नवलपरासी,६ पुस
जिल्लाको रामग्राम नगरपालिका ३ मा स्थित टंक प्रसाद अचार्य जन्मेको जिर्ण भवनलाई संरक्षण तथा जिर्णोद्धारका लागि पुनः लुम्बिनी प्रदेश सरकारले पचास लाख रकम विनियोजन गरेको छ । । सय बर्ष पुरानो उतm भवनको जिर्णोद्धार गर्नका लागि रकम विनियोजन भएर आएको नगरपालिकाले जनाएको हो ।
लुम्बिनी प्रदेशका पुर्व प्रदेश सभा सदस्य (प्रदेश साँसद) बैजनाथ चौधरीको पहलमा पुनः बजेट बिनियोजन भएको चौधरीले बताए । विगत बर्षमा जिर्णोद्धारका लागि बजेट आएको तर काम हुन सकेको थिएन् । घर अहिले जिर्ण अवस्थामा भए पनि सरोकारवालाबाट सो भवन जिर्णोद्धार हुन नसकेको स्थानियले आरोप समेत लगाउदै आएका थिए । प्राचिन स्मारकको जिर्णोद्धार गर्नका लागि लुम्बिनी प्रदेश सरकारले बजेट पठाउदा पनि काम नभएको प्रति लुम्बिनी प्रदेशका निवर्तमान प्रदेश साँसद तथा अर्थ तथा योजना मन्त्रालयका पुर्व मन्त्रि समेत रहेका बैजनाथ चौधरीले नगरपालिकाको कार्यशैली पुर्वाग्राही भएको आरोप समेत लगाएका थिए ।
प्रजातन्त्रीक आन्दोलनका अभियन्ता स्वर्गिय टंक प्रसाद अचार्य जन्मेको घरलाई पुरातात्विक स्मारकको रुपमा संरक्षण गर्नका लागि प्रदेश सरकारले बजेट विनियोजन गरे पनि रामग्राम नगरपालिकाले सो रकम खर्च नगरि फ्रिज गराएकोमा प्रदेश साँसद तथा पुर्वमन्त्री चौधरीले ध्यानाकर्षण गराएका थिए । आर्थिक बर्ष २०७७÷०७८ मा लुम्बिनी प्रदेश सरकारको तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलले सो स्मारक जिर्णोद्धारका लागि सशर्त अनुदान भनेर रामग्राम नगरपालिकालाई रु.५० लाख रकम उपलब्ध गराएको तर नगरपालिकाले काम नगरि सो रकम फ्रिज भएको थियो ।
टंक प्रसाद अचार्य प्रतिष्ठानको नाँउमा रहेको सो स्मारकको अवलोकन गर्न विभिन्न ब्यतिm आउने गरेका छन् । प्रजातान्त्र स्थापनामा स्वर्गिय अचार्यको महत्वपुर्ण योगदान रहेको छ । अचार्यको जन्मेको घरलाई स्मारकको रुपमा अहिले पनि परासी मालपोत कार्यालय परिसरमा जिर्ण अवस्थामा रहेको छ । रामग्राम नगरपालिका भित्रै रहेको उतm स्मारकलाई सम्पदाको रुपमा संरक्षण नगरपालिका आफैले गर्नु पर्ने हो । प्रदेश सरकारले बजेट पठाउदा पनि खर्च गर्न सकेको थिएन् अहिले पुनः बजेट आएको छ,नगरप्रमुख यादवले भने,यसको काम छिट्टै शुरु गरिन्छ ।
वि.सं.१९६९ सालमा जन्मेको परासी स्थित भवन अहिले पनि उस्तै अवस्थामा रहेको छ । सय बर्ष पुरानो कुनै पनि संरचना पुरातात्विक महत्वको हुन्छ, उनले भने, यो टंकप्रसाद अचार्य जन्मेको घर शताब्दी बढि भई सकेको त्यसमा पनि प्रजातन्त्रका अभियन्ता समेत रहेका अचार्य ऐतिहासिक पुरुष हुन् । प्रजातन्त्र स्थापनाका लागि राणा राजा विरुद्ध अभियान थालेका स्व. अचार्यलाई हरेक प्रजातन्त्र लोकतन्त्रबादीले सम्झनु पर्छ । पुर्व साँसद चौधरी २०४९ सालमा जिल्ला सभापति हुदा खेरी केही संरक्षण मर्मत सम्भारको कार्य भए पनि सो बेला देखी यो भवनमा कुनै मर्मत सम्भारका कार्य हुन सकेको छैन् ।
उनी प्रदेश सरकारको मन्त्री भए पछि यसको जिर्णोद्धारका लागि बजेट पठाउन लगाए तर नगरपालिकाको वेवास्ताले काम हुन सकेन् तर अहिले पुनः बजेट आएको छ, सो रकम फ्रिज हुन्छ कि काम हुन्छ ? त्यसबारे स्थानिबासीले चाँसो लिएर हर्ने गरेका छन् । । अचार्य राणा र अन्य नागरिक विच हुने गरेको विभेदको विरोध गर्दै आएका थिए । उनका बुवा राणा सरकारकै काम गर्ने भए पनि उनी राणाको कार्य प्रति विरोध गर्ने गरेका थिए । राणाका लागि र अन्य नागरिकका लागि शिक्षा नीति फरक भएकोले पनि त्यसको उनी विरोध गर्ने गरेका थिए । टंक प्रसादको प्रजातन्त्रका क्रान्तिकारी युवा भए पनि उनलाई मृत्यु दण्ड दियो भने ‘बाहुन मारियो’ भन्ने त्रासले मात्र राणाहरुले उनको हत्या गरेनन् । उनलाई जेल हालेका थिए । अन्य गंगालाल श्रेष्ठ,धर्मभतm माथेमा,शुक्रराज शास्त्री र दशरथ चन्द चार जनालाई मृत्युदण्ड दिएर शहिद बनाएका थिए ।