नवलपरासी,११ भदौ
जिल्लाको पर्यटकिय मार्गको रुपमा रहेको महामाया मार्ग र प्राचिन ककरपत्त नगर(जावा) जोड्न पुल निर्माण हुने भएको छ । पुर्वपश्चिम राजमार्ग देखी रामग्राम जोड्ने उतm माहामाया मार्गसँग सरावल गाउपालिका २ स्थित प्राचिन कोलिय गणराज्य अन्तरगतको एक प्रमुख ककरपत्त नगर जोड्ने मार्गको पुलको टेण्डर भए पछि उतm पुल निर्माण हुने सुनिश्चित भएको हो ।
रामग्राम नगरपालिका ७ उजैनीमा रहेको रामग्राम स्तुपबाट प्राचिन ककरपत्त नगर जाने सडकको विचमा झरहीखोला रहेको र अहिले सो पुल निर्माणका लागि सडक डिभिजनले टेण्डर समेत गरि सकेको हुदा पुल बन्ने कुरा निश्चित भएको स्थानिय देवराज चौधरीले बताए । सो पुलले रामग्राम स्तुपलाई प्राचिन ककरपत्त नगरले जोड्ने भएको छ, उनले भने, पर्यटन मार्गको रुपमा रहेको महामाया मार्ग रामग्राम स्तुपामा पुगेको थियो,तर ककरपत्त नगर पुग्नका लागि बिचमा झरही नदीमा पुल नभएका कारण समस्या थियो । अहिले सो पुल बनाउन सरकारले ठेक्का गरि सकेको हुदा स्थानिय उत्साही भएका छन् । पुल बने पश्चात रामग्राम स्तुपमा आउने पर्यटकलाई ककरपत्त नगरमा जान सहज हुने उनको भनाई थियो । पुलले स्थानिय सरावल गाउपालिकाका तिन वटा वार्डका बासिन्दालार्ए पनि सदरमुकाम परासीसँग जोड्ने हुदा स्थानियबासीलाई समेत राहत मिल्ने भएको छ ।
दुई बर्ष देखी झरही खोलामा झुलगेँ पुल मार्फत पैदल,साईकल र मोटरसाईकलसम्म आउन जान सहज भए पनि पक्कि पुल नभएका कारण हुलाकी राजमार्ग र पुर्वपश्चिम महेन्द्र राजमार्गका पुल भएर मात्र आउने जाने अवस्था थियो । तर अहिलेको झरही खोला पुल बन्ने निश्चित भए पछि पर्यटक र स्थानिय दुबैलाई राहत हुनेमा उनले विश्वास ब्यतm गरेका थिए । सो क्षेत्रमा विगत बर्ष देखी नै पुलको माग हुदै आएको र अहिले सडक डिभिजनले सो पुलको टेण्डर गरे पछि पुल बन्ने सुनिश्चिता भएको रामग्राम नगरपालिकाका इन्जिनियर सतिस गुप्ताले बताए । पुल निर्माणको ठेक्का भई सकेको छ । केही महिनामा निर्माण कार्य समेत शुरु हुने छ । पुलको लागत स्टिमेट ६ करोड १३ लाख २१ हजार ४ सय ९३ रुपिया भए पनि ठेकेदारले कति घटेर लिएकोबारे अहिले जानकारी आईनपुगेको उनको भनाई थियो । जेहोस पुल बन्ने कुरा निश्चित भएको छ,उनले भने, यसले सरावल गाउपालिका र रामग्राम नगरपालिका विच रहेको झरही खोला अहिले पुल बने पछि जोडिने भएको छ । यो पुलले स्थानिय दुई पालिका मात्रै जोड्ने नभई दुई वटा बौद्धसाईट समेत जोडिने हुदा पर्यटन क्षेत्र विस्तारमा टेवा मिल्ने उनको भनाई थियो ।
पचास मिटर लम्बाईको उतm पुल रहेको छ । भगवान गौतम बुद्धको अस्तु रहेको रामग्राम स्तुप जोड्ने महामाया मार्गमा प्राचिन ककरपत्त नगर भनेर चिनिने हालको जावालाई नजिकसँग जोड्ने भएको छ । ककरपत्त नगरमा दिर्घजानुलाई भगवान गौतम बुद्ध पुगेर गृहशुख सन्देश सुनाएको स्थानियको रुपमा रहेको बौद्धग्रन्थ त्रिपिटकको अगुँतर निकायमा उल्लेख भएको पाईन्छ । यसले गर्दा रामग्राम स्तुपमा आउने देशी विदेशी पर्यटक एक पटक ककरपत्त नगरमा पुग्न सजिलो भएको रामग्राम नगरपालिकाका नगरप्रमुख(मेयर) धनपत यादवले बताए । यसले दुई पालिका मात्र नभई भगवान गौतम बुद्धसँग सम्बन्धित बौद्धस्थलहरुलाई जोड्ने पुलको रुपमा रहने छ । यो पुलले पर्यटन मार्गको आधार पुल बन्ने भएको छ, उनले भने, प्राचिन ककरपत्त नगर मात्र नभई प्राचिन सज्जनेल नगर हालको बासा र प्राचिन कुण्डिय नगर हालको भगडा स्थित पतजिव(पुत्तन्जिवी) बगैचा रहेको जिवक बनलाई समेत जोड्ने भएको छ । रामग्राम स्तुपाको दर्शन गर्न आउने बौद्धमार्गीलाई सहज ढंगले जाने सुविधा यस पुलले हुने उनको विश्वास थियो । दैनिक रुपमा स्थानियबासीलाई सदरमुकाम परासी बजार आउन जानुका साथै भैरहवा पहुँचका लागि पनि सुविधा हुने उनको भनाई थियो ।