जिल्लाको सुनवल नगरपालिकामा पशु सेवाका लागि पशु सेवा केन्द्रको भवन निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार कुषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तरगत नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले डेढ करोड बढि लगानीमा सेवा केन्द्र सञ्चालनका लागि भवन निर्माण गरिएको हो ।
पशु चिकित्सकको आवास सहितको अन्य आवश्यक पुर्वाधार सुनवल नगरपालिका वार्ड नं.२ मा निर्माण भएको सोही वार्डका वार्ड अध्यक्ष राजेन्द्र यादवले जानकारी गराए । उनका अनुसार यो भवन सुविधासम्पन्न भवन बनेको छ । तर अहिलेसम्म नगरपालिकाले सेवा सुचारु गर्न सकेको छैन् । यसबारे नगरपालिकाको पशु सेवा शाखामा कुरा भई रहेको उनले बताए । कुल १ करोड ५१ लाख ३ हजार २ सय ४८ रुपिया लागतमा २०७७ साल चैत्र १० गते सम्झौता भई २०७८ कातिक ६ गतेसम्ममा निर्माण सम्पन्न गर्ने म्याद रहेको थियो । भवनको निर्माण कार्य सम्पन्न भएको तर सो भवन अहिले निर्माण कम्पानीले हस्तानान्तरण गरेको छैन्,वाड अध्यक्ष यादवले भने,एशियन बसन्त जेसि बुटवलले निर्माण गरेको हो । भवन हस्तानान्तरण भए पछि नगरपालिकाले पशु सेवा केन्द्र कसरी सञ्चालन गर्ने योजना बनाउछ ।
चाडै भवन हस्तानान्तरण भएको भए अहिले अगामी आर्थिक बर्षका लागि योजनाहरु बनिरहेको हुदा योजनामा समावेश गराउन सहज हुने थियो । तर अहिले पशु सेवा केन्द्र सञ्चालनका लागि के कति आवश्यक जनशतिm र सञ्चालन खर्च लाग्ने हो,त्यसबारे पशु सेवा शाखाले बनाएको छैन् । पशु सेवा केन्द्र सञ्चालन गर्नका लागि आफुले निरन्तर पहल गरिरहेको वार्ड अध्यक्ष यादवको भनाई छ । नगरपालिका भित्र अन्य पशुपंक्षि उपचारका लागि सेवा केन्द्र छैन्,उनले थपे,पशु विरामी परे जिल्ल सदरमुकाम परासी स्थित पशु अस्पतालमा सेवा लिन जानु पर्ने बाध्यता पशु पालक किसानलाई छ । पशु सेवा केन्द्र सञ्चालनमा ल्याउन सकिए सदरमुकाम धाउनु पर्ने बाध्यता हट्ने थियो ।