Health Advertisement

काम नगरी रकम फ्रिज गराउने कर्मचारीलाई कारवाहीको सिफारिस गरिनेः जिसस प्रमुख यादव

नवलपरासी,८ असार
जिल्ला समन्वय समिति(जिसस) नवलपरासीका प्रमुख भगौती यादव(रुदल)ले काम नगरी योजनाको रकम फ्रिज गराउने प्राविधिक कर्मचारीलाई विभागिय कारवाहीका लागि सिफारिस गरिने चेतावनी दिएका हुन् । लुम्बिनी प्रदेश सरकार अन्तरको सिचाई डिभिजन कार्यालयका डिभिजन प्रमुखलाई लक्षित गरि उनले सो कुरा बताएका हुन् ।
प्रदेश सरकारले परासी बजार डुबान रोक्न रु.१ करोड रकम विनियोजन गरिएको भए पनि काम गर्नमा विभिन्न बहानाबाजी गर्दै काम प्रति सकारात्मक नदेखिने कुशल गौतम र उनको प्राविधिक टिमलाई समन्वय प्रमुख यादवले सो चेतावनी दिएको थिए । गत बर्ष विच खोलाबाट नै बाँध लगाउदा खोलामा आएको बाढीको पानी खोलाले धान्न नसकेर बाँध भत्केको थियो । सो पानी परासी बजारलाई डुबान गरेको थियो । डुबानको अवलोकन प्रदेश सरकारका मुख्यमन्त्री लगायत मन्त्रीहरुले समेत अवलोकन गरेका थिए । नियन्त्रणका लागि बजेट समेत विनियोजन गरेका थिए । तर अहिले आर्थिक बर्षको पहिलो साता विति सक्यो । डिभिजनले बाँध बनाउन चाँसो देखाएको छैन् । काम गर्ने उपभोतmा समिति र ठेकेदारले कार्यदेश माग्दा काम भ्याउन सक्नुहुन्छ भन्दै हतोत्साही बनाउने गरेका छन् । उता स्थानिय प्रशासन र जनप्रतिनिधिसँग कुरा गर्दा हामी लागेका छौ भन्दै आएका छन् । महिना दिन देखी यस्तो भई रहेको समन्वय प्रमुख यादवले भने, यदि काम भएन भने त्यसको जिम्मेवारी डिभिजन प्रमुखले लिनु पर्छ ।
बाँध बनाउने स्थानमा पुगेर डिभिजन इन्जिनियर गौतमलाई समेत उनले बाँध बनाउने स्थान देखाए । बाँधका लागि आवश्यक माटोको स्रोत पहिचान गराए । तर गौतमले त्यसरी काम गर्न नसकिने जनाउदै फरक स्थानमा बाँध बनाउने र माटो त्यही खाल्टो खनेर निकाल्ने भने पछि स्थानियबासी आक्रोसित बनेका थिए । रामग्राम नगरपालिका १ सण्डा र सहुटिकरको विचमा रहेको स्थानमा बाँध भत्केर परासी बजार डुबेको थियो,अर्बको क्षति भएको थियो, समन्वय प्रमुख यादवले भने,अहिले ति स्थानमा बैकल्पिक बाँध बनाउन भनिएको छ । सो बाँध पछि सडकमा पनि प्रयोग हुन सक्छ । एउटा बाँधको बिकल्पमा आर्को वि ग्याप बाँध बनाउनु पर्ने देखिएको छ । एउटा बाँध भत्किदा आर्को बाँधले पानी रोकोस,तर त्यो कुरा कार्यालयका प्राविधिकहरु बुझेर पनि बुझ पचाउदै आएका छन् ।
बुधवार खोलाको स्थलगत अध्ययन गर्न समन्वय प्रमुख यादव र प्रदेश साँसद बैजनाथ जैसवाल समेत पुगेका थिए । स्थानियबासी र सबैले बाँध बनाउने स्थान देखाउदा डिभिजन प्रमुखले त्यो हुन सक्दैन भन्दै हिडे पछि समन्वय प्रमुखले यदि काम भएन भन्ने उनलाई विभागिय कारवाहीका लागि समन्वय समितिले सिफारिस गर्छ । तर उनले प्रमुख जिल्ला अधिकारी र प्रदेश सरकारका अन्य अधिकारीहरुसँग कुरा राखिएको जनाउदै उनले भने,डिभिजन प्रमुखको दुई खालको भुमिका देखिएको छ, स्थानिय स्तरमा हुन नसक्ने भन्ने,उपभोतmा समिति र काम गर्ने ब्यवसायिसँग थोरै समयमा काम हुदैन,भुतmानी गर्न गाह्रो हुन्छ भन्ने तर जनप्रतिनिधि र स्थानिय प्रशासनसँग मुख मिलाउन आफुहरु प्रयासरत रहेको बताउने गरेको देखिएको छ । कुनै पनि हालतमा डिभिजनले काम गर्नु पर्छ,उनले थपे, होईन भने कारवाहीको भागिदार हुनु पर्छ । यो बेला नगरपालिकाले बाँध बनाउनका लागि माटो दिन तयार छ,स्थानिय प्रशासन पनि सहयोग गर्न तयार छ । तर त्यसमा डिभिजन प्रमुखले चाँसो लिएर काम गर्नु भन्दा आलटाल गर्ने र समय कटाउने दाउमा छन् ।
यदी त्यही बाँधको कारण फेरी बजारमा पानी पस्यो,डुबान गर्यो भने त्यसको क्षतिपुर्ति कस्ले तिर्ने यो कुरा पनि सरोकारवालाले हेक्का राख्नु पर्नेको भनाई थियो । गत बर्ष त्यही स्थानबाट खोला पसेर सदरमुकाम परासी बजारको ब्यवसायी मात्रै होईन,जिल्ला प्रशासन कार्यालय,प्रहरी कार्यालय,नेपाली सेनाको ब्यारेक,कृषि ज्ञान केन्द्र,विद्युत प्राािधकरणको वितरण केन्द्र र स्टेसन समेत डुबेर करोडौको क्षति पुर्याएको थियो । परासी डुबान रोक्न केही महिना देखी डुबानबाट परासी बचाउ अभियान पनि चलिरहेको छ । तर डिभिजन कार्यालयले काम गर्न चाहेको छैन् । यसको जिम्मेवारी कस्ले लिने ? स्थानियबासी सुरज यादवले प्रश्न गरे । बाँध निर्माणका लागि स्थानिय स्तरबाट सहयोग गर्न तयार रहेको सोही वार्डका वार्ड अध्यक्ष रुद्र प्रसाद उपाध्यायले बताए । यता बाँधको निर्माण कुनै पनि हालतमा गर्नु पर्ने प्रदेश साँसद जैसवालले बताएका छन् । त्यसका लागि आफुले प्रदेश सरकारका मन्त्रीसँग राख्ने र निकास निकाल्ने प्रतिवद्धता जानएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *