परिवार नियोजनको साधन डिपोको सट्टा अब सायना प्रेस सुई

नवलपरासी,१० पुस
महिलाले लगाउने गर्भ निरोधक सुई डिप्रो प्रोभेरा(डिपो) को सट्टा सायना प्रेस(डिएमपिइ—एससी) नामक सुईको परिक्षण हुने भएको छ । नेपाल परिवार नियोजन संघ नवलपरासीले आयोजना गरेको सायना प्रेस नामक सईबारे पत्रकारंसंग अभिमुखीकरण कार्यक्रममा जानकारी गराएको हो ।
डिपो सुई भन्दा सायना प्रेस प्रभावकारी हुने भएको हुदा यहिँ जनवरी महिना देखी सो गर्भ निरोधक सुईको रुपमा महिलालाई लगाईने संघकी नर्स अंजली श्रेष्ठले जानकारी गराईन् । नेपाल सरकारले नै सो सुई परिवार नियोजन संघ मार्फत लगाउने जानकारी गराएको उनको भनाई थियो । बजारमा तिन महिना अगाडी प्रयोगमा आएको बताउदै बेल्जियम र चिन लगायतका देशमा यसको परिक्षण भई सकेको छ,उनले भनिन्,नेपालमा पनि यसको प्रारम्भिक परिक्षण भई सकेको छ । लुम्बिनी प्रदेशमा अहिले नवलपरासी र रोल्पा जिल्लाबाट यो सुई लगाउने कार्य जनवरी देखी शुरु हुन्छ । डिपोको तुलनामा सायना प्रेस सुई बढि प्रभावकारी देखिएको छ ।
उनका अनुसार डिपो जस्तै यो पनि तिन तिन महिनामा लगाउने गर्भ निरोधक सुई हो । तर डिपो सुई स्वास्थ्यकर्मीले लगाउछन्,सायना प्रेस सेवाग्राही आफैले पनि लगाउन सक्छन्,डिपो औषधी सिरिन्ज तानेर दिनु पर्छ,सायना प्रेस सिरिन्ज सहित लगाउने तयारीमा नै हुन्छ,डिपोको सुई आधा इन्चको हुन्छ,सायना प्रेस ८ मिलिमिटर मात्र हुन्छ,डिपो सुई मासु भित्र लगाइन्छ,सायना प्रेस छाला मुनि लगाईन्छ र डिपो पाखुरा नितम्भ तिघ्रमा लगाईन्छ,सायना प्रेस पेट,पाखुरा र तिघ्रमा लगाईन्छ ।
सायना प्रेस सुई सुरक्षित तथा प्रभावकारी छ,प्रयोग सजिलो छ,प्रयोग गरेको २४ घण्टा भित्र काम गर्छ । पाठेघरको जाँच विना नै प्रयोग गर्न मिल्छ,सुत्केरी भएको ६ हप्ता पछि स्तनपान गराई रहेकी महिलाले लगाउन सक्छन्,गर्भपतन पश्चात तुरन्तै लगाउन सकिन्छ । नर्स अंजलीले डिपोको तुलनामा सायना प्रेस सुई धेरै प्रभावकारी भएको सुनाईन् । यो साधनले कुनै प्रकारको महिलालाई कमजोर बनाउदैन । वास्तवमा भन्ने होभने डि.एम.ए. सुई प्रयोगले महिनवारी रोक्न सक्ने भएकोले शारीरिक कमजोरी र रतmअल्पता हुनबाट बचाउछ,उनले भनिन्,यो सुई महिलाले गर्भधारण गर्न चाहेसम्म यसलाई प्रयोग गर्न सक्छ । यसको सफलता ९९ प्रतिसत रहेको छ ।
सायना प्रेसले पाठेघरको मुखबाट निस्कने श्रावलाई बाक्लो गराउछ, जस्ले गर्दा सम्पर्कको बेला पुरुषको लिगँबाट निस्कने सुक्रकिटलाई पाठेघर भित्र जान दिदैन् । महिलाको डिम्ब निस्कासन हुन दिदैन् । जस्लेगर्दा पुरुषको सुक्रकिट डिम्बको मिलन हुनबाट रोक्नका लागि जैविक रुपमा नै प्रजजन अंग भित्र काम गर्ने गर्छ । पाठेघरको भित्रि पत्रलाई पातलो गराउछ । यो सुई प्रजनन उमेरका महिला मात्रै नभई किसोर किसोरीहरुले पनि लगाउन सक्ने हुदा सजिलो भएको नर्स श्रेष्ठले बताईन् । स्वास्थ्य सस्थामा पनि सजिलै उपलब्ध हुने सुई भए पनि अहिले सरकारले सरकारी स्वास्थ्य संस्था र परिवार नियोजनलाई मात्रै स्वास्थ्यकर्मी मार्फत लगाउने परिक्षण गर्ने उनको भनाइ थियो ।
प्रजनन स्वास्थ्य सम्बन्धी सेवा दिदै आएको संघले परिवार नियोजनका सबै सेवा,गर्भपतन सेवा,पाठेघर क्यान्सरको जाँच,किसोरकिसोरीलाई परामर्श सेवा,आकस्मिक सेवा पनि दिदै आएको विश्वासनिय र गोपनियता भंग नहुने सस्था भएको हुदा सेवाग्राहीहरु परिवार नियोजन संघमा सेवा लिन जाने गरेका छन् । अहिले डिपोको स्थानमा सायना प्रेस सुई पनि दिने परिवार नियोजन संघले नै जिम्मा पाएको हुदा महिलाको आकर्षण संघ प्रति बढेको संघका निमित्त कार्यालय प्रमुख यमनाथ पौडेलले जानकारी गराए । परिवार नियोजनको यो नयाँ साधनआएको हुदा यसको प्रचार प्रसार अ आफ्ना सञ्चार माध्यम मार्फत गर्न समेत उनले आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *