जिल्लाको प्रतापुर गाउपालिका स्थित अस्पताल उन्मुख जगर्नाथपुर प्राथमिक स्वास्थ्य केन्द्रमा आयुर्वेद र एलोपैथी उपचार एउटै (कम्पाउण्ड)परिसरबाट शुरु गरिएको छ । गाउपालिका भित्र १५ सैया अस्पताल निर्माणको क्रममा बन्दै गरेको केन्द्रमा आयुर्वेदिक सहितको एलोपैथिक सेवाले स्थानियबासी लाभान्वित भएका हुन् ।
एउटै परिसरमा आयुर्वेदिक र एलोपैथिक सेवा दिने जिल्लाको पहिलो स्वास्थ्य केन्द्र भएको केन्द्रका सिनियर अहेव इन्द्र लामिछानेले जानकारी गराए । यसले आउने विरामीलाई सहज भएको छ,उनले भने,केन्द्र आउने विरामीले एकै स्थानमा टिकट काट्छन्,पहिला एलोपैथी सेवा तर्फ जान्छन्,दिर्घ रोगको लक्षण देखिए ति विरामीलाई चिकित्सकले आयुर्वेद विभागमा पनि देखाउनु भनि परामर्श दिने गरिएको छ । यसले विरामीलाई पनि सन्तुष्टि बढेको छ । यस्तो सेवा शुरु गरिए पनि प्रचार प्रसार नहुदा कतिपय विरामी अहिले पनि बाहिर क्लिनिकमा भौतारिन परेको महशुुस गरिएको छ । त्यसका लागि गाउपालिकाको स्वास्थ्य शाखाले योजना बनाई काम गर्नु पर्ने आवश्यकता उनले औल्याएका थिए ।
केन्द्रमा दैनिक बहिरगँ सेवा,२४ सै घण्टा प्रसुती सेवा,प्रयोगशाला(प्याथोलोजी) सेवा,एम्बुलेन्स सेवा,यु.एस.जी भिडियो एक्सरे,एक्सरे, शुरक्षित गर्भपन सेवा दिदै आएको छ । त्यसै गरि नियमित खोप सेवा,परिवार नियोजन सेवा र नियमित गर्भवती जाँच(एएनसि) जाँचहरु पनि हुने गरेको छ । मेडिकल दुई जना मेडिकल अधिकृत,नर्सिगँ स्टाफ सहितको स्वास्थ्यकर्मी स्वास्थ्य केन्द्रमा छन् । बार्षिक ८ हजार विरामीले सेवा लिदै आएको उनको भनाई थियो । तर पनि केन्द्रमा जनशतिm,उपकरणले विरामीको सेवा दिने क्षमता छ,तर प्रचार प्रसारको अभाव र अस्पताल सरहको सेवा केन्द्रले दिने गरेको सुचना जानकारी आम समुदायमा जान सकेको छैन् । त्यसले गर्दा पनि लक्ष्य अनुसारका विरामी अहिले अस्पतालमा नआई निजी क्लिनिकमा जाने गरेका छन् । अस्पताल जस्तै केन्द्रमा शशुल्क र निशुल्क फर्मेसी पनि सञ्चालनमा छ । यसले विरामीहरु आएर लाम लिन सक्ने छन् ।
आयुर्वेदिक तर्फ पनि आयुर्वेद चिकित्सक समेत रहेका छन् । स्वास्थ्य जाँचसँगै केही निशुल्क र सहुलिय मुल्यमा औषधी वितरण हुदै आएको छ । लुम्बिनी प्रदेश सरकारको पाइलट प्रोजेक्टको रुपमा स्वास्थ्य केन्द्रमा आयुर्वेदिक चिकित्सा सञ्चालन गरिएको उनको भनाई छ । यसले आउने विरामीलाई दुबै प्रकारको सेवा पाउने हुदा जान्ने विरामीहरु नियमित आउने गरेका छन् । प्रदेश सरकारकै १६ करोडको लगानीमा प्राथमिक अस्पताल भवन निर्माण कार्य समेत भई रहेको छ । अस्पताल भवन,पोष्टमार्टम ब्लक,चमेनागृह र गार्ड भवनका लागि विनियोजित बजेटको काम भई रहेको केन्द्रले जनाएको छ । भवन पुर्वाधार बन्ने वित्तिकै प्राथमिक स्वास्थ्य केन्द्र प्राथमिक अस्पतालमा परिणत हुनेछ ।
१६ करोड ९३ लाख २९ हजार ७ सय ९४ रुपिया लागतको उतm आयोजना नेपाल सरकार सशर्त अनुदान,प्रतापपुर गाउपालिकाले गर्दै आएको छ । सो आयोजनाको निर्माण कार्य लामा कन्ट्रक्सन कम्पनी प्रालि महराजगँज काठमाडौले ११ करोड २४ लाख १३ हजार ५ सय ५१ रुपियामा ठेक्का सकार गरि काम गरिरहेको केन्द्रले जानकारी गराएको छ । अस्पतालको भवन पुर्वाधार निर्माण भए पश्चात यसलाई अस्पतालको रुपमा सञ्चालन गरिने गाउपालिकाका अध्यक्ष उमेश यादवले जानकारी गराए । प्रतापपुर अस्पताल पुर्वि क्षेत्रका जनतालाई राहत पुर्याउनेमा गाउपालिकाले विश्वास लिएको छ । अस्पतालको रुपमा परिणत भए पनि यस क्षेत्रमा चिकित्सिय प्रशासनिक कार्यलाई समेत टेवा मिल्ने उनको भनाई रहेको छ ।