पृथ्वीचन्द्र अस्पतालमा डिजिटल रेडियोग्राफी(डिआर) एक्सरेले विरामी आकर्षित

नवलपरासी,२३ भदौ
जिल्ला पृथ्वीचन्द्र अस्पतालमा डिजिटल रेडियोग्राफी(डिआर) सिस्टमले एक्सरे हुन थाले पछि अस्पतालमा एक्सरे गराउने संख्यामा उल्लेख्य बृद्धि भएको छ । कम्प्युटर रेडियोग्राफी (सिआर) सिस्टरको स्थानमा डिआर सिस्टमले एक्सरे हुन थाले पछि एक्सरे गराउनेको संख्यामा उल्लेख्य वृद्धि भएको हो ।
सिआर भन्दा डिआर सिस्टमको एक्सरे गुणस्तरिय र कम समयमा एक्सरे दिन सक्ने भएकोले अहिले एक्सरे गराउने संख्यामा वृद्धि भएको रेडियोग्राफर निरिक्षक राजकुमार यादवले जानकारी गराए । सिआर भन्दा कम समयमा डिआर सिस्टमले एक्सरे दिन सकिएकोले धेरै समय कुर्न नपर्ने भएको हुदा एक्सरे गराउन आउने संख्या बढेको उनले जनाए । आईतवार मात्रै ६३ जनाको डिआर सिस्टमले एक्सरे गरिएको हो,उनले भने, यो संख्या दिनहुँ बढदै गएको छ । दैनिक ४० भन्दा बढि नै डिआर सिस्टममा एक्सरे भई रहेको उनको भनाई थियो । बाहिर क्लिनिक भन्दा अस्पतालको एक्सरे गुणस्तरिय भएको र ३ देखी ५ मिनेटमै एक्सरे पाउन थालेका छन् । डिआर सिस्टमले अस्पतालमा एक्सरे गराउनेको आकर्षण थपेको छ । डिआर सिस्टमको एक्सरेमा स सानो फ्याक्चर पनि प्रस्टै देखिन्छ, उनले थपे, जुन सिआर सिस्टममा हुदैन् । यसमा रेडिएसन पनि कम हुन्छ । सिआर सिस्टमको एक्सरेबाट डिआरमा कन्भर्ट गर्न पथ्र्यो,तर अहिले एक्सरे खिच्ने बित्तिकै डिआर सिस्टममै देखिन थाल्छ ।
डिआर सिस्टमले गरिएको एक्सरे यदि रिल कसैलाई आवश्यक छैन् भने सिधै चिकित्सकको कम्प्युटरमा पठाउन मिल्छ । यसले गर्दा सिआर भन्दा डिआर धेरै अत्याधुनिक मानिन्छ । अहिले डिआर सिस्टमको एक्सरे हुन थाले पछि अस्पतालमा सेवाग्राहीको चाँप पनि बढदै गएको अस्पताल विकास समितिका अध्यक्ष जगदिश चौधरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *