नवलपरासीको परासीमा खुल्यो यातायात ब्यवस्थाको सेवा कार्यालय

नवलपरासी,१ फागुन
पश्चिमी नवलपरासीको रामग्राम ४ बैरिहवामा यातायात ब्यवस्था सेवा कार्यालयले आइतवार देखी औपचारिक रुपमा सेवा प्रारम्भ गरेको छ । लुम्बिनी प्रदेश सरकार श्रम,रोजगार तथा यातायात मन्त्री पुर्मती ढेगामगरले यातायात ब्यवस्था सेवा कार्यालयको उदघाटन गर्दै सेवा प्रारम्भ गरेकी हुन् ।
अहिलेसम्म नवलपरासीबासी यातायात ब्यवस्था सम्बन्धी सेवा बुटवल र भैरहवाबाट लिदै आएको तर आइतवार आफ्नै जिल्ला सदरमुकामबाट सेवा पाउन थाले पछि हर्सित भएका छन् । सेवा लिन जादा समान्य एउटा कागजात छु्ट्दा पनि छोडेर आउनु पर्ने बाध्यता,सेवा लिन टाढा जादा म्याद नागेर धेरै जसोले जरिवाना तिर्न पर्ने अवस्था रहेको थियो । सदरमुकाममा कार्यालय आए पछि जिल्लाबासीलाई धेरै नै राहत हुने बतmाहरुले बताएका थिए । अहिले सेवा कार्यालय शुरुवात भई चाडै नै आंशिक सेवा भएकोले पुर्ण सेवाका प्रदान गर्न माग समेत गरिएको थियो । तत्काल सेवा कार्यालयले सवारी साधनको बिलबुक नबिकरण,रुटपरिमट लगायतको सेवा प्रदान गर्नेछ । पछि कार्यालयको रुपमा स्थापित भई सवारी चालक अनुमतीपत्र(लाइसेन्स) पनि जारी गर्ने मन्त्री ढेगामगरले बताएकी थिईन् । बैरिहवा खानेपानी तथा सरसफाई उपभोतmा समितिको भवनमा सो कार्यालय स्थापना भएको छ । पछि नजिकै रहेको सार्वजनिक जग्गामा कार्यालय सहित सवारी चालक अनुमतीपत्रका लागि प्रयोगात्मक परिक्षा लिनका लागि पुर्वाधार बने पछि पुर्ण रुपमा सेवा सञ्चालनमा आउने मन्त्रालयका अधिकारीहरुले बताएका थिए ।
स्थानिय समाजसेवी सम्भु उपाध्यायको पहलमा सर्वदलिय बैठक बसी जिल्ला सदरमुकाममा कार्यालय स्थापनाका लागि गत असोज महिनामा मन्त्रालयमा अनुरोध गरिएको थियो । त्यसको अग्रसरता जनता समाजबादी पार्टी(जसपा)का जिल्ला अध्यक्ष धरेन्द्र यादवले लिएका थिए । मन्त्रालयमा कुराकानी चल्दा भवन प्राप्त भएमा यसै बर्ष कार्यालय खुल्न सक्ने जानकारी पाईए पछि सर्वदलिय बैठकले भवन उपलब्ध गराउन खानेपानी उपभोतmा संस्थाका अध्यक्ष रामकुण्डल यादवसँग पहल गरेको थियो । संस्थाका अध्यक्ष यादव भवन उपलब्ध गराउन समितिबाट निर्णय समेत उपलब्ध गराए पछि अहिले कार्यालय खुल्न सम्भव भएको उपाध्यायले जानकारी गराएका थिए । उनले सबै पक्षलाई कार्यालय स्थापना गराई जनतालाई आफ्नै जिल्लबाट सेवा शुरुवात गराउन सहयोग गरेकोमा धन्यावाद दिदै प्रदेश सरकार तथा यातायात मन्त्री प्रति आभाार ब्यतm गरेका थिए ।
मन्त्रालयका सचिव दिपकराज नेपालको अध्यक्षतामा भएको कार्यालयको उदघाटन समारोहमा पुर्वरक्षा राज्य मन्त्री रामबच्चन यादव,पुर्व स्थानिय विकास मन्त्री घनश्याम यादव,संविधान सभा सदस्य चिनक कुर्मीं,प्रदेश साँसद बैजनाथ जैसवाल,प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रा,एमालेका जिल्ला सहसचिव राजन अचार्य,नेपाली काँग्रेसका नेता विक्रम यादव,माओवादी केन्द्रका बुद्धन अली,जसपा जिल्ला अध्यक्ष धरेन्द्र यादव,पत्रकार बेचु गौड लगायतले शुभकामना मन्तब्य राखेका थिए । स्वागत रामग्राम ४ का वार्ड अध्यक्ष मदन यादवले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *