असार पुर्णिमाको अवसरमा सुस्ता स्थित अनोमाघाटमा भब्य तरिकाले महाभिनिष्क्रम्ण दिवस मनाईने

भगवान गौतम बुद्धको महाभिनिष्क्रमण स्थल अनोमा घाट(ठाढीघाट) मा असार पुर्णिमामा महाभिनिष्क्रमण दिवस मनाउने तयारी सुस्ता गाउपालिकाले थालेको छ । नेपालको बोधगयाको रुपमा धाम विकास गर्ने गरि लक्ष्य दिएको सुस्ता गाउपालिकाले अनोमाघाटको विकास र प्रचार प्रसार गर्ने उदेश्यले भब्य रुपमा महाभिनिष्क्रमण दिवस मनाउने तयारीमा जुटेको हो ।
बौद्ध दर्शन अनुसार यो अनोमा घाट भगवान बुद्धको एक महत्वपुर्ण घटना स्थल भएकोले यसक्षेत्रलाई बुद्धधामको रुपमा विकास गर्ने कार्य गाउपालिकाले अगाडी सारेको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी गराए । गण्डक बाँध अन्तरगत नेपाल बाँधको स्पर नं.५ नजिकै रहेको पालिकाको गौरवको आयोजना भित्र अनोमाघाट समावेश गरी काम भई रहेको छ, अधिकृत पौडेलले भने, यस क्षेत्रको विकासका लागि गाउपािलकाले विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) समेत बनाउन लगाएको छ । एक चरणमा स्थानियबासी र सरोकारवालासँग छलफल भई सकेको छ । असार ८ गते तिर डिपिआरको अन्तिम प्रस्तुती भएर पास हुने छ । त्यस पश्चात सो डिपिआर अनुसार काम अगाडी बढाईने छ । गाउपालिकालेको बजेटले मात्र नभ्याउने भएको हुदा त्यसका लागि संघिय सरकार र लुम्बिनी प्रदेश सरकारसँग पनि पहल गरिने छ। यो स्थान गाउपालिकाको मात्रै नभई राष्ट्रिय सम्पदा हुने छ । दातृ निकायले पनि चाँसो देखाएका छन् । यसले गर्दा अनोमा घाट भगवान बुद्धको महाभिनिष्क्रमण स्थलको रुपमा विकास हुनेमा हामी विश्वास लिएका छौ, अधिकृत पौडेलले थपे, यसलाई बोधगयाको रुपमा विकास गरेर विश्व सम्पदामा सुचिकृत गराउनु पर्छ ।


सिद्धार्थ गौतमले बोधीको खाजी गर्दै बुद्धत्व प्राप्त गरेको यदि बोधगाय अन्तिम स्थान हो,भने बोधी खोजीको पहिलो प्रस्थान विन्दु अनोमा घाट हो । किन भने अनोमा घाटसम्म आउदा सिद्धार्थ युवराज थिए । तर यहिँ अनोमा घाटमा उनले आफ्नो राजशी पोशाक त्याग गरे,कपाल मुण्डन गरे र सन्यास धारण गरि बोधीको खोजीमा लागेको महत्वपुर्ण स्थान हो । इसापुर्व ५ सय बर्ष पहिलाको प्राचिन कपिलबस्तु राज्यका युवराज सिद्धार्थ गौतम ज्ञानको खोजीमा असार पुर्णिमाको राती गृह त्याग गरि घरबाट निस्केर कोलिय गणराज्यको अन्तिम सिमा अनोमा नदी किनार यहिँ अनोमा घाटमा पुगेको थिए । कोलिय गणराज्यको अन्तिम सिमा पनि हो । अनोमा घाट र अनोमा नदी पुर्व मगधको अनिस्त भएको भुभागमा सिद्धार्थको राजशी घोडा कन्टक जान मानेन सो घाटमा घोडा ठढा भयो,त्यही बेला देखी स्थानिय स्तरमा ठाढी घाट भनेर चिन्ने गरिएको छ । सिद्धार्थका सारथी छन्ना सो घोडा लिएर कपिलबस्तु फर्केका थिए । सिद्धार्थ गौतम सन्यास धारण गरेर मगध राज्यको सिमामा प्रवेश गरेका थिए । उनले तत्कालिन मगध सम्राट बिम्बिसारसँग सन्यासीको भेषमा भेट भए पश्चात मगधमा पशु बलीको प्रथा पनि हटाउन लगाएका थिए ।


अनोमा घाट बुद्ध स्थलको रुपमा विकास गर्न सकिएमा संसारका बौद्धमार्गी एक पटक अनोमा घाटमा आएर मुण्डन गराउने छन् । भगवना प्रति श्रद्धा ब्यतm गर्ने छन् । त्यही भएर असार पुर्णिमामा मनाई महाभिनिष्क्रमणको दिन मुण्डन गर्ने प्रथाको पनि शुभारम्भ गरिने योजना प्रमुख प्रशासकिय अधिकृत पौडेलले जानकारी गराएका थिए । गत बर्ष पनि पिस क्लब इन्टरनेसनलको अयोजना र गाउपालिकाको सहयोगमा महाभिनिष्क्रमण दिवस समान्य रुपमा मनाइएको थियो । यस पटक ब्यापकता दिने योजना रहेको गाउपालिका अध्यक्ष टेक नारायण उपाध्यायले बताए । लुम्बिनी सिद्धार्थ गौतमको जन्म स्थल हो,तर अनोमा घाट सिद्धार्थ गौतमको सिद्धार्थबाट बुद्ध बन्ने प्रकृयाको प्रारम्भ विन्दु हो । यसले गर्दा यो अति नै पवित्र बुद्ध तिर्थ स्थलको रुपमा रहेको छ । अहिलेसम्म खोज नहुदा र स्थानि जनमानसमा यसबारे प्रचार प्रसार र जानकारी नभएका कारण ओझेलमा थियो । परम्पारगत रुपमा ठाढी घाटको मेला भनेर चिनिने भए पनि यसको प्राचिन महत्व अहिले मात्र खोजले पत्ता लाग्न थालेको छ । प्राचिन महत्व खोजले गाउपालिकालाई यसले उत्साही बनाएको उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *