परासीमा सयपत्री मा वि सदरमुकामको कक्षा ११ मा विज्ञान र कानुन पढाउने भर्ना लिदै

नवलपरासी,११ साउन
लामो समय देखी नवलपरासीको सदरमुकाम परासी बजारमा विज्ञान संकायको अभाव महशुस हुदै आएकोमा अहिले सयपत्री माविले उतm अभाव पुरा गर्ने भएको छ । यसै बर्ष देखी कक्षा ११ मा विज्ञान विषयको अध्ययन शुरु गरि सो अभाव पुरा गर्ने भएको हो ।


रामग्राम नगर शिक्षा समितिबाट विज्ञान विषयको पठन पाठनका लागि अनुमति पाएको छ । अनुमति पश्चात यसै बर्ष देखी कक्षा ११ मा विज्ञान विषय पढन चाहने विद्यार्थीको भर्ना लिने ब्यवस्थापन समितिका संयोजक श्याम कुमार बस्यालले एक कार्यक्रमको आयोजना गरि जानकारी गराएका हुन् । विज्ञानसँगै ब्यवस्थापन,शिक्षा र कानुन पढने विद्यार्थीका लागि पनि भर्ना लिने कार्य भईरहेको उनले बताए । कक्षा १० सम्म मात्र अध्ययन अध्यापन भई रहेको सयपत्री माविमा नयाँ टिमले चार वटै संकायमा पढने विषय थप गराएर कक्षा ११ मा भर्ना शुरु गरिएको उनको भनाई थियो ।
अध्यापन गर्ने शिक्षकसँग अन्तरक्रिया गर्दै उनले भने,सरकारले तोकेको मापदण्ड अनुसार विज्ञान विषयका लागि फिजिक्स,केमेष्ट्री,बायोलोजी,कम्प्युटर ल्याबको प्रबन्ध भई सकेको छ । त्यसै गरि भाषा ल्याबको पनि ब्यवस्थापन गरिएको छ,उनले भने, विज्ञान,प्रविधि,शिक्षा,कला र ब्यवस्थापन एककिृत रुपमा पढने गरि (स्टीम) शिक्षाको अभ्यास गराईने छ । दिल्लीकाम मुख्यमन्त्री केजरीवालले लागु गरेको हैपिनेस करिकुलम अनुसारको पढाई पनि अभ्यास गरादै अध्ययन गर्ने विद्यार्थीलाई कार्यमुलक काममा समेत लगाईने गरि योजना बनाएको उनको भनाई थियो । प्रयोगात्मक शिक्षालाई बढि महत्व दिदै अध्ययन गर्ने विद्यार्थीलाई बढि ब्यवहारिक बनाईने लक्ष्य अनुसार काम भईरहेको बताएका थिए ।

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *