सरावलको प्राचीन ‘ककरपत्त’ नगर राष्ट्रिय सम्पदामा सुचिकृत, पुरातत्व विभागले प्राचीन स्मारक भनि राख्यो सुचना बोर्ड
बेचु गौडनवलपरासी,१८ भदौजिल्लाको सरावल गाउपालिका २ जावा गाउ स्थित कोलवृक्ष बगैच क्षेत्रलाई लाई प्राचिन ककरपत्त नगर गाउपालिकाले घोषणा गरे पछि अहिले पुरातत्व विभागले राष्ट्रिय सम्पदामा सुचिकृत गरि सो स्थान संरक्षणका लागि बोर्ड राखेको छ । प्राचिन स्मारकको भएको र सो क्षेत्रको संरक्षणका लागि नेपाल सरकार पुरातत्व विभागले सो स्थानमा बोर्ड राखेको हो ।कोलवृक्ष बगैचा रहेको स्थानलाई संरक्षण गर्दै पर्यटकिय क्षेत्र बनाउने गाउपालिकाले अभियान चाल्दै बौद्ध इतिहासको खोज गराए पछि सो गाँउ प्राचिन कोलिय गणराज्य अन्तरगत पर्ने ककरपत्त नगर(निगम) भएको गत असोज पुर्णिमाको अवसरमा घोषणा गरेको थियो । घोषणा पश्चात गाउपालिकाले सो स्थानको संरक्षण,विकास र प्रवद्र्धनका लागि कोलवृक्ष पर्यटन विकास संस्था समेत गठन गरि काम गर्न थाले पछि अहिले सो स्थानमा पुरातत्व विभागले प्राचिन स्मारक भएको जनाउदै संरक्षणका लागि बोर्ड राखे पछि य...










