रामग्राम विकास समिति र कोष गठनका लागि रामग्राम नगरपालिकासँग माग

मेयर
धनपत यादव

रामग्राम नगरपालिका
अध्यक्ष
सम्भु उपाध्याय

रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्था

लुम्बिनी विकास कोषले काम नगर्दा धार्मिक,पुरातात्विक तथा ऐतिहासिक स्थल रामग्राम स्तुप क्षेत्र आझेलमा परेको जनाउदै नगरपालिकाले रामग्राम विकास समिति वा कोष बनाउनु पर्ने माग उठेको छ । स्थानिय सरकारको रुपमा रहेको रामग्राम नगरपालिकाले रामग्राम विकास समिति गठन गरि विकासका लागि कोष बनाउन सरोकारवालाले आग्रह गरेका हुन् ।
भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुपाको विकासको बाधक लुम्बिनी विकास कोष रहेको छ । कोषको प्रभावमा नपरी नगरपालिकाले आफ्नो स्तरबाट कोष खडा गर्न आग्रह गरिएको रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाका अध्यक्ष सम्भु उपाध्यायले बताए । नगरपालिकाको पहिलाको मेयरसँग कुरा राख्दा राख्द केही भएन,उनले भने,अहिले निर्वाचित मेयर धनपत यादवसँग हामी आशाबादी छौ । यसबारे धेरै पटक कुरा पनि भएको छ । मेयर यादवको निर्वाचनमा जारी प्रतिवद्धतापत्रमा समेत रामग्राम विकास कोष बनाउने कुरा उल्लेख छ । उल्लेखित कुरा पहिलै बर्ष देखी शुरु गर्दा अन्तिम बर्षसम्म केही देखिने काम हुन सक्थ्यो । त्यसबारे फेरी पनि मेयर यादवको ध्यानाकर्षण गराउछौ,उपाध्यायले थपे, कम्तीमा आफैले गरेको प्रतिवद्धता पुरा गर्नु पर्छ । अहिले रामग्राम स्तुपा क्षेत्रमा कोरियन र थाईलैण्डले अ आफ्नो विहार बनाई सकेका छन् । तर नेपालको तर्फबाट स्तुपा क्षेत्रमा आउने पर्यटकका लागि घाटपानीबाट जोगिने ओत पनि छैन् । अहिलेको नगरसभाले कसरी रामग्राम स्तुपालाई सम्बोधन गर्दैछ ? त्यो हेर्न बाकी नै रहेको उपाध्यायको भनाई थियो ।


रामग्राम नगरपालिकाले नगर सरकारको हैसियतले आफ्नै विकास समिति बनाएर कोष बनाउनु पर्ने जिल्ला समन्वय समिति (जिसस) प्रमुख भगौती यादव(रुदल)ले बताए । उनले रामग्राम विकास क्षेत्रमा एशियाली विकास बैंक(एडिबी)ले चाँसो देखाएको छ । ५० करोड भन्दा बढि एडिबिले लगानी गर्न सक्ने जानकारी गराएका कारण त्यसको अवसर नगरपालिकाले लिनु पर्ने उनको भनाई थियो । एडिबीका अधिकारीहरुसँगको भेटमा विश्व सम्पदाको पाईपलाईनमा रहेको रामग्राम स्तुपा क्षेत्रमा लगानी गर्न आफुले आग्रह गरेको बताए । त्यस प्रति एडिबीका अधिकारीहरु सकारात्मक देखिएका छन् । तर लगानी भने उनीहरु नगरपालिका मार्फत नै गर्न चाहन्छन् । त्यसका लागि रामग्राम नगरपालिकाले अवसरको रुपमा लिएर त्यस क्षेत्रको बिकासका लागि डिपिआर बनाउने,विकास समिति बनाई कोष खडा गर्ने र त्यही मार्फत एडिबीको सहयोग लिई काम गर्न सक्ने अवस्था हुन सक्ने देखिएको छ । त्यसका लागि नगरपालिकाले प्रारम्भिक कार्य नगरसभाबाट समिति र कोष खडा गरि काम अगाडी बढाउनु पर्छ । रामग्राम स्तुपा र प्राचिन कोलिय गणराज्यको राजधानी रामग्राम(पण्डितपुर) समेत एउटै नगरपालिकामा पर्ने हुदा दुबै स्थानलाई जोडेर विकास गर्नु पर्ने उनले औंल्याएका थिए । जिससबाट पनि हुने सहयोग हुन्छ,उनले भने,तर अग्रसरता नगरपालिकाले नै लिनु पर्छ । विकास समिति सम्बन्धी कार्यविधि ऐन बनाएर विज्ञ सहितको काम गर्ने समिति खडा गर्नु पर्छ ।
भगवान गौतम बुद्धले कुशिनगरमा महापरिनिर्वाण लिए पछि उनको अस्थि बाडेर स्तुप बनाउने कुरा उठेको थियो । जुन कुरा भगवान आफैले आफनो सेवक भिच्छु आनन्दसँग परिनिर्वाण लिए पनि अत्येष्टि पछि बचेको अस्थि राखेर स्तुप बनाउनु । त्यो कुरा आनन्दले अन्तेष्टि पछि उपस्थित विभिन्न राजाहरु समक्ष राखेका थिए । त्यस पश्चात तत्कालिन मगधका सम्राट अजातसत्रुले यो स्तुप आफु मगध राजधानी राजगिरमा लगेर स्तुपमा बनाउने प्रस्ताव राखेका थिए । तर सो प्रस्तावको ठाडो अस्वीकार गर्दै कुशिनाराका मल्ला राजाहरुले सो स्तुप कुशिनगरमै बन्ने कुरा अगाडी सारे । त्यस पछि बैशालीका लिच्छबीहरु,अलकप्पा क्षत्रिहरु,बेदपिठका ब्राह्मण,कपिलबस्तुका शाक्य राजा,रामग्रामका कोलियराजाहरुले स्तुप माथि अ आफ्नो दाबी गरे । तत्पश्चात अस्तिका लागि युद्ध हुने अवस्था देखिएको थियो । त्यो देखेर त्यहा उपस्थित द्रोण ऋणिले त्यसको उत्तम विकल्प निकाल्दै भने,भगवान बुद्धले अस्थि राखेर स्तुप भनेर निर्वाण लिनु भएको हो ।


एउटा मात्र स्तुप बनाउनु भनेका होईन्,त्यो भएर एउटा स्तुप बनाउनु भन्दा सबैले अस्थि बाडेर अ आफ्नो राज्यमा लगेर आठ वटा भब्य स्तुप बनाउदा राम्रो हुने सुझाव दिए पछि सबै राजाहरु सहमत भएरका थिए । त्यही अनुरुप आठ भागको एक भाग अस्ति पाएको कोलिय राजाहरुले सो अस्ति ल्याएर रामग्राम स्तुपको रुपमा बनाए । तर पछि मगधमा तत्कालिन सम्राट अशोकले सबै सबै स्तुपको उत्खनन गराई विश्व भरि ८४ हजार स्थानमा अस्ति वितरण गर्ने र स्तुप बनाउने अभियान चलाए । ७ वटा स्तुप खन्दै अन्तिम बेला रामग्राम स्तुप उत्खनन गराउन आए पछि स्तुपको पुजापाठ र संरक्षण गर्दै बसेका नागजातीले सो स्तुप नखन्न आग्रह गरे पछि उनीहरुको आग्रह मानेर सम्राट अशोकले रामग्राम स्तुप उत्खनन गराएनन,जुन अहिले सिगोँ भाग जस्ताको त्यस्तै छ । त्यो भएर पनि विश्व समुदायलाई अध्यात्मिक अभ्यासका लागि रामग्राम स्तुप महत्वपुर्ण रहेको छ । यस क्षेत्रको संरक्षण,बिकास र प्रचार प्रसार गरि विश्वको ध्यान तान्न सकिने स्थान भएको हुदा रामग्राम नगरपालिकाले रामग्राम विकास समिति र कोष बनाई सो क्षेत्रमा विश्व बौद्ध सम्मेलन आदी गरेर प्रचार प्रसारमा अग्रसरता लिनु पर्ने स्थानियबाट माग उठिरहेको छ । सो मागबारे मेयर धनपत यादव सकारात्मक रहेको विपश्यनाका सहायक अचार्य समेत रहेको रामप्रसाद पाण्डेले जानकारी गराए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *