कपाल मुण्डन गरि अनोमाघाटमा मनाईयो महाभिनिष्क्रमण दिवस

नवलपरासी,२९ असार
असार पुर्णिमाको अवसर पारेर भगवान गौतम बुद्ध गृहत्याग गरि महाभिनिष्क्रमण लिएको अनोमा घाटमा महाभिनिष्क्रमण दिवस मनाइएको छ । सिद्धार्थ गौतम असार पुर्णिमाको दिन गृह त्याग गरि कपाल मुण्डन गरेको जिल्लाको सुस्ता ५ स्थित अनोमाघाट(ठाढी घाट)मा स्थानियले कपाल मुण्डन गरि महाभिनिष्क्रमण दिवश मनाएका हुन् ।
गाउपालिकाद्धारा आयोजित उतm कार्यक्रममा भिच्छुलाई भोजनदान गरिनुका साथै श्रद्धालुहरुले कपाल मुण्डन समेत गराएका थिए । सिद्धार्थ गौतम कपमल मुण्डन गरि सन्यास धारण गरेर यहिँ अनोमाघाटबाट अनोमा नदी(हालको गण्डकी) नदी तरेर बोधगया तर्फ प्रस्थान गरेको स्मरण गर्दै यस बर्ष देखी मुण्डन कार्यको शुभारम्भ गरिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी गराए । यो महाभिनिष्क्रमण स्थल अनोमाघाट सिद्धार्थ गौतमद्धारा राजनीति तथा गृहस्त जिवन त्याग गरि बोधीयात्रा शुरु गरेको प्रस्थान विन्दु पनि हो,अधिकृत पौडेलले भने,उनको सम्झनामा यो बर्ष देखी यहाँ केही श्रद्धालुले मुण्डन गरेर भगवान प्रति श्रद्धा जागृत गरेका हुन् । यो कार्य अब निरन्तर हुने छ । त्यसका लागि गाउपालिकाले विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार गरि काम गर्न अगाडी सरेको छ । बुद्धधाम विकासमा यस्ले ठूलो योगदान दिनेमा उनले विश्वास ब्यतm गरेका थिए ।


लामो समय देखी स्थानियहरुले ठाढीघाटको रुपमा यस स्थानलाई जाने पनि यसको ऐतिहासिकता अब पत्ता लागेको छ । योजनाबद्ध तरिकाले अब बुद्धधामको रुपमा विकास गरिदै लैजाने गाउपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले जानकारी गराए । आवश्यकता अनुसार यस स्थानमा विभिन्न कार्यक्रम गर्दै विश्व बौद्धसम्मेलनसम्मको तयारीमा गाउपालिका लाग्ने उनले प्रतिवद्धता समेत जनाएका थिए । सिद्धार्थ गौतम गृहत्याग गरेर कपिलबस्तुबाट आफ्नो घोडा कन्टक र सारथी छन्नासँगै कोलिय गणराज्यको पुर्वि अन्तिम सिमामा पुग्दा कन्टक घोडा ठढा भयो,किनकी अनोमा नदी पारी मगध राज्यको अधिनस्तता थियो ।
राजकिय घोडा भएको कारण घोडा आर्को राज्यको सिमामा प्रवेश गर्न नचाहेर ठढा भएको हुदा त्यही बेला देखी यो स्थानलाई स्थानियबासीले ठाढी घाटको रुपमा चिन्ने गरेका थिए । तर स्थानियबासीले ठाढीघाटको रुपमा धार्मिक स्थल हो भन्ने पनि ठाढीघाट नै किन भनिए होला भनेर जानकारी थिएन् । अहिले विभिन्न सोधखोज हुदै जादा ठाढीघाट नै प्राचिन अनोमाघाट भएको जहाँ सिद्धार्थ गौतमले मुण्डन गरि सन्यास धारण गरेर मगध राज्यको बोधगया तर्फ प्रस्थान गरेका थिए । सो स्थानबाट सारथी र घोडा फर्काई दिएका थिए । त्यो बेला सन्यासीलाई मगध राज्यमा कुनै किसिमको रोकतोक थिएन् । सिद्धार्थ गौतमको बोधी खोजीको यात्राको अन्तिम विन्दु बोधी प्राप्त भएको बोधगया हो भने बोधीको प्रस्थान विन्दु अनोमाघाट भएको हुदा नेपालको अहिले बोधगयाको रुपमा यसलाई विकास गरिनु पर्ने स्थानिय पत्रकार आरपि उपाध्यायको भनाई थियो ।
भगवान बुद्धको विभिन्न घटनाक्रम मध्ये यो पनि एक अति महत्वपुर्ण स्थान भएको हुदा यसको प्रचार प्रसार गर्दै विश्वका बौद्ध धर्मावलम्बी माझ चिनाउनु पर्ने आवश्यकता रहेको स्थानिय जितराम पंजियारले बताए । अहिले सिद्धार्थ गौतमको सम्झनामा स्थानिय श्रद्धालु भतmजन कपाल मुण्डन गरि नयाँ संस्कृतिको शुभारम्भ गरिएको छ, यसलाई निरन्तरता दिदै संसारका बुद्धप्रति श्रद्धा राख्ने भतmजनलाई एक पटक यो अनोमाघाटमा ल्याउनका लागि गाउपालिकाले पहल गर्नु पर्ने आवश्यकता रहेको उनले औल्याएका थिए । अनोमाघाटको वृहत विकासका लागि पिस क्बल इन्टरनेसनल नवलपरासीका महासचिव समेत रहेका पत्रकार बेचु गौडले १० पृष्टको कार्यपत्र समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा उपस्थित गाउपालिकाका स्थानियबासी सबैलाई अनापान ध्यान अभ्यास समेत गराइएको थियो ।

3 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *