नवलपरासी,२९ असोज
बिपश्यना साधकहरुद्धारा प्राचिन कोलिय गणराज्य अन्तरगतको प्राचिन ककरपत्त नगर सरावल २ जावा स्थित निर्माण हुन लागेको विपश्यना ध्यान केन्द्र स्थलको अवलोकन गरिएको छ । रामग्राम विपश्यना ध्यान केन्द्र(धम्मगाम) ककरपत्त नगर जावा स्थित निर्माण हुने स्थानको स्थलगत अवलोकन गरिएको हो ।
रामग्राम स्तुपा क्षेत्रमा ध्यान केन्द्र बनाउने उदेश्य राखीएको भए पनि नगरपालिकाद्धारा जग्गा उपलब्ध हुन नसके पछि ध्यान केन्द्रको काम रोकिएको थियो । अहिले सरावल गाउपालिकाले उतm ध्यान केन्द्रका लागि जग्गा उपलब्ध गराए पछि सो क्षेत्रमा ध्यान केन्द्र बन्ने हुदा विपश्यवी साधकहरु सो क्षेत्रका अवलोकन गर्न पुगेको विपश्यना केन्द्रका ट्रष्टी सचिव सम्भु प्रसाद उपाध्यायले बताए । उनका अनुसार सो क्षेत्रको अवलोकन गर्न विपश्यनाको सहायक अचार्य समेत रहेका काठमाडौंका तुल बहादुर पुन,साधक विवेक डंगोल,निमा शेर्पा र बुटवल भुलवाडीका द्धारिका पँगेनी रहेका थिए ।
लुम्बिनी हुदै दाँग,कपिलबस्तु,पाल्पा हुदै नवलपरासीमा खुल्न लागेको विपश्यना केन्द्रको अवलोकन गरेका थिए । नेपालमा हालसम्म १८ वटा विपश्यना केन्द्र पुगेका छन् । केही निर्माणाधिन अवस्थामा छन् भने अधिकाँश सञ्चालनमा रहेका छन् । गत बर्ष सरावल गाउपालिका अध्यक्ष राधेश्याम चौधरी,प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेल लगायतको टोली लम्बिनी स्थित विपश्यना केन्द्रमा लिखित पत्र बुझाएर नगरपालिका भित्रको प्राचिन ककरपत्त नगर क्षेत्रमा विपश्यना सञ्चालनका लागि आग्रह गरेको थियो । विपश्यना केन्द्रका लािग करिब ३ विघा जग्गा उपलब्ध गराइएको ट्रष्टी उपाध्यायले जानकारी गराएका थिए ।
भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम ७ स्थित रामग्राम स्तुपा क्षेत्रमै पहिला ध्यान केन्द्र बनाउने योजना थियो, उनले भने, तर नगरपालिकाले चाँसो नलिदा सो जग्गा उपलब्ध हुन सकेन् । यता सोही ध्यान केन्द्र निर्माणका लागि सरावल गाउपालिकाले अग्रसरता देखाए पछि सरावलको ककरपत्त नगर क्षेत्रमा बनाउन थालिएको हो । ककरपत्त नगर पनि बौद्धकालिन पवित्र बौद्ध तिर्थ स्थल हो । उनले थपे , रामग्राममा भगवान गौतम बुद्धको अस्थि राखी स्तुप बनाइएको छ,तर ककरपत्तमा स्वम् भगवान बुद्ध पुगेर निगम प्रमुख कोलियपुत्र दिर्घजानुलाई गृहशुख सन्देशको देशना गरेको स्थान हो ।
निगम प्रमुख कोलियपुत्र दिर्घजानुले आफुहरु भिच्छु हुन सक्दैनौ गृहस्तहरु कसरी मुतिmको मार्गमा लाग्न सक्छन्,? कसरी शुखीपुर्वक जिवन जिउन सक्छन ? भनेर आग्रह गरे पछि भगवान बुद्धले गृह शुख सन्देश भनेर कुरा त्रिपिटकको अङ्गुत्तरनिकायको अट्ठकनिपातमा दीघजाणु सूत्रको उपदेश सुनाएको कुरा उल्लेख छ । गृहहस्तहरुको शुखका लागि इहलौकिक र पारलौकिक भनेर सुत्त सुनाएका थिए । जस्मा इहलौकिक शुखका लागि गृहस्तहरु (१) उट्ठानसम्पदा, (२) आरक्षासम्पदा (३) कल्याणमित्रता र (४) समानजीविका ।” को अभ्यास गर्नु पर्छ, भने पारलौकिक शुखका लागि (१) श्रद्धासम्पदा, (२) शीलसम्पदा, (३) त्यागसम्पदा र (४) प्रज्ञासम्पदा ।” को अभ्यास गर्नु पर्छ ।