सांस्कृतिक संरक्षणमा राज्य पक्षबाट लगानी हुन सकेको छैन: एमाले जिल्ला नेता यादव

नवलपरासी,
सामुदायिक स्तरबाट संस्कृति संरक्षण भए पनि राज्य पक्षबाट लगानी नभएको नेकपा एमालेका जिल्ला नेता धनपत यादवले बताएका छन् । एभरेष्ट युवा क्लबद्धारा रामग्राम १६ कुइयामा आयोजित थारु सांस्कृतिक तथा माघी महोत्सवको उदघाटन गर्दै सो कुरा बताएका हुन् ।
महोत्सवमा प्रमुख अतिथी रहेका यादवले घरदैलोमा सरकार आए पनि सो कुरा महशुस गर्न नपाएको बताए । जनताको नजिकको सरकार भनेको नगरपालिकाले समेत आदीबासी,जनजाती तथा पिछडिएको समुदायको सांस्कृतिक विकास तथा संरक्षणमा लगानी नगरेको आरोप लगाए । नगरप्रमुखले सन्तुलित तथा न्यायोचित लगानी गर्नु भन्दा पक्षपात पुर्ण तरिकाले काम गर्दै आएको हुदा समुदायमा सन्तुलित विकास हुन नसकेको स्मरण गराएका थिए । नजिकै वार्ड नं.१४ मा खिचडी महोत्सवमा एक लाख लगानी गरेको तर वार्ड नं.१६ मा एक रुपिया पनि नदिई पक्षपात गरेको गुनासो महोत्सवका आयोजकहरुले गरेका थिए ।
अगामी स्थानिय तहको निर्वाचनमा एमालेबाट नगरप्रमुखमा चुनाव लड्ने चर्चामा रहेका यादवले महोत्सव ब्यवस्थानमा यादवले रु.२१ हजार सहयोग गर्ने घोषणा गरेका थिए । उनले अगामी दिनमा थारु लगायत पिछडिएको बर्गको संस्कृति संरक्षणमा सरकारी लगानी हुने बताएका थिए । संस्कृति संरक्षणसंगै राज्यको निकायमा सबै बर्गको सहभागिता नभएसम्म सांस्कृतिक क्षेत्रमा पनि विभेद कायम रहने हुदा यस प्रति सक्रिय हुन उनले आग्रह गरेका थिए । कोलिय गणराज्यको राजधानी समेत रहेको पण्डितपुर क्षेत्र प्राचिन साँस्कृति क्षेत्र भएको हुदा यसलाई जोडेर संस्कृति तथा पर्यटन क्षेत्रको विकास हुनु पर्नेमा उनले जोड दिएका थिए ।
कार्यक्रममा थारु थरुहट संघर्ष समितिका जिल्ला अध्यक्ष ओम प्रकाश चौधरी,थारु महिला नेतृ शोभा चौधरी लगायतले महोत्सवमा शुभकामना दिएका थिए । क्लबकी अध्यक्ष दिपमाला चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा डेढ दर्जन थारु सांस्कृतिक टोलीले अ आफ्नो नृत्य तथा झाकी प्रर्दशन गरेका थिए ।

2 Comments

  • You actually make it seem really easy together with your presentation but I in finding this topic to
    be actually something which I think I would never understand.
    It sort of feels too complicated and extremely huge for me.
    I’m taking a look ahead to your next post, I’ll try to get the
    dangle of it!

Leave a Reply

Your email address will not be published. Required fields are marked *