । दुई दिनमै समस्या हल भयो,उनले भने, दिसा राम्रोसँग नआउने र अनियमित तरिकाले जुन सुकै बेला दिसा लाग्ने र दिसा लागे जस्तो महशुस भए पनि दिसा नहुने समस्या थियो । तर उपचार केन्द्रमा गएर उपचार गराँए । त्यहा पाएको निशुल्क आयुर्वेदिक त्रिफला चुर्ण र अन्य औषधी सुझाव दिए अनुसार सेवन गरे पछि ठिक भएको छ । अहिले दुई दिनमै दिसा सफा आउन थालेको छ, उनले भने ,नियमति पनि भएको छ । त्यही समस्यालाई लिएर पहिला अंग्रेजी औषधीको झोल दिएका थिए । दिसा त भयो,तर पखाला लागे जस्तै धेरै पटक हुन थाल्यो,उनले थपे,त्यसले कमजोरी महशुस हुन थाल्यो । त्यही भएर त्यो औषधी खान छोडे । पछि परासीमै आर्युेदिक उपचार केन्द्र खुलेको थाहा पाएर उपचारका लागि गएको सुनाए । औषधी पनि निशुल्क,परामर्श पनि राम्ररी पाइयो । अहिले त्यही औषधीले निको भएको उनको भनाई थियो ।
गत महिना देखी शुरु भएको आयुर्वेदिक उपचारको सेवाको प्रभावकारिता स्थानियले महशुस गर्न थालेको आयुर्वेदिक उपचार केन्द्रले जनाएको छ । दैनिक १५ देखी २० जनासम्म विरामी आउने गरेका छन्, केन्द्रका चिकित्सक डा. रमेश केसीले भने, अहिले दुई जना स्टाफ मात्र यहाँ छौ । तर पनि विरामीको चाँप बढदै गएको छ । दशै पछि पुरै ७ जनासम्म स्टाफ आउनेमा उनले विश्वास ब्यतm गरे । आयुर्वेदिक उपचार केन्द्रले आफ्नो प्रचार प्रसार पनि गरेको छैन्,उनले थपे,यसको प्रचारक स्वम् विरामीहरु नै बनेका छन् । एक जना विरामी आयुर्वेदिक उपचार गराएर निको भएको र राहत महशुस भए पछि गाँउ भरि उनीनै प्रचार गरिदिने आफ्ना आफन्त साथीभाईलाई पठाई दिने गरेका छन् । यसले हामीलाई पनि उत्साही बनाएको छ । लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य,जनसंख्या तथा परिवार कल्याण मन्त्रालय अन्तरगत स्वास्थ्य निर्देशनालयले गत असार महिनामा जिल्ला अस्पताल परिसरकै एउटा भवनमा नवलपरासी आयुर्वेद स्वास्थ्य केन्द्रको शुभारम्भ गरेको थियो । अहिले पुर्ण रुपमा काम गर्न सकेको छैन् । डा.केसीका अनुसार आवश्यक पुर्वाधार र कर्मचारी अभावका कारण तोकिए अनुसारको सेवा प्रवाहमा समस्या छ ।
विरामीको परिक्षण,औषधी वितरण,स्वस्थ्यजिवन कार्यक्रम,पुर्वकर्म,क्षारसुत्र एवं सामान्य शल्य चिकित्सा,प्रयोगशाला,स्तनपायी कार्यक्रम,जेष्ठ नागरिक सेवा र स्वास्थ्य शिक्षा एवं परामर्श सेवा नियमित रुपमा दिने केन्द्रको लक्ष्य रहेको छ । अहिले विरामी परिक्षण र औषधी वितरणका कार्य मात्र भई रहेको जानकारी गराएका थिए । आयुर्वेद केन्द्रले यहाँका निजी आयुर्वेद औषधी पसल समेत खुल्न थालेका छन्,निजी फर्मेसीले समेत आयुर्वेदिक औषधी राख्न थालेका छन् ।

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *