बौद्ध क्षेत्रका विज्ञहरुलाई पिस क्लब इन्टरनेसनल नेपाल नवलपरासीद्धारा सम्मान

नवलपरासी,२६ असोज
नवलपरासी जिल्ला भित्रका बौद्ध स्थलहरुको अवलोकन भ्रमणमा आएका भारतिय विज्ञ टोलीलाई पिस क्लब इन्टरनेसनल नेपाल नवलपरासीले स्वागत गरेको छ । जिल्ला भित्र रहेका विभिन्न बुद्धसंग सम्बन्धि ऐतिहासिक तथा प्राचिन स्थानको अवलोकन पछि मंगलवार भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुपामा एक कार्यक्रमको आयोजना गरि टोलीलाई स्वागत तथा सम्मान गरिएकोे हो ।
नेपाल सरकारको संघिय संसदको राष्ट्रिय सभा सदस्य साँसद रामलखन हरिजनको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न गरिएको क्बलका अध्यक्ष सम्भु उपाध्यायले जानकारी गराए । सो कार्यक्रममा भारतिय टोलीका सदस्यहरुले केही महिना भित्र क्लबको भारतमा पनि शाखा विस्तार गरि शान्ति अभियान सञ्चालन गरिने प्रतिवद्धता समेत जनाका थिए । उतm भ्रमण टोलीमा डा.भिमराव मेमोरियल बुद्ध विहार नयाँ दिल्लीका अध्यक्ष डा.टि.एम कुमार,बाबा जगजिवनराम कला सोसाईटी,नयाँदिल्लीका अध्यक्ष डा.एन.एस खोबा,अशोक कुमार,सुनिल माण्डवे,किर्ती पाटिल सुनार लगायतको टोली रहेको थियो ।
सिद्धार्थ गौतम गृहत्याग गरि कोलिय गणराज्यको अनोमा नदी(हालको गण्डकी) को सुस्ता स्थित ठाढीघाटमा पुगेका थिए । उतm स्थान भगवान बुद्धको महानिभिनिस्क्रमण स्थलको रुपमा बौद्ध साहित्यमा परिचित छ । जुन सस्ता गाउपालिकामा पर्दछ । सो स्थानको भ्रमण पछि सो विज्ञहरुले आफुहरुलाई खुशी र दुःख दुबै महशुस भएको ब्यतm गरेका थिए । खुशी यस कारण कि यस्तो बौद्धकालिन पवित्र भुमिमा पाईला टेक्न पाएको र दुःख यो कारण कि अहिलेसम्म नेपाल तथा अन्य देश विदेशमा प्रचार प्रसार गरि यहाँको विकास गरिएको छैन् ।
सिद्धार्थ गौतम जन्मको लुम्बिनी संसार भरि चिनिएको भए पनि बुद्धत्व प्राप्तीको प्रस्थानविन्दु अनोमा घाट र महापरिनिर्वाण पश्चात कोलियराजाद्धारा बनेको रामग्राम स्तुप,बुद्धको मावली कोलिय गणराज्यको राजधानी रामग्राम(पण्डितपुर),भगवानले अष्टागिँक मार्गको ब्याख्या गरेको सुनवल नगरपालिकामा रहेको तरगौली भनेर चिनिने प्राचिन उत्तरक नगर,कोलिय गणराज्यकी एक मात्र अग्रउपासिकाको उपाधि पाएकी सुप्पबासा,लाभी भन्ते भनेर चिनिएका सिवलीको जन्मस्थल भएको सज्जनेल नगर,भगवान बुद्ध सहित भिच्छुसंघ बास बसको कुण्डिय नगर,गामणी सेठसँग भेट गरेको प्राचिन सायुगा नगर,मित्त सुत्तको पाठ गरेको वर्दघाट नगरपालिकाको बुद्धमंगल ताल क्षेत्र प्राचिन हलिदबसन नगर एक महत्वपुर्ण बौद्ध स्थलको रुपमा रहेको छ । तर प्रचार प्रसार नहुदा ति स्थानहरु ओझेलमा परेको छ । ति स्थानहरुमा अध्यात्मिक अभ्यासका लागि विकास आवश्यक भएको ति कार्यक्रममा औल्याइएको थियो । यि क्षेत्रको विस्तृत जानकारी क्लबका महासचिव बेचु गौडले गराएका थिए भने यि क्षेत्रको विकासका लागि साँसद हरिजनले जिम्मेवारी बोध गरि अग्रसरता लिने बताएका थिए । यस क्षेत्रको विकासमा आफुहरुको पनि सहयोग रहने विज्ञ टोलीले प्रतिवद्धता जनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *