रामग्राम स्तुप क्षेत्र विकासका लागि रामग्राम नगरसभाद्धारा विकास समिति गठन गर्ने निर्णय

नवलपरासी,१२ असार
रामग्राम नगरपालिकाले भगवान गौतम बुद्धको अस्ति रहेको रामग्राम स्तुप क्षेत्र विकासका लागि रामग्राम विकास समिति गठन गर्ने निर्णय गरेको छ । नगरपालिकाको दशौ नगरसभाले सो निर्णय गरेको हो ।


नगरसभाको उतm निर्णयले नगरबासी उत्साही भएको रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास सस्थाका अध्यक्ष सम्भु उपाध्यायले जानकारी गराए । उनका अनुसार स्थानियबासले विगत एक दशक देखी रामग्राम स्तुप क्षेत्रको विकास तथा संरक्षण प्रवद्र्धनका लागि सरकारी स्तरबाट छुट्टै रामग्राम विकास समिति वा रामग्राम विकास कोषको गठन गर्न माग गर्दै आएका थियो । अहिले स्थानिय सरकारको रुपमा रहेको रामग्राम नगरपालिकाले उतm माग सम्बोधन गरेको छ, उनले भने, नगरप्रमुख धनपत यादव सहित नगरसभाका सबै जनप्रतिनिधि प्रति हार्दिक आभार ब्यतm गर्दछु । यसले स्थानियबासीमा उत्साह र हौसला थपेको छ । लुम्बिनी विकास कोषको अधिनमा रहेको उतm स्तुप क्षेत्रमा कोषद्धारा वेवास्ता हुदै आएको थियो । अब नगरपालिकाले आफै स्वामित्व लिएर सो क्षेत्रको विकास गर्नेमा आफु पुर्ण विश्वस्त रहेको जनाए ।


भगवान बुद्धको महापरिनिर्वाण पश्चात उनको अस्थि ल्याएर प्राचिन कोलिय राजाहरुले बनाएको स्तुप रामग्राम स्तुपसँग अब चार जना ब्यतिmत्वको इतिहास जोडिने छ । पहिलो भगवान बुद्धको अन्य स्तुप खनाउदै ८४ हजार स्थानमा स्तुप बनाउने क्रमा तत्कालिन मगध सम्राट अशोक मौर्य जस्ले स्तुप संरक्षण गर्दै बसेका नागबंशीको आग्रहमा यो आठौ स्तुप उत्खनन गरेनन् । दोश्रो अग्रेज विद्धान डा.डब्लु होय जो सन १८९८ मा यहिँ रामग्राम स्तुप भएको पत्ता लगाए । तेश्रो नेपालको पुरातत्व विद शुक्रसागर श्रेष्ठ जस्ले पहिलो पटक २०५९ सालमा स्तुपको उत्खनन गराएका थिए । अहिले चौथो ब्यतिmको रुपमा हालका रामग्राम नगरपालिकाका नगरप्रमुख त्यसको चौतर्फि बिकासका लागि रामग्राम विकास समिति गठन गर्ने र त्यसका लागि कोष बनाउने निर्णय गरेका छन् । रामग्रामको इतिहासमा यि चार ब्यतिmको नाम स्मरण रहने अध्यक्ष उपाध्यायले विश्वास ब्यतm गरे । यस्तो निर्णय ऐतिहासिक हुने रामग्राम क्षेत्रको प्रचार प्रसारका लागि विभिन्न लेख रचना र पुस्तक प्रकाशन गर्दै आएका डा.कौशलेन्द्र बहादुर श्रीवास्तवले बताए ।


लुम्बिनी विकास कोषले यस क्षेत्रको विकासमा वेवास्ता गरेको कुरा स्थानियबासीले रामग्राम स्तुपमा भ्रमण गर्न विभिन्न समयमा आउनु भएको राष्ट्रपति विद्या भण्डारी,उपराष्ट्रपति,प्रधानमन्त्री,पर्यटन मन्त्रलाई छुट्टै बिकास समिति बनाउन माग गर्दै आएका थिए । तर केन्द्रिय स्तरबाट कुनै पहल नभएको कारण स्थानियले रामग्राम नगरपालिकाले नै अग्रसरता लिएर विकास समिति बनाई काम गर्नु पर्ने माग राखेका थिए । अहिले नगरसभाले सर्वसम्मतले सो निणर्य पास गरेको छ,अब समिति र कोष गठनका लागि चाडै ऐन,नियमको तर्जुमा गरिने नगरप्रमुख यादवले बताए । ऐन र नियम बने पछि समिति गठन हुन्छ । समितिका लागि छुट्टै कोष स्थापना हुनेछ । समितिले पुरातत्व विभाग,युनेस्को,संघ सरकार,प्रदेश सरकार,अन्तराष्ट्रिय दातृनिकायसंँग समन्वय सहकार्य गरि काम अगाडी बढाउने छ । यो काम प्राथमिकतामा राखेर गरिने यादवले बताए । रामग्राम स्तुप हाम्रो गौरव हो, नगरउपप्रमुख सम्झना चौधरीले भनिन्,नगरको पहिचान नै रामग्राम स्तुपबाट रामग्राम बनेको छ । अन्य सरकारले काम नगरे पनि स्थानिय सरकारको रुपमा रहेको रामग्राम नगर सरकारले अग्रसरता लिएर काम गर्छ । संघ र प्रदेश सरकारसँग समन्वय गरेर अगाडी बढने उनले प्रतिवद्धता ब्यतm गरिन् ।


भगवान गौतम बुद्धले कुशिनगरमा महापरिनिर्वाण लिए पछि उनको अस्थि बाडेर स्तुप बनाउने कुरा उठेको थियो । जुन कुरा भगवान आफैले आफनो सेवक भिच्छु आनन्दसँग परिनिर्वाण लिए पनि अत्येष्टि पछि बचेको अस्थि राखेर स्तुप बनाउनु । त्यो कुरा आनन्दले अन्तेष्टि पछि उपस्थित विभिन्न राजाहरु समक्ष राखेका थिए । त्यस पश्चात तत्कालिन मगधका सम्राट अजातसत्रुले यो स्तुप आफु मगध राजधानी राजगिरमा लगेर स्तुपमा बनाउने प्रस्ताव राखेका थिए । तर सो प्रस्तावको ठाडो अस्वीकार गर्दै कुशिनाराका मल्ला राजाहरुले सो स्तुप कुशिनगरमै बन्ने कुरा अगाडी सारे । त्यस पछि बैशालीका लिच्छबीहरु,अलकप्पा क्षत्रिहरु,बेदपिठका ब्राह्मण,कपिलबस्तुका शाक्य राजा,रामग्रामका कोलियराजाहरुले स्तुप माथि अ आफ्नो दाबी गरे । तत्पश्चात अस्तिका लागि युद्ध हुने अवस्था देखिएको थियो । त्यो देखेर त्यहा उपस्थित द्रोण ऋणिले त्यसको उत्तम विकल्प निकाल्दै भने,भगवान बुद्धले अस्थि राखेर स्तुप भनेर निर्वाण लिनु भएको हो ।


एउटा मात्र स्तुप बनाउनु भनेका होईन्,त्यो भएर एउटा स्तुप बनाउनु भन्दा सबैले अस्थि बाडेर अ आफ्नो राज्यमा लगेर आठ वटा भब्य स्तुप बनाउदा राम्रो हुने सुझाव दिए पछि सबै राजाहरु सहमत भएरका थिए । त्यही अनुरुप आठ भागको एक भाग अस्ति पाएको कोलिय राजाहरुले सो अस्ति ल्याएर रामग्राम स्तुपको रुपमा बनाए । तर पछि मगधमा तत्कालिन सम्राट अशोकले सबै सबै स्तुपको उत्खनन गराई विश्व भरि ८४ हजार स्थानमा अस्ति वितरण गर्ने र स्तुप बनाउने अभियान चलाए । ७ वटा स्तुप खन्दै अन्तिम बेला रामग्राम स्तुप उत्खनन गराउन आए पछि स्तुपको पुजापाठ र संरक्षण गर्दै बसेका नागजातीले सो स्तुप नखन्न आग्रह गरे पछि उनीहरुको आग्रह मानेर सम्राट अशोकले रामग्राम स्तुप उत्खनन गराएनन,जुन अहिले सिगोँ भाग जस्ताको त्यस्तै छ । त्यो भएर पनि विश्व समुदायलाई अध्यात्मिक अभ्यासका लागि रामग्राम स्तुप महत्वपुर्ण रहेको छ ।

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *