समाचार

पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न वर्दघाटको कंचनगढीमा साढे चार करोड लगानी गरि पार्क निर्माण
बर्दघाट नगरपालिका, समाचार

पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न वर्दघाटको कंचनगढीमा साढे चार करोड लगानी गरि पार्क निर्माण

नवलपरासी,२ फागुनजिल्लाको वर्दघाट नगरपालिकाले कंचनगढी क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नका लागि ठूलो लगानी गरि पुर्वाधार निर्माणमा लागेको छ । वर्दघाट नगरपालिका ५ स्थित कंचनगढी नगरपालिकालाई पर्यटन क्षेत्रको रुपमा विकास गर्नका लागि लगानी गरे पछि अहिले विभिन्न पुर्वाधारहरु निर्माणाधिन रहेको नगरपालिकाले जानकारी गराएको हो । पर्यटन पुर्वाधार र पर्यटकिय क्षेत्र विकासका लागि रु.४ करोड ५६ लाख बराबरको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाई निर्माण कार्य भई रहेको नगरपालिकाका इन्जिनियर किसोर चौधरीले जानकारी गराए । उनका अनुसार करिब ४ विघा क्षेत्रफलमा फैलिएको उतm स्थानमा कम्पाउण्डवाल सहित पिकनिक सेड, विभिन्न शिवलिगँ र १२ फिट अग्लो शिवको मुर्ति निर्माण गर्ने गरि कार्य भईरहेको छ । पार्क क्षेत्रलाई खोला कटानबाट जोगाउनका लागि नदी नियन्त्रणका कार्य समेत भई रहेको छ,उनले भने,...
नवलपरासीको परासीमा खुल्यो यातायात ब्यवस्थाको सेवा कार्यालय
रामग्राम नगरपालिका, समाचार

नवलपरासीको परासीमा खुल्यो यातायात ब्यवस्थाको सेवा कार्यालय

नवलपरासी,१ फागुनपश्चिमी नवलपरासीको रामग्राम ४ बैरिहवामा यातायात ब्यवस्था सेवा कार्यालयले आइतवार देखी औपचारिक रुपमा सेवा प्रारम्भ गरेको छ । लुम्बिनी प्रदेश सरकार श्रम,रोजगार तथा यातायात मन्त्री पुर्मती ढेगामगरले यातायात ब्यवस्था सेवा कार्यालयको उदघाटन गर्दै सेवा प्रारम्भ गरेकी हुन् ।अहिलेसम्म नवलपरासीबासी यातायात ब्यवस्था सम्बन्धी सेवा बुटवल र भैरहवाबाट लिदै आएको तर आइतवार आफ्नै जिल्ला सदरमुकामबाट सेवा पाउन थाले पछि हर्सित भएका छन् । सेवा लिन जादा समान्य एउटा कागजात छु्ट्दा पनि छोडेर आउनु पर्ने बाध्यता,सेवा लिन टाढा जादा म्याद नागेर धेरै जसोले जरिवाना तिर्न पर्ने अवस्था रहेको थियो । सदरमुकाममा कार्यालय आए पछि जिल्लाबासीलाई धेरै नै राहत हुने बतmाहरुले बताएका थिए । अहिले सेवा कार्यालय शुरुवात भई चाडै नै आंशिक सेवा भएकोले पुर्ण सेवाका प्रदान गर्न माग समेत गरिएको थियो । तत्काल सेवा कार्यालयले स...
सांस्कृतिक संरक्षणमा राज्य पक्षबाट लगानी हुन सकेको छैन: एमाले जिल्ला नेता यादव
रामग्राम नगरपालिका, समाचार

सांस्कृतिक संरक्षणमा राज्य पक्षबाट लगानी हुन सकेको छैन: एमाले जिल्ला नेता यादव

नवलपरासी,सामुदायिक स्तरबाट संस्कृति संरक्षण भए पनि राज्य पक्षबाट लगानी नभएको नेकपा एमालेका जिल्ला नेता धनपत यादवले बताएका छन् । एभरेष्ट युवा क्लबद्धारा रामग्राम १६ कुइयामा आयोजित थारु सांस्कृतिक तथा माघी महोत्सवको उदघाटन गर्दै सो कुरा बताएका हुन् ।महोत्सवमा प्रमुख अतिथी रहेका यादवले घरदैलोमा सरकार आए पनि सो कुरा महशुस गर्न नपाएको बताए । जनताको नजिकको सरकार भनेको नगरपालिकाले समेत आदीबासी,जनजाती तथा पिछडिएको समुदायको सांस्कृतिक विकास तथा संरक्षणमा लगानी नगरेको आरोप लगाए । नगरप्रमुखले सन्तुलित तथा न्यायोचित लगानी गर्नु भन्दा पक्षपात पुर्ण तरिकाले काम गर्दै आएको हुदा समुदायमा सन्तुलित विकास हुन नसकेको स्मरण गराएका थिए । नजिकै वार्ड नं.१४ मा खिचडी महोत्सवमा एक लाख लगानी गरेको तर वार्ड नं.१६ मा एक रुपिया पनि नदिई पक्षपात गरेको गुनासो महोत्सवका आयोजकहरुले गरेका थिए ।अगामी स्थानिय तहको निर्वाचनमा ...
गण्डक नहर सिचाई प्रणालीको राष्ट्रिय योजना आयोगको टोलीले गर्यो स्थलगत अवलोकन
समाचार, सुस्ता गाउँपालिका

गण्डक नहर सिचाई प्रणालीको राष्ट्रिय योजना आयोगको टोलीले गर्यो स्थलगत अवलोकन

नवलपरासी,२ पुसनेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली र त्यससँग जोडिएका अन्य समस्याबारे बुझ्न राष्ट्रिय योजना आयोगको टोलीले स्थलगत अध्ययन गरेको छ । आयोगका सदस्य प्रोफेसर डा.शुरेन्द्र लभ कर्ण र रिसर्च एसोसिएट शसीशु नायक सहितको नेतृत्वमा आएको टोलीले गण्डक नहरको मुहान देखी शाखा प्रशाखामा रहेका संरचनागत समस्याका साथै डुबानको अवस्थाबारे पनि अध्ययन अवलोकन गरेको हो ।गण्डक नहरको इतिहासमै अहिले पहिलो पटक भारतिय नहरमा पानी नगए पनि नेपाली नहरमा पानी भारतिय पक्षले छाडेको कार्य सकारात्मक भए पनि अझै पानीको सतह निर्धारणमा समस्या कायमै रहेको बताइएको थियो । नहरको मुहानमा रहेका तिन वटा ढोका मध्ये दुई ढोकाबाट मात्रै पानी आउने गरेको छ । अझ एउटा ढोका बन्द अवस्थामा नै रहेको आयोगको टोलीलाई सिचाई प्रणाली कार्यालयका प्रमुख इन्जिनियर रंधिर कुमार शाहले देखाएका थिए । २०१६ सालमा गण्डक नदीले गर्ने डुबान कटान नियन्त्रणका ...
संस्कृतिलाई आयआर्जनको माध्यम बनाउने योजना हामीसँग छ : एमाले नेता यादव
रामग्राम नगरपालिका, समाचार

संस्कृतिलाई आयआर्जनको माध्यम बनाउने योजना हामीसँग छ : एमाले नेता यादव

नवलपरासी,१९ कातिकस्थानिय संस्कृतिलाई मनोरन्जन मात्र नभई आयआर्जनको माध्यम बनाउन सक्ने नेकपा एमालेका जिल्ला नेता धनपत यादवले बताएका हुन् । रामग्राम नगरपालिका १८ बडगो बजार स्थित मनकामना युवा क्लबद्धारा आयोजित थारु सांस्कृति कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।थारु संस्कृति प्राचिन बौद्धकालिन संस्कृति हो,बौद्धकालिन महत्वपुर्ण स्थान पनि यही भएको तर राज्यले यसको पहिचान गर्न सकेको उनले बताए । कार्यक्रमको प्रमुख अतिथी समेत रहेका नेता यादवले अगामी दिनमा प्राचिन संस्कृति र प्राचिन स्थल जोडेर सांस्कृतिक पर्यटनको विकास गरि साँस्कृतिक कार्यक्रमलाई आमदनीको माध्यम बनाउन सकिन्छ, उनले भने, विश्वले मान्ने शान्तिका अग्रदुतको जन्म दिने आमा मायावतीको जन्म स्थल यहिँ गाँउ पण्डितपुरमा छ,जुन प्राचिन कोलिय गणराज्यको राजधानी रामग्राम भएको पुरातात्विक खोजले पत्ता लगाई सकेको छ । बौद्धकालिन थेरबाद समुद...
विपश्यना साधकद्धारा सरावल गाउपालिकाको प्राचिन ककरपत्त नगर(जावा)मा निर्माण हुन लागेको विपश्यना केन्द्रको अवोकन
समाचार, सरावल गाउँपालिका

विपश्यना साधकद्धारा सरावल गाउपालिकाको प्राचिन ककरपत्त नगर(जावा)मा निर्माण हुन लागेको विपश्यना केन्द्रको अवोकन

नवलपरासी,२९ असोजबिपश्यना साधकहरुद्धारा प्राचिन कोलिय गणराज्य अन्तरगतको प्राचिन ककरपत्त नगर सरावल २ जावा स्थित निर्माण हुन लागेको विपश्यना ध्यान केन्द्र स्थलको अवलोकन गरिएको छ । रामग्राम विपश्यना ध्यान केन्द्र(धम्मगाम) ककरपत्त नगर जावा स्थित निर्माण हुने स्थानको स्थलगत अवलोकन गरिएको हो ।रामग्राम स्तुपा क्षेत्रमा ध्यान केन्द्र बनाउने उदेश्य राखीएको भए पनि नगरपालिकाद्धारा जग्गा उपलब्ध हुन नसके पछि ध्यान केन्द्रको काम रोकिएको थियो । अहिले सरावल गाउपालिकाले उतm ध्यान केन्द्रका लागि जग्गा उपलब्ध गराए पछि सो क्षेत्रमा ध्यान केन्द्र बन्ने हुदा विपश्यवी साधकहरु सो क्षेत्रका अवलोकन गर्न पुगेको विपश्यना केन्द्रका ट्रष्टी सचिव सम्भु प्रसाद उपाध्यायले बताए । उनका अनुसार सो क्षेत्रको अवलोकन गर्न विपश्यनाको सहायक अचार्य समेत रहेका काठमाडौंका तुल बहादुर पुन,साधक विवेक डंगोल,निमा शेर्पा र बुटवल भुलवाडीका द...
बौद्ध क्षेत्रका विज्ञहरुलाई पिस क्लब इन्टरनेसनल नेपाल नवलपरासीद्धारा सम्मान
रामग्राम नगरपालिका, समाचार

बौद्ध क्षेत्रका विज्ञहरुलाई पिस क्लब इन्टरनेसनल नेपाल नवलपरासीद्धारा सम्मान

नवलपरासी,२६ असोजनवलपरासी जिल्ला भित्रका बौद्ध स्थलहरुको अवलोकन भ्रमणमा आएका भारतिय विज्ञ टोलीलाई पिस क्लब इन्टरनेसनल नेपाल नवलपरासीले स्वागत गरेको छ । जिल्ला भित्र रहेका विभिन्न बुद्धसंग सम्बन्धि ऐतिहासिक तथा प्राचिन स्थानको अवलोकन पछि मंगलवार भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुपामा एक कार्यक्रमको आयोजना गरि टोलीलाई स्वागत तथा सम्मान गरिएकोे हो ।नेपाल सरकारको संघिय संसदको राष्ट्रिय सभा सदस्य साँसद रामलखन हरिजनको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न गरिएको क्बलका अध्यक्ष सम्भु उपाध्यायले जानकारी गराए । सो कार्यक्रममा भारतिय टोलीका सदस्यहरुले केही महिना भित्र क्लबको भारतमा पनि शाखा विस्तार गरि शान्ति अभियान सञ्चालन गरिने प्रतिवद्धता समेत जनाका थिए । उतm भ्रमण टोलीमा डा.भिमराव मेमोरियल बुद्ध विहार नयाँ दिल्लीका अध्यक्ष डा.टि.एम कुमार,बाबा जगजिवनराम कला सोसाईटी,नयाँदिल्लीका अध्यक्ष ...
सरावल गाउपालिकाको भगडा गाउको हसनी माई थान प्राचिन कुण्डिय नगर भएको घोषणा
समाचार, सरावल गाउँपालिका

सरावल गाउपालिकाको भगडा गाउको हसनी माई थान प्राचिन कुण्डिय नगर भएको घोषणा

नवलपरासी,१४ असोजजितिया पर्वको अवसर पारेर जिल्लाको सरावल गाउपालिका १ भगडा स्थित हसनी माई थान स्थललाई प्राचिन बौद्धकालिन कुण्डिय नगर भएको भनि घोषणा गरिएको छ । हसनी माता थान ब्यवस्थापन समितिको आयोजनामा जितिया पर्व मनाउदै बौद्धकालिन कुण्डिय नगर घोषणा गरिएको हो ।कुण्डिय वा कुण्डि प्राचिन कोलिय गणराज्यका विभिन्न १२ वटा नगर मध्ये एक प्रमुख नगर थियो । स्थानिय भाषामा पतजिव भनेर चिनिने पुत्रजिवि वा पुत्रन्जिवीको बगैचा स्थान रहेको यो प्राचिन कालमा जिवक बन भनेर पनि चिनिने गरिएको थियो । जहाँ भगवान बुद्धका चिकित्सक भिच्छु जिवक समेत आएका थिए । जिवक बन भएको क्षेत्र प्राचिन कालमा कुण्डिय नगर भनेर चिनिने गरेको थियो । जुन प्राचिन सज्जनेल नगरकी कोलियपुत्री तथा कोलिय गणराज्यकी एक मात्र भगवान बुद्धकी अग्रउपासिका सुप्पबासा बसेको स्थान देखी करिब दुई किलोमिटर दक्षिण पुर्वमा रहेको छ ।सुप्पबासालाई प्रसव बेदना लागे प...
सरावलको बासा गाउ प्राचिन कोलिय गणराज्यको प्रमुख नगर ‘सज्जनेल नगर’  घोषणा
समाचार, सरावल गाउँपालिका

सरावलको बासा गाउ प्राचिन कोलिय गणराज्यको प्रमुख नगर ‘सज्जनेल नगर’ घोषणा

नवलपरासी,४ असोजप्राचिन कोलिय गणराज्य अन्तरगतको प्रमुख नगर सज्जनेल नगर हाल सरावल गाउपालिका १ बासा गाउ भएको पहिचान गरिएको छ । सरावल गाउपालिका अध्यक्ष राधेश्याम चौधरीले प्राचिन सज्जनेल नगर बासा गाउ भएको भन्दै सोमवार बासा गाउनजिकै रहेको प्राचिन स्मारक स्थलमा बोर्ड राख्दै घोषणा गरेका हुन् ।उनका अनुसार बुद्धकालमा कोलिय गणराज्यकी बुद्धकी एक मात्र अग्रउपासिका स्थान प्राप्त गरेकी कोलियपुत्रि सुप्पबासाको नाममा बासा गाउ रहन गएको बताइएको थियो । कोलियपुत्री सुप्पबासालाई सात दिनसम्म प्रसव बेदना लागेको बेला भगवान बुद्ध नजिकैको कुण्डिय नगरमा आएका थिए । सुप्पबासाले आफ्नो पतिलाई त्यसको जानकारी दिन पठाए र भगवान बुद्धले पाठ गरे पछि सुप्पबासाले आफ्नो सिवली पुत्रको जन्म दिईन् । पछि एक साता भोजनदान गरि उत्सव मनाउन लगाएकी थिईन् । केही बर्ष पछि सरिपुत्त आएको बेला सिवली बाल्यकालमै दिक्षा लिएर भिच्छु बने र पछि उनी भ...
पृथ्वीचन्द्र अस्पतालमा डिजिटल रेडियोग्राफी(डिआर) एक्सरेले विरामी आकर्षित
रामग्राम नगरपालिका, समाचार

पृथ्वीचन्द्र अस्पतालमा डिजिटल रेडियोग्राफी(डिआर) एक्सरेले विरामी आकर्षित

नवलपरासी,२३ भदौजिल्ला पृथ्वीचन्द्र अस्पतालमा डिजिटल रेडियोग्राफी(डिआर) सिस्टमले एक्सरे हुन थाले पछि अस्पतालमा एक्सरे गराउने संख्यामा उल्लेख्य बृद्धि भएको छ । कम्प्युटर रेडियोग्राफी (सिआर) सिस्टरको स्थानमा डिआर सिस्टमले एक्सरे हुन थाले पछि एक्सरे गराउनेको संख्यामा उल्लेख्य वृद्धि भएको हो ।सिआर भन्दा डिआर सिस्टमको एक्सरे गुणस्तरिय र कम समयमा एक्सरे दिन सक्ने भएकोले अहिले एक्सरे गराउने संख्यामा वृद्धि भएको रेडियोग्राफर निरिक्षक राजकुमार यादवले जानकारी गराए । सिआर भन्दा कम समयमा डिआर सिस्टमले एक्सरे दिन सकिएकोले धेरै समय कुर्न नपर्ने भएको हुदा एक्सरे गराउन आउने संख्या बढेको उनले जनाए । आईतवार मात्रै ६३ जनाको डिआर सिस्टमले एक्सरे गरिएको हो,उनले भने, यो संख्या दिनहुँ बढदै गएको छ । दैनिक ४० भन्दा बढि नै डिआर सिस्टममा एक्सरे भई रहेको उनको भनाई थियो । बाहिर क्लिनिक भन्दा अस्पतालको एक्सरे गुणस्तरिय ...