
नवलपरासी,१९ कातिक
स्थानिय संस्कृतिलाई मनोरन्जन मात्र नभई आयआर्जनको माध्यम बनाउन सक्ने नेकपा एमालेका जिल्ला नेता धनपत यादवले बताएका हुन् । रामग्राम नगरपालिका १८ बडगो बजार स्थित मनकामना युवा क्लबद्धारा आयोजित थारु सांस्कृति कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
थारु संस्कृति प्राचिन बौद्धकालिन संस्कृति हो,बौद्धकालिन महत्वपुर्ण स्थान पनि यही भएको तर राज्यले यसको पहिचान गर्न सकेको उनले बताए । कार्यक्रमको प्रमुख अतिथी समेत रहेका नेता यादवले अगामी दिनमा प्राचिन संस्कृति र प्राचिन स्थल जोडेर सांस्कृतिक पर्यटनको विकास गरि साँस्कृतिक कार्यक्रमलाई आमदनीको माध्यम बनाउन सकिन्छ, उनले भने, विश्वले मान्ने शान्तिका अग्रदुतको जन्म दिने आमा मायावतीको जन्म स्थल यहिँ गाँउ पण्डितपुरमा छ,जुन प्राचिन कोलिय गणराज्यको राजधानी रामग्राम भएको पुरातात्विक खोजले पत्ता लगाई सकेको छ । बौद्धकालिन थेरबाद समुदाय नै अहिलेको थारु समुदाय भएको हुदा थारु र बुद्ध एक आर्काेसँग सम्बन्धित भएको उनको भनाई थियो ।
प्रत्येक गाँउमा थारु संस्कृति अहिले पनि थारुले नै जगेर्ना गर्दै आएका छन्,यसमा राज्यको लागनी छैन्, उनले थपे, तर अगामी दिनमा यि गाँउलाई सांस्कृति गाउ बनाउदै रामग्राम नगरपालिकालाई सांस्कृतिक नगरपालिका बनाउन पहल थालिने छ । एमालेबाट अगामी दिनका सम्भावित मेयर उमेदवारको रुपमा चर्चा बनाएका नेता यादवले भने, यो नगरपालिकाको विकास कसरी गर्ने योजना हामीसँग छ । बेला आए पछि गरेर पनि दखाउने उनको दाबी थियो । देशी विदेशी पर्यटक तान्ने स्थान भए पनि स्थानिय तहबाट कुनै खासै कदम नचालिदा यो क्षेत्रमा ओझेलमा परेको छ । प्राचिन स्थल,संस्कृतिलाई जोड्न सके विकासको मुल त्यहीबाट खोल्न सकिने सम्भावना हुदा हुदै यसलाई ओझेल पारेर कस्तुरी खोज्ने मृतको जस्तो भएको उनको भनाई थियो ।
अन्तराष्ट्रिय पहिचान बोकेको यो क्षेत्रमा सरकारी वेवास्ताले सडक,पुर्वाधार,पर्यटन क्षेत्रको विकास हुन नसकेको स्थानिय समाजसेवी तथा बन्जरिया महिला बचत ऋण सहकारी संस्थाकी अध्यक्ष शोभा चौधरीले बताएकी थिईन् । सरकारले त वेवास्ता गर्दै आएको छ, उनले भनिन्,तर यस क्षेत्रको विकासका लागि स्थानिय सरकारको रुपमा रहेको नगरपालिकाले समेतले काम नगर्दा यो क्षेत्रको प्राचिन संस्कृति र प्राचिन स्थलको विकास हुन सकेको छैन् ।