सरावलको बासा गाउ प्राचिन कोलिय गणराज्यको प्रमुख नगर ‘सज्जनेल नगर’ घोषणा

नवलपरासी,४ असोज
प्राचिन कोलिय गणराज्य अन्तरगतको प्रमुख नगर सज्जनेल नगर हाल सरावल गाउपालिका १ बासा गाउ भएको पहिचान गरिएको छ । सरावल गाउपालिका अध्यक्ष राधेश्याम चौधरीले प्राचिन सज्जनेल नगर बासा गाउ भएको भन्दै सोमवार बासा गाउनजिकै रहेको प्राचिन स्मारक स्थलमा बोर्ड राख्दै घोषणा गरेका हुन् ।
उनका अनुसार बुद्धकालमा कोलिय गणराज्यकी बुद्धकी एक मात्र अग्रउपासिका स्थान प्राप्त गरेकी कोलियपुत्रि सुप्पबासाको नाममा बासा गाउ रहन गएको बताइएको थियो । कोलियपुत्री सुप्पबासालाई सात दिनसम्म प्रसव बेदना लागेको बेला भगवान बुद्ध नजिकैको कुण्डिय नगरमा आएका थिए । सुप्पबासाले आफ्नो पतिलाई त्यसको जानकारी दिन पठाए र भगवान बुद्धले पाठ गरे पछि सुप्पबासाले आफ्नो सिवली पुत्रको जन्म दिईन् । पछि एक साता भोजनदान गरि उत्सव मनाउन लगाएकी थिईन् । केही बर्ष पछि सरिपुत्त आएको बेला सिवली बाल्यकालमै दिक्षा लिएर भिच्छु बने र पछि उनी भिच्छुसंघमा महाथेरको उपाधी प्राप्त गरे । सिवली एक ऐश्वर्यवान भिच्छु भएको र अनिकाल,अभाव भएको स्थानमा भगवान बुद्धले उनलाई पठाउने गरेका थिए । उनी ति स्थानमा पुगे पछि अभाव अनिकाल हराएर जाने गथ्र्यो,त्यसैले उनलाई लाभी भन्ते भनेर भिच्छुसंघमा चिनिने गरेका थिए ।
सुप्पबासा र उनका छोरा सिवली जन्मेको तत्कालिन प्राचिन सज्जनेल नगर अहिले बासा भएको बौद्धकालिन ऐतिहासिक आधारहरु फेला परेकोले हामी बासा तथा सरावलबासी गौर्वान्वित भएका छौ,उनले भने, अब यस बासा क्षेत्रमा सुप्पबासा र सिवली जन्मेको स्थान भनेर चिनाउनका लागि पुरातात्विक खोज अनुसंधानका कार्य अगाडी बढाईन्छ । संसार भरि नै पहिचान बनाउन सक्ने भएकोले यो पर्यटकिय स्थल बन्नेमा हामी विश्वस्त छौ । यसै बर्ष देखी पुरातात्विक खोज तथा यस क्षेत्रको विकासका लागि बिस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार गराई काम गाउपािलकाद्धारा गरिने जानकारी गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी गराएका थिए । उनका अनुसार गृहस्तहरुका लागि भगवान बुद्धले सरावल २ स्थित ककरपत्त नगरमा गृहशुख सन्देश दिएको स्थानसंगै आर्को महत्वपुर्ण स्थान बासा भएकोले सरावल गाउपािलका सौभाग्यशाली बनेको छ । बुद्धसर्किटमा समावेश गरि यस स्थानको विकासका लागि काम गर्ने र यसमा स्थायिनबासीको सहयोग पनि उत्तिकै आवश्यक भएको बताएका थिए ।

1 Comment

  • Howdy! This is my first visit to your blog! We are a group of volunteers and starting a new project in a community in the same niche. Your blog provided us useful information to work on. You have done a outstanding job!

Leave a Reply

Your email address will not be published. Required fields are marked *