सरावल गाउपालिकाको भगडा गाउको हसनी माई थान प्राचिन कुण्डिय नगर भएको घोषणा

नवलपरासी,१४ असोज
जितिया पर्वको अवसर पारेर जिल्लाको सरावल गाउपालिका १ भगडा स्थित हसनी माई थान स्थललाई प्राचिन बौद्धकालिन कुण्डिय नगर भएको भनि घोषणा गरिएको छ । हसनी माता थान ब्यवस्थापन समितिको आयोजनामा जितिया पर्व मनाउदै बौद्धकालिन कुण्डिय नगर घोषणा गरिएको हो ।
कुण्डिय वा कुण्डि प्राचिन कोलिय गणराज्यका विभिन्न १२ वटा नगर मध्ये एक प्रमुख नगर थियो । स्थानिय भाषामा पतजिव भनेर चिनिने पुत्रजिवि वा पुत्रन्जिवीको बगैचा स्थान रहेको यो प्राचिन कालमा जिवक बन भनेर पनि चिनिने गरिएको थियो । जहाँ भगवान बुद्धका चिकित्सक भिच्छु जिवक समेत आएका थिए । जिवक बन भएको क्षेत्र प्राचिन कालमा कुण्डिय नगर भनेर चिनिने गरेको थियो । जुन प्राचिन सज्जनेल नगरकी कोलियपुत्री तथा कोलिय गणराज्यकी एक मात्र भगवान बुद्धकी अग्रउपासिका सुप्पबासा बसेको स्थान देखी करिब दुई किलोमिटर दक्षिण पुर्वमा रहेको छ ।
सुप्पबासालाई प्रसव बेदना लागे पछि उनले आफ्नो पतिलाई भगवान बुद्ध कहाँ गएर सो समस्या जानकारी गराउनु भनेर पठाए पछि सो बेला भगवान बुद्ध समेत यहि कुण्डिय नगरमा आएको बेला सुप्पबासाका पति भेटेका थिए । उनले सुप्पबासाको समस्या सुनाए पछि भगवान बुद्धले त्रिरत्नको पाठ गरेका थिए । सो पाठले सुप्पबासाले सिवली नामको पुत्र रत्न प्राप्त भएको थियो । पछि सिवली सानै उमेरमा सरिपुत्तबाट दिक्षा लिई भिच्छु भए उनले भगवान बुद्धबाट महाथेरको उपाधी प्राप्त गरेका थिए । बुद्धकालमा जुन गाउ नगरमा अनिकाल भोकमरी हुन्थ्यो त्यहाँ भगवान बुद्ध आफुसंग भगवान सिवली भिच्छुलाई लिएर जाने कि उनलाई भिच्छुसंघ सहित पठाउने गरेका थिए । सिवली पुगेर धर्मदेशना गरे पछि भोकमरी र अनिकाल हट्थ्यो,त्यो भएर उनलाई भिच्छुसंघमा लाभी भन्ते भनेर उपमा प्राप्त गरेका थिए ।
कुण्डिय नगरमा भगवान बुद्ध सहित भिच्छु आन्दन पनि भिच्छु संघ सहित आएर बास बसेको हुदा एक पवित्र बौद्ध तिर्थ स्थलको रुपमा विकास गर्नका लागि पनि यस क्षेत्रको प्राचिनता पत्ता लगाई प्राचिन नाम कुण्डिय नगर घोषणा गरिएको सरावल गाउपालिका अध्यक्ष राधेश्याम चौधरीले बताए । यो कुण्डिय नगरमा पुत्रन्जिवी वृक्षको बगैचा अहिलेसम्म छ । पुत्र नहुनेले यसको विधि मिलाएर सेवन गरे पुत्र प्राप्त हुने गरेको आयुर्वेदाचार्यहरुको भनाई उदृत गर्दै उनले भने, बैज्ञानिक आधारमा गर्भाधान हुदा एक्स क्रामोजोम र वाई क्रोमोजोम मिले मात्र बालक जन्मने हुदा यो पुत्रन्जिवीले एक्स क्रोमोजोम वृद्धि भएर पुत्र प्राप्ती हुने गर्छ । यो बनस्पतीको नाम पुत्रन्जिवी,पुत्रन्जिव,पतजिव आदी नामले चिनिन्छ । यस क्षेत्रको संरक्षण तथा प्रवद्र्धन गर्न गाउपालिका सहयोग गर्न तयार रहेको र स्थानियबासी पनि सक्रिय हुनु पर्ने गाउपालिकाकी उपाध्यक्ष उत्तमा रायले बताईन् । सरावलमा अहिले प्राचिन स्थलको खोजी कार्य भई रहेको छ,उनले भनिन्,सरावल गाउपालिका बौद्धकालिन सांस्कृतिक स्थल र सम्पदाले सम्पन्न देखिन थालेको छ । यसको ब्यवस्थापन,प्रचार प्रसार गरि देशी विदेशी पर्यटक ल्याउन सकिए स्थानियबासीले लाभ लिन सक्ने छन् ।
जितियाको पर्व पनि पुत्र लाभ र पुत्रको सरक्षार्थ महिलाहरु व्रत बस्ने गरेको छन्,उनले थपे, यो सन्दर्भ संगै भगवान बुद्धका चिकित्सक जिवक समेत यहाँ बास बसको हुदा यो बगैचा क्षेत्र पतजिवको बगैचा भन्ने गरिएको हो । सुप्पबासालाई पनि यहीबाट भगवान बुद्धले त्रिरत्न पाठ गर्दा पुत्रलाभ प्राप्त भएको हो । यसको प्रभाव वा सेवनले पुत्रलाभ हुने गर्दा यहाँबाट फर्किदा सबै खुशी भएर हास्दै फर्कने गरेकोले यहाँ आधुनिक कालमा हसनी माई भनेर पुजापाठ हुने गरेको छ । प्राचिन र आधुनिक कालको सन्दर्भ मिल्दै गरेकोले पनि यो स्थान धार्मिक तथा पर्यापर्यटनको रुपमा विकास गरिने गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । यसका लागि गाउपालिकाले योजनाबद्ध कामलाई अगाडी बढाउछ,उनले भने, यसमा स्थानियबासी र सरोकारवाला निकायको सहयोग हुन आवश्यक छ । कुण्डिय नगरको विस्ततृत जानकारी बौद्ध स्थल क्षेत्रमा अध्ययन गर्दै आएका पत्रकार बेचु गौडले गराएका थिए । सो कार्यक्रममा थारु साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *