करदाता सेवा कार्यालय परासीले संकलन गर्यो ८० करोड ८७ लाख राजश्व
नवलपरासी,१९ साउनकरदाता सेवा कार्यालय परासीले राजश्व संकलनका लागि लक्ष्य नजिक पुगेको छ । गत आर्थिक बर्ष देखी परासीमा राजश्व संकलन गर्ने उदेश्यले मात्रै खुलेको करदाता सेवा कार्यालयलाई तोकिएको लक्ष्य नजिक पुगेको कार्यालयको तथ्याँकले देखाएको हो ।कार्यालयको तथ्याँक अनुसार आर्थिक बर्ष २०७८÷०७९ मा कुल ८५ करोड राजश्व संकलन गर्ने लक्ष्य भएकोमा ८० करोड ४७ लाख संकलन भएको छ । जुन प्रतिसतमा ९४.६७ प्रगति भएको उल्लेख छ । राजश्वका विभिन्न शिर्षकमा संकलन भएको रकम मध्ये सबै भन्दा बढि मुल्य अभिवृद्धि कर (भ्याट) रकम संकलन भएको कार्यालय प्रमुख करअधिकृत विकल्प भट्टराईले बताए । जस्मा ३५ करोड ४८ लाख रकम उठाउने लक्ष्य भए पनि ३१ करोड १४ लाख अर्थात १२२.२४ प्रतिसत प्रगति देखिन्छ । त्यस बाहेक अन्य शिर्षकमा लक्ष्य भन्दा कम राजश्व संकलन देखिन्छ ।आयकरमा ४५ करोड ८९ लाख लक्ष्य भएको तर ४० करोड ९८ लाख प्रतिसतमा ८९.३ छ । बहाल...










