नवलपरासीमा वातावरण बचाउ अभियान गठन

नवलपरासी,३० पुस
जिल्लामा अहिले बढदो वातावरणीय प्रदुषण न्यनिकरण तथा ब्यवस्थापनका लागि संगठित रुपमा आवाज उठाउने र अभियान सञ्चालन गर्ने गरि वातावरण बचाउ अभियान गठन भएको छ । स्थानिय युवाहरुको भेलाले संगठित रुपमा आवाज उठाउदै वातावरण संरक्षणको क्षेत्रमा काम गर्ने उदेश्यले सो अभियान नामक सस्था गठन गरेको हो ।
अभियानको संयोजकमा रामग्राम ४ का स्थानिय युवा समाजसेवी राभवन यादव रहेका छन्,भने सचिवमा सुनवल १२ का हरि भण्डारी र कोषाध्यक्षमा पाल्हीनन्दन ४ का रामकरन हरिजनलाई जिम्मेवारी तोकिएको छ । पत्रकार,समाजसेवी अभियानकर्ताहरुको सहभागितामा वातावरण बचाउ अभियान गठन भई वातावरणलाई प्रदुषित बनाउने गतिविधिलाई रोक्नका लागि विभिन्न जनचेतना मुलक,दवाव मुलक अभियान चलाउने लक्ष्य रहेको अभियानका संयोजक यादवले बताए ।
उद्योग धन्दा बदढै जादा वातावरण माथि ठूलो आक्रमण भई रहेको छ,नियमन निकाय पनि दवाव र प्रभावमा मौन बस्ने गरेको देखिएको छ । कानुनको पालना गराउने निकाय पनि निस्कृय हुदा वातावरणीय प्रदुषण बढदै गएको बताउदै उनले संविधान र कानुनले हामीलाई स्वच्छ वातावरणमा बाच्न पाउने मौलिक हक प्रदा नगरेको छ,मौलिक हलको प्रत्याभुति गराउने राज्यको दायित्व पनि हो । तर राज्यका निकायहरु दायित्वबाट पन्छिने देखिएकोले दवावमुलक कार्यक्रम गर्दै वातावरण प्रति सबैलाई जवाफदेही बनाउनका लागि अभियानको प्रमुख कार्य हुने उनको भनाई थियो ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *