Health Advertisement

बाढीले भत्काएको झरहीखोला बाँध मर्मतका लागि स्थानियको ध्यानाकर्षण

नवलपरासी,१५ भदौ
जिल्लाको रामग्राम २ स्थित झरहीखोला बाँध भत्किएको प्रति सरोकारवालाको ध्यान नगएको भन्दै स्थानियले गुनासो गरेका छन् । बाढीको बेला भत्किएको स्थानबाट टोलका घरहरुमा पानी पस्न सक्ने खत्तरा भए पनि सरोकारावालाले ध्यान नदिए पछि गुनासो गर्न थालेका हुन् ।
झरहीखोला पुल नजिकै बाँध भत्किएको छ,स्थानिय रामभवन यादवले भने देखाउदै भने,गत दुई बर्ष पहिला सिचाई डिभिजन कार्यालय सेमरीले तटबन्धन गराएको थियो,बाढीले भत्काई दियो । सिचाई डिभिजन कार्यालय अहिलेसम्म मर्मत गरेको छैन् । रामग्राम नगरपालिकाले पनि नदीको तटबन्धन र नदी सफाईको नाममा लाखौ खर्च गरेको सुनिएको छ,तर पुल नजिकै भत्किएको उतm बाँधको मर्मत गरेको छैन् । यसबारे सिचाई डिभिजन कार्यालय र नगरपालिकाका प्राविधिकलाई समेत जानकारी गराई सकिएको छ,तर कुनै सुनुवाई नभएको उनको भनाई थियो । उनले भत्किएको बाँध पुर्ननिर्माणका लागि ध्यानाकर्षण गराएको छु,उनले भने, यदि यो भत्किएको बाँध मर्मत भएन भने नगरपालिका र सिचाई डिभिजनको विरोधमा संघर्षका योजना अगाडी सारिने चेतावनी समेत दिएका थिए ।

2 Comments

  • You really make it appear really easy with your presentation but I to find
    this matter to be really one thing which I think I might never understand.
    It kind of feels too complicated and extremely extensive for me.
    I am having a look forward for your next post,
    I’ll attempt to get the hang of it!

Leave a Reply

Your email address will not be published. Required fields are marked *