समाचार

परासीमा सयपत्री मा वि सदरमुकामको कक्षा ११ मा विज्ञान र कानुन पढाउने भर्ना लिदै
रामग्राम नगरपालिका, समाचार

परासीमा सयपत्री मा वि सदरमुकामको कक्षा ११ मा विज्ञान र कानुन पढाउने भर्ना लिदै

नवलपरासी,११ साउनलामो समय देखी नवलपरासीको सदरमुकाम परासी बजारमा विज्ञान संकायको अभाव महशुस हुदै आएकोमा अहिले सयपत्री माविले उतm अभाव पुरा गर्ने भएको छ । यसै बर्ष देखी कक्षा ११ मा विज्ञान विषयको अध्ययन शुरु गरि सो अभाव पुरा गर्ने भएको हो । रामग्राम नगर शिक्षा समितिबाट विज्ञान विषयको पठन पाठनका लागि अनुमति पाएको छ । अनुमति पश्चात यसै बर्ष देखी कक्षा ११ मा विज्ञान विषय पढन चाहने विद्यार्थीको भर्ना लिने ब्यवस्थापन समितिका संयोजक श्याम कुमार बस्यालले एक कार्यक्रमको आयोजना गरि जानकारी गराएका हुन् । विज्ञानसँगै ब्यवस्थापन,शिक्षा र कानुन पढने विद्यार्थीका लागि पनि भर्ना लिने कार्य भईरहेको उनले बताए । कक्षा १० सम्म मात्र अध्ययन अध्यापन भई रहेको सयपत्री माविमा नयाँ टिमले चार वटै संकायमा पढने विषय थप गराएर कक्षा ११ मा भर्ना शुरु गरिएको उनको भनाई थियो ।अध्यापन गर्ने शिक्षकसँग अन्तरक्रिया गर्दै उ...
रामग्रामको औद्योगिक क्षेत्रमा औद्योगिक पार्क बनाउने अवधारणा
रामग्राम नगरपालिका, समाचार

रामग्रामको औद्योगिक क्षेत्रमा औद्योगिक पार्क बनाउने अवधारणा

नवलपरासी,१० साउनजिल्लाको सदरमुकाम परासी आसपासमा औद्योगिक विकास बढदै गईरहेकै बेला सोही क्षेत्रमा औद्योगिक पार्क निर्माण गर्नु पर्ने अवधारणा जिसस प्रमुख भगौती यादवले सारेका छन् । जिल्ला स्थित सम्पुर्ण उद्योगहरुको सुचनासँगै मनोरान्जनात्मक बनाउने पुर्वाधार विकास गरि औद्योगिक पार्क बनाउन सक्ने अवधारणा अगाडी सारेका हुन् । जिल्ला भित्र बहुराष्ट्रिय कम्पनीका विभिन्न उद्योगसँगै सय भन्दा बढि ठूला उद्योगहरु रहेका छन् । ति उद्योगका उत्पादन,रोजगारीको अवस्था,बजार ब्यवस्थापन आदीबारे एकै स्थलमा पुगेर सुचना लिन सक्ने गरि औद्योगिक पार्क प्रयोग गर्न सकिन्छ, उनले भने, त्यस्ता पार्क ब्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीका लागि पनि उपयोगी बन्न सक्ने छ । बढेलेखेका युवायुवतीलाई रोजगारीको सुचना समेत त्यहाबाट लिन सक्ने छन् । कुन उद्योगमा के कति कस्तो खालको जनशतिm आवश्यक पर्छ । त्यसको तालिम लिन सक्ने र प्रयो...
कपाल मुण्डन गरि अनोमाघाटमा मनाईयो महाभिनिष्क्रमण दिवस
समाचार, सुस्ता गाउँपालिका

कपाल मुण्डन गरि अनोमाघाटमा मनाईयो महाभिनिष्क्रमण दिवस

नवलपरासी,२९ असारअसार पुर्णिमाको अवसर पारेर भगवान गौतम बुद्ध गृहत्याग गरि महाभिनिष्क्रमण लिएको अनोमा घाटमा महाभिनिष्क्रमण दिवस मनाइएको छ । सिद्धार्थ गौतम असार पुर्णिमाको दिन गृह त्याग गरि कपाल मुण्डन गरेको जिल्लाको सुस्ता ५ स्थित अनोमाघाट(ठाढी घाट)मा स्थानियले कपाल मुण्डन गरि महाभिनिष्क्रमण दिवश मनाएका हुन् ।गाउपालिकाद्धारा आयोजित उतm कार्यक्रममा भिच्छुलाई भोजनदान गरिनुका साथै श्रद्धालुहरुले कपाल मुण्डन समेत गराएका थिए । सिद्धार्थ गौतम कपमल मुण्डन गरि सन्यास धारण गरेर यहिँ अनोमाघाटबाट अनोमा नदी(हालको गण्डकी) नदी तरेर बोधगया तर्फ प्रस्थान गरेको स्मरण गर्दै यस बर्ष देखी मुण्डन कार्यको शुभारम्भ गरिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी गराए । यो महाभिनिष्क्रमण स्थल अनोमाघाट सिद्धार्थ गौतमद्धारा राजनीति तथा गृहस्त जिवन त्याग गरि बोधीयात्रा शुरु गरेको प्रस्थान विन्द...
रामग्राम स्तुप क्षेत्र विकासका लागि रामग्राम नगरसभाद्धारा विकास समिति गठन गर्ने निर्णय
रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुप क्षेत्र विकासका लागि रामग्राम नगरसभाद्धारा विकास समिति गठन गर्ने निर्णय

नवलपरासी,१२ असाररामग्राम नगरपालिकाले भगवान गौतम बुद्धको अस्ति रहेको रामग्राम स्तुप क्षेत्र विकासका लागि रामग्राम विकास समिति गठन गर्ने निर्णय गरेको छ । नगरपालिकाको दशौ नगरसभाले सो निर्णय गरेको हो । नगरसभाको उतm निर्णयले नगरबासी उत्साही भएको रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास सस्थाका अध्यक्ष सम्भु उपाध्यायले जानकारी गराए । उनका अनुसार स्थानियबासले विगत एक दशक देखी रामग्राम स्तुप क्षेत्रको विकास तथा संरक्षण प्रवद्र्धनका लागि सरकारी स्तरबाट छुट्टै रामग्राम विकास समिति वा रामग्राम विकास कोषको गठन गर्न माग गर्दै आएका थियो । अहिले स्थानिय सरकारको रुपमा रहेको रामग्राम नगरपालिकाले उतm माग सम्बोधन गरेको छ, उनले भने, नगरप्रमुख धनपत यादव सहित नगरसभाका सबै जनप्रतिनिधि प्रति हार्दिक आभार ब्यतm गर्दछु । यसले स्थानियबासीमा उत्साह र हौसला थपेको छ । लुम्बिनी विकास कोषको अधिनमा रहेको उतm स्तुप क्षेत...
रामग्राम विकास समिति र कोष गठनका लागि रामग्राम नगरपालिकासँग माग
रामग्राम नगरपालिका, समाचार

रामग्राम विकास समिति र कोष गठनका लागि रामग्राम नगरपालिकासँग माग

मेयर धनपत यादवरामग्राम नगरपालिका अध्यक्ष सम्भु उपाध्यायरामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्था लुम्बिनी विकास कोषले काम नगर्दा धार्मिक,पुरातात्विक तथा ऐतिहासिक स्थल रामग्राम स्तुप क्षेत्र आझेलमा परेको जनाउदै नगरपालिकाले रामग्राम विकास समिति वा कोष बनाउनु पर्ने माग उठेको छ । स्थानिय सरकारको रुपमा रहेको रामग्राम नगरपालिकाले रामग्राम विकास समिति गठन गरि विकासका लागि कोष बनाउन सरोकारवालाले आग्रह गरेका हुन् ।भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुपाको विकासको बाधक लुम्बिनी विकास कोष रहेको छ । कोषको प्रभावमा नपरी नगरपालिकाले आफ्नो स्तरबाट कोष खडा गर्न आग्रह गरिएको रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाका अध्यक्ष सम्भु उपाध्यायले बताए । नगरपालिकाको पहिलाको मेयरसँग कुरा राख्दा राख्द केही भएन,उनले भने,अहिले निर्वाचित मेयर धनपत यादवसँग हामी आशाबादी छौ । यसबारे धे...
काम नगरी रकम फ्रिज गराउने कर्मचारीलाई कारवाहीको सिफारिस गरिनेः जिसस प्रमुख यादव
रामग्राम नगरपालिका, समाचार

काम नगरी रकम फ्रिज गराउने कर्मचारीलाई कारवाहीको सिफारिस गरिनेः जिसस प्रमुख यादव

नवलपरासी,८ असारजिल्ला समन्वय समिति(जिसस) नवलपरासीका प्रमुख भगौती यादव(रुदल)ले काम नगरी योजनाको रकम फ्रिज गराउने प्राविधिक कर्मचारीलाई विभागिय कारवाहीका लागि सिफारिस गरिने चेतावनी दिएका हुन् । लुम्बिनी प्रदेश सरकार अन्तरको सिचाई डिभिजन कार्यालयका डिभिजन प्रमुखलाई लक्षित गरि उनले सो कुरा बताएका हुन् । प्रदेश सरकारले परासी बजार डुबान रोक्न रु.१ करोड रकम विनियोजन गरिएको भए पनि काम गर्नमा विभिन्न बहानाबाजी गर्दै काम प्रति सकारात्मक नदेखिने कुशल गौतम र उनको प्राविधिक टिमलाई समन्वय प्रमुख यादवले सो चेतावनी दिएको थिए । गत बर्ष विच खोलाबाट नै बाँध लगाउदा खोलामा आएको बाढीको पानी खोलाले धान्न नसकेर बाँध भत्केको थियो । सो पानी परासी बजारलाई डुबान गरेको थियो । डुबानको अवलोकन प्रदेश सरकारका मुख्यमन्त्री लगायत मन्त्रीहरुले समेत अवलोकन गरेका थिए । नियन्त्रणका लागि बजेट समेत विनियोजन गरेका थिए । तर अहिले आ...
गण्डक बाँधमा नदि कटानको जोखिम रोक्न परक्युपाईन जडान
समाचार, सुस्ता गाउँपालिका

गण्डक बाँधमा नदि कटानको जोखिम रोक्न परक्युपाईन जडान

गण्डक बाँध अन्तरगत जोखिमा रहेको वि ग्याप बाँध जोगाउन भारतिय पक्षले परक्यु पाईन र जैविक तटबन्धन गर्न थालेको छ । बि ग्याप बाँधको पक्कि संरचना भत्किदै जादा त्यसको सरक्षण गर्न छाडेर भारतिय पक्षले झारो टार्ने गरि परक्यु पाईन हाल्न थालेको स्थानियबासीले बताएका हुन् । वि ग्याप बाँधका विच विचमा रहेका ठोकर(स्पर) हरु त्यसका नोज र फिगँरहरु समेत भत्कि सकेका छन् । बाँधको लम्बाई भत्किदै जादा गण्डक नदीको पानी बस्ति तिर नजाओस भनि बनेको बाँध नै जोखिममा छ । नदीको सतह समेत अग्लो हुदै गएका कारण थोरै पानीले पनि बाँध भत्किन सक्ने खत्तराको अनुमान स्थानियले गर्न थालेका छन् । अहिले ५ नम्बर स्पर देखी १२ नम्बर स्परसम्मको बाँध र स्पर दुबै खत्तरामा छन् । नदीले अहिले सुस्ताका खेती योग्न जमिन समेत कटान गर्दै आएको छ । रोकथामका लागि स्थानियले पटक पटक कुरा उठाउदै आए पनि नेपाल र भारत सरकार दुबै पक्ष गम्भिर नदेखिएको स्थानि...
सुनवलमा डेढ करोड बढि लगानीमा पशु सेवा केन्द्रको भवन
समाचार, सुनवल नगरपालिका

सुनवलमा डेढ करोड बढि लगानीमा पशु सेवा केन्द्रको भवन

जिल्लाको सुनवल नगरपालिकामा पशु सेवाका लागि पशु सेवा केन्द्रको भवन निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार कुषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तरगत नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले डेढ करोड बढि लगानीमा सेवा केन्द्र सञ्चालनका लागि भवन निर्माण गरिएको हो । पशु चिकित्सकको आवास सहितको अन्य आवश्यक पुर्वाधार सुनवल नगरपालिका वार्ड नं.२ मा निर्माण भएको सोही वार्डका वार्ड अध्यक्ष राजेन्द्र यादवले जानकारी गराए । उनका अनुसार यो भवन सुविधासम्पन्न भवन बनेको छ । तर अहिलेसम्म नगरपालिकाले सेवा सुचारु गर्न सकेको छैन् । यसबारे नगरपालिकाको पशु सेवा शाखामा कुरा भई रहेको उनले बताए । कुल १ करोड ५१ लाख ३ हजार २ सय ४८ रुपिया लागतमा २०७७ साल चैत्र १० गते सम्झौता भई २०७८ कातिक ६ गतेसम्ममा निर्माण सम्पन्न गर्ने म्याद रहेको थियो । भवनको निर्माण कार्य सम्पन्न भएको तर सो भवन अहिले निर्माण कम्पानीले हस्तानान...
एउटै कम्पाउण्डबाट आयुर्वेदिक चिकित्सा र एलोपैथी उपचार सेवा दिदै प्रतापुर गाउपालिकाको जगर्नाथपुर स्वास्थ्य केन्द्र
प्रतापपुर गाँउपालिका, समाचार

एउटै कम्पाउण्डबाट आयुर्वेदिक चिकित्सा र एलोपैथी उपचार सेवा दिदै प्रतापुर गाउपालिकाको जगर्नाथपुर स्वास्थ्य केन्द्र

जिल्लाको प्रतापुर गाउपालिका स्थित अस्पताल उन्मुख जगर्नाथपुर प्राथमिक स्वास्थ्य केन्द्रमा आयुर्वेद र एलोपैथी उपचार एउटै (कम्पाउण्ड)परिसरबाट शुरु गरिएको छ । गाउपालिका भित्र १५ सैया अस्पताल निर्माणको क्रममा बन्दै गरेको केन्द्रमा आयुर्वेदिक सहितको एलोपैथिक सेवाले स्थानियबासी लाभान्वित भएका हुन् । एउटै परिसरमा आयुर्वेदिक र एलोपैथिक सेवा दिने जिल्लाको पहिलो स्वास्थ्य केन्द्र भएको केन्द्रका सिनियर अहेव इन्द्र लामिछानेले जानकारी गराए । यसले आउने विरामीलाई सहज भएको छ,उनले भने,केन्द्र आउने विरामीले एकै स्थानमा टिकट काट्छन्,पहिला एलोपैथी सेवा तर्फ जान्छन्,दिर्घ रोगको लक्षण देखिए ति विरामीलाई चिकित्सकले आयुर्वेद विभागमा पनि देखाउनु भनि परामर्श दिने गरिएको छ । यसले विरामीलाई पनि सन्तुष्टि बढेको छ । यस्तो सेवा शुरु गरिए पनि प्रचार प्रसार नहुदा कतिपय विरामी अहिले पनि बाहिर क्लिनिकमा भौतारिन परेको महशु...
असार पुर्णिमाको अवसरमा सुस्ता स्थित अनोमाघाटमा भब्य तरिकाले महाभिनिष्क्रम्ण दिवस मनाईने
समाचार, सुस्ता गाउँपालिका

असार पुर्णिमाको अवसरमा सुस्ता स्थित अनोमाघाटमा भब्य तरिकाले महाभिनिष्क्रम्ण दिवस मनाईने

भगवान गौतम बुद्धको महाभिनिष्क्रमण स्थल अनोमा घाट(ठाढीघाट) मा असार पुर्णिमामा महाभिनिष्क्रमण दिवस मनाउने तयारी सुस्ता गाउपालिकाले थालेको छ । नेपालको बोधगयाको रुपमा धाम विकास गर्ने गरि लक्ष्य दिएको सुस्ता गाउपालिकाले अनोमाघाटको विकास र प्रचार प्रसार गर्ने उदेश्यले भब्य रुपमा महाभिनिष्क्रमण दिवस मनाउने तयारीमा जुटेको हो ।बौद्ध दर्शन अनुसार यो अनोमा घाट भगवान बुद्धको एक महत्वपुर्ण घटना स्थल भएकोले यसक्षेत्रलाई बुद्धधामको रुपमा विकास गर्ने कार्य गाउपालिकाले अगाडी सारेको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी गराए । गण्डक बाँध अन्तरगत नेपाल बाँधको स्पर नं.५ नजिकै रहेको पालिकाको गौरवको आयोजना भित्र अनोमाघाट समावेश गरी काम भई रहेको छ, अधिकृत पौडेलले भने, यस क्षेत्रको विकासका लागि गाउपािलकाले विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) समेत बनाउन लगाएको छ । एक चरणमा स्थानियबासी र स...