समाचार

बासठ्ठी करोडको लागतमा बन्ने भयो परासी—पण्डितपुर सडक
रामग्राम नगरपालिका, समाचार

बासठ्ठी करोडको लागतमा बन्ने भयो परासी—पण्डितपुर सडक

रामग्रामको पुर्वाधार विकासमा दातृनिकायको आकर्षण बढ्दो नवलपरासी,३१ भदौजिल्लाको रामग्राम नगरपालिकामा अहिले विकास पुर्वाधारका लागि लगानीकर्ताको आकर्षण बढदै गएको छ । नगरप्रमुख धनपत यादवले नगरक्षेत्रको पुर्वाधार विकासका लागि लगानीकर्ता खोज्दै स्थान देखाउदै सहजीकरणमा लागे पश्चात लगानीकर्ताको आकर्षण बढेको हो ।लगानीकर्ता मध्येकै विश्व बैंकको टोलीले सर्वेक्षण थालेको छ । शुक्रवार विश्व बैकको अनुदानमा काम हुने गरि परासी सदरमुकाम देखी प्राचिन कोलिय गणराज्यको राजधानी समेत रहेको प्राचिन रामग्राम(पण्डितपुर) जोड्ने सडकको सर्वेक्षण कार्य शुभारम्भ भई सकेको छ । सोही आयोजना अन्तरगत रामग्राम ६,१०,१४,१५ र १८ वार्डको भुमिमा विस्तार हुदै गएको औद्योगिक क्षेत्रलाई पनि ब्यवस्थित गर्ने गरि योजना अगाडी सारिएको नगरपालिकाका इन्जिनियर सतिस गुप्ताले बताए । यसका लागि करिब ६२ करोड लगानी विश्व बैंकले गर्नेछ,उनले भने, विश्...
रामग्राममा विद्यार्थीद्धारा नाराबाजी र प्रदर्शन
रामग्राम नगरपालिका, समाचार

रामग्राममा विद्यार्थीद्धारा नाराबाजी र प्रदर्शन

नवलपरासी,२९ भदौ,नेपाल भरिका विद्यालयहरुमा बालबालिकाहरुले विभिन्न कार्यक्रम गरि राष्ट्रिय बाल दिवस मनाई रहदा रामग्राम नगरपालिकामा विद्यार्थीहरुले नाराबाजी र प्रदर्शन गरेका छन् । विद्यालयका प्रधानाध्यापक र शिक्षकको नगरपालिकाले सरुवा गरेको विरुद्ध विद्यार्थीले नाराबाजी गरेका हुन् । जिल्लाको पवन माविका बालिकाहरु प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनमा रहेका अधिकाँश बालबालिकालाई आफु के कस्का लागि आन्दोलन गर्न आएको भन्ने थाहा नभएको र साथीहरुले जानु पर्छ भनेर आएको भनि प्रतिकृया दिएका थिए । अधिकाँश विद्यार्थीले आफ्नो मागबारे अनभिज्ञता प्रकट गर्दा विद्यालयबाट सरुवा भएका शिक्षकहरुले उक्साएर विद्यार्थीलाई नगरपालिका विरुद्ध नाराबाजी गराएको आरोप नगरपालिकाका केही कर्मचारी र जनप्रतिनिधिहरुले लगाएका थिए । शिक्षकले पठन पाठन गर्नु गराउनु छाडेर आफ्ना बालबालिकालाई आफ्नो स्वार्थमा प्रयोग गरेको अभिभावकले हस...
शसस्त्र बन रक्षक नहुदा बन जोगाउन समस्या
रामग्राम नगरपालिका, समाचार

शसस्त्र बन रक्षक नहुदा बन जोगाउन समस्या

नवलपरासी,२९ भदौ,डिभिजन बन कार्यालय नवलपरासी अन्तरगत रहेका शसस्त्र बन रक्षकको पदपुर्ति नहुदा बन जोगाउन समस्या भएको छ । बन जंगल जोगाउने एउटा महत्वपुर्ण शुरक्षा निकाय शसस्त्र बन रक्षक दरबन्दी रितm हुदै जानु र सरकारले हालसम्म सो दरबन्दी पुरा नगर्दा डिभिजन कार्यालयलाई बन जोगाउनमा चुनौती थपेको हो ।बन संरक्षणका लागि साधारण कर्मचारीसँगै शसस्त्र बन रक्षक आवश्यक रहेको छ । तर सरकारले बन रक्षकहरुको पदपुर्ति नगर्दा बन संरक्षण कार्यमा चुनौती थपिएको डिभिजन बन कार्यालयका डिभिजन बन अधिकृत महेन्द्रराज बाग्लेले बताए । उनका अनुसार डिभिजन बन कार्यालयसँग १९ जना शसस्त्र बन रक्षकको दरबन्दी रहेको छ । जस्मा १६ जना शसस्त्र बन रक्षक सिपाही पदका छन् । ति मध्ये ११ जना बन रक्षकको रदबन्दी रितm छ । ५जना शसस्त्र बन रक्षक सिपाही छन् । बनजंगलमा रात्रि गस्ति गर्नु पर्छ,अधिकृत बाग्लेले भने, त्यसका लागि शसस्त्र बन रक्षकसँगै हुन...
सुस्ताको समस्या बुझ्दै नेपाली सेनाका जर्नेल
समाचार, सुस्ता गाउँपालिका

सुस्ताको समस्या बुझ्दै नेपाली सेनाका जर्नेल

नवलपरासी,२७ भदौपटक पटक भारतिय अतिक्रमणको चपेटामा पर्दै आएको जिल्लाको सुस्ता भुमिमा अहिले सरकारी सुविधा के कस्तो पुगेको बारे जानकारी नेपाली सेनाका जर्नेल नवराज गुरुगँले लिएका छन् । नेपाली भुमि संरक्षण गरि बस्दै आएका सुस्ताबासीको समस्या बेला बेला उठ्ने गरेको र त्यसमा के कति ? सेवा सुविधा पुगेको बारे चाँसो लिएर गाउपालिका अध्यक्ष टेकनारायण उपाध्यायसँग जानकारी लिएका हुन् ।केही बर्ष देखी सुस्ताको विवादित भुमि यथास्थितीमा रहेको र नेपालीहरु बसोबास गर्दै आएको सुस्ता क्षेत्रमा सरकारको तर्फबाट सौर्य उर्जा मार्फत विद्युत सेवा,बाटो घाटोको समेत निर्माण गरिने कार्य भई रहेको अध्यक्ष उपाध्यायले जनाएका थिए । सुस्ताको अतिक्रमित भुमि समेत उनले देखाउदै भने,अतिक्रमणको चपेटाबाट सुस्ताबासी जोगिएका छन्,तर समस्याबाट अझै मुतm हुन सकेका छैनन् । जर्नेल गुरुगँसँगै परासी स्थित गोरखदल गणका कर्नेल ज्ञानकाजी श्रेष्ठले समेत...
बर्दघाट नगरपालिकामा पुर्वाधार बनाउनुपुर्व नक्सापास गराउन पत्राचार
बर्दघाट नगरपालिका, समाचार

बर्दघाट नगरपालिकामा पुर्वाधार बनाउनुपुर्व नक्सापास गराउन पत्राचार

नवलपरासी,२७ भदौ, जिल्लाको बर्दघाट नगरपालिकाले नगरक्षेत्र भित्र कुनै किसिमको पुर्वाधार बनाउनु पुर्व नक्सापास गराउन पत्राचार गरेको छ । नगरपालिकाले प्रत्येक वार्ड कार्यालयमा पत्रारचार गरि नक्सापास विनाको संरचना बनाउन नदिनका लागि परिपत्र गरेको हो ।कार्यापालिको भदौ १३ गते बसेको बैठकले गरेको निर्णय अनुसार प्रमुश प्रशासकिय अधिकृत कृष्ण प्रसार सापकोटाले नगरपालिकाका सबै वार्ड कार्यालयलाई परिपत्र गर्दै ति निर्णयलाई कायान्वयन गर्न जनाएको छ । पत्रमा नक्सापास नगरी घर निर्माण गर्ने कार्य निरुत्साहित गर्नका लागि तत्काल ६ बुदे कार्यक्रम गर्न पनि उल्लेख छ । जस्मा वार्ड कार्यालयले सुचना जारी गरी नक्सा पास गरेर मात्र घर बनाउनका लागि प्रेरित गर्ने,नगरपालिकाले जिगँल,माईकिँग,रेडियो टि भि लगायतका संचार माध्यमबाट प्रचार प्रसार गर्ने,सबै जनप्रतिनिधि तथा कर्मचारीहरुले अ आफ्नो टोल छिमेकमा अनुमति नलिई निर्माण गर्न ला...
प्रतापपुर गाउपालिकामा बार्षिक ३८ करोड रेमिटान्स भित्रिदै
प्रतापपुर गाँउपालिका, समाचार

प्रतापपुर गाउपालिकामा बार्षिक ३८ करोड रेमिटान्स भित्रिदै

नवलपरासी,२३ भदौजिल्लाको प्रतापपुर गाउपालिकाबाट विदेशिएका नेपालीबाट गाउपालिका भित्र बार्षिक ३८ करोड रेमिटान्स भित्रिने गरेको छ । बैदेशिक रोजगारीको क्रममा विदेशिएका युवाहरुले आर्जन गरेर रेमिटान्सको रुपमा सो रकम पठाउने गरेका हुन् ।रेमिटान्सले अर्थतन्त्रमा बजार सन्तुलन मिलाउदै आउने क्रममा प्रतापपुरबाट विदेशिएका नेपाली युवाले सो रकम गाउपालिका भित्र पठाउने गरेको गाउपालिका अध्यक्ष उमेशचन्द्र यादवले बताए । स्वदेशमा रोजगारी समस्या हल गर्न नसक्दा स्थानिय युवा विदेशिने गरेका छन्,उनले भने, गाउपालिका भित्र करोड रकम भित्रिने गरिएको भए पनि दिगो विकासलाई त्यसले सहयोग नपुर्याउने हुदा फर्कने युवालाई स्वदेशमै रोजगारी ब्यवस्था मिलाउनका लागि गाउपालिकाले रणनीतिक तयारीमा लागेको बताए । गाउ घरमै रोजगार र स्वरोजगारीको अवस्था सृजना गर्नका लागि बनाउने रणनीतिको क्रममा गाउपालिका भित्र सर्वेक्षण गर्दा ३ हजार १ सय विदेशि...
आन्तरिक पर्यटकले भरिभराउ बन्दै रामग्राम स्तुप क्षेत्र
रामग्राम नगरपालिका, समाचार

आन्तरिक पर्यटकले भरिभराउ बन्दै रामग्राम स्तुप क्षेत्र

नवलपरासी,२३ भदौ,जिल्लाको रामग्राम नगरपालिका स्थित भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुपा क्षेत्रमा आन्तरिक पर्यटकले अहिले भरिभराउ हुने गरेको छ । आवश्यक पुर्वाधार नभए पनि रामग्राम नगरपालिका लगायत जिल्लाका अन्य पालिकाबाट पनि युवा युवतीहरु रामग्राम स्तुपमा आउदा भरिभराउ हुने गरेको हो ।रामग्राम स्तुपा आउनेमा अधिकाँस किसोरकिसोरीहरु टिकटक बनाउने कार्य गरेको भए पनि स्तुपाको ऐतिहासिहक खोजमा समेत जिज्ञासा राख्ने गरेका छन् । केहीले आफुले पाएको समान्य जानकारीलाई नै बोलेर टिकटक भिडियो बनाउने गरेका छन् । स्तुप क्षेत्रको प्रवद्र्धन जानी नजानी भईरहेको स्थानियबासीले बताएका छन् । समुहगत र ब्यतिगत रुपमा आन्तरिक पर्यटक रामग्राम स्तुपमा आउने र एक छिन बगैचामा बसेर शान्ति र आनन्दको अनुभति गरि फर्कने गरेका छन् । उनका अनुसार स्थानिय भानु प्रताप सिँहले भने,विगत भन्दा अहिले धेरैको भ्रमणको रोजाई रामग्राम स...
नगरबासीलाई सहज न्यायको अनुभुति गराउन न्यायिक कार्य वार्ड स्तरमा पुर्याउदै सुनवल नगरपालिका
समाचार, सुनवल नगरपालिका

नगरबासीलाई सहज न्यायको अनुभुति गराउन न्यायिक कार्य वार्ड स्तरमा पुर्याउदै सुनवल नगरपालिका

नवलपरासी,२३ भदौजिल्लाको सुनवल नगरपालिकाले नगरबासीलाई न्यायको अनुभुति गराउन न्यायिक कार्यलाई गाउ स्तरसम्म पुर्याउने भएको छ । न्यायिक समितिमा फैसला नै गर्नु पर्ने बाहेकका मुद्दा(विवाद)लाई वार्ड स्तरमै छलफल गराई निरुपण गर्ने योजना अनुसार सो योजना ल्याएको हो ।ठूलो क्षेत्रफल भएको सुनवल नगरपालिकामा नै विवाद मिलाउन आउनु पर्ने बाध्यतालाई हटाउने उदेश्यले न्याय निरुपण कार्यलाई वार्ड केन्द्रित बनाउन खोजिएको न्यायिक समितिका संयोजक समेत रहेका नगरपालिकाका उपप्रमुख(उपमेयर) सुर्य दुबेले जानकारी गराए । न्यायिक समितिले सबै विवादमा फैसला गर्दैन्,उनले भने, विवादमा फैसाला गर्नु अन्तिम विकल्प मात्र हो । त्यसमा पनि सबै विवादलाई न्यायिक इजलासमा लगेर फैसला गर्न मिल्दैन् । त्यो भएर पनि दुबै पक्षलाई जित जितको अवस्थामा पुर्याउने मेलमिलाप कार्य नै हो । त्यही कामका लागि झगडिया सधै पालिकाको कार्यालय धाउनु पर्ने बाध्यता ...
रामग्राम नगरपालिकाले मेगा, ज्योती र सनराईज बैंकसँग गर्यो समाजिक शुरक्षा वितरणको सम्झौता
रामग्राम नगरपालिका, समाचार

रामग्राम नगरपालिकाले मेगा, ज्योती र सनराईज बैंकसँग गर्यो समाजिक शुरक्षा वितरणको सम्झौता

नवलपरासी,२१ भदौजिल्लाको रामग्राम नगरपालिकाले समाजिक शुरक्षा भत्ता वितरण वार्ड वार्डबाटै गर्ने योजनालाई सहयोग गर्ने तिन वटा बैंकसँग सम्झौता गरेको छ । सहयोग नगर्ने बैंकसँगको सम्झौता रद्द गरि सो सहयोग गर्ने तिन वटा बैंकलाई वार्ड विभाजन गरि जिम्मेवारी दिएर सम्झौता गरेको हो ।सम्झौता गर्ने बैंक मध्ये मेगा बैंक लिमिटेड परासी शाखा,ज्योति विकास बैंक लिमिटेड परासी शाखा र सनराईज बैंक परासी शाखासँग सम्झौता भएको नगरपालिकाले जनाएको छ । केही दिन अगाडी नगरपालिकाले सदरमुकाम परासीमा रहेका विभिन्न बैंकहरुसँग वार्ड वार्डमा गएर समाजिक शुरक्षा भत्ता वितरणको ब्यवस्था मिलाउन आग्रह गरेको थियो । त्यो बेला समाजिक सुरक्षा भत्ता पाउने जेष्ठनागरिक,अपाँग,दलित,लोपोन्मुख,अल्पसंँख्यक,विधवा,एकल महिलाहरुको विभिन्न बैंकहरुमा खाता खोली बैंक मार्फत भुतmानी हुदै आएको थियो । ति बैंकहरुले परासी स्थित शाखामै उपस्थित गराएर रकम भुतmा...
सुस्ता स्थित अनोमाघाटको नेपाली सेनाका जर्नेल र विपश्यनाचार्यद्धारा अध्ययन अवलोकन
समाचार, सुस्ता गाउँपालिका

सुस्ता स्थित अनोमाघाटको नेपाली सेनाका जर्नेल र विपश्यनाचार्यद्धारा अध्ययन अवलोकन

नवलपरासी,२१ भदौजिल्लाको सुस्ता गाउपालिका स्थित धार्मिक तथा पर्यटकिय स्थल अनोमा घाटको नेपाली सेनाका जर्नेल सहित विपश्यनाचार्यले स्थलगत अवलोकन गरेका छन् । सुस्ता ५स्थित स्थानिय स्तरमा ठाढीघाट भनेर चिनिने उतm अनोमा घाटको संरक्षण विकासका लागि के कस्ता सम्भावना र अवसरहरु छन्भनेर बुझ्ने कार्य समेत गरेका हुन् ।सिद्धार्थ गौतमले गृहत्याग असार पुर्णिमाको राती गरि अनोमा नदी(हालको गण्डक नदी) किनारमा पुगे पछि उनी चढेको घोडा कन्टक ठढा भएको थियो । त्यिही बेला देखी सो क्षेत्र एक धार्मिक रुपमा ठाढी घाट भनेर चिनिदै आएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले जर्नेल नवराज गुरुगँ र विपश्यनाचार्य गोपाल बहादुर पोखरललाई जानकारी गराएका थिए । अनोमा नदी पारी तत्कालि मगध राज्यको अधिनमा भएको हुदा राजकिय घोढा कन्टक ठढा भयो,तत्पश्चात सिद्धार्थ गौतमका सारगी छन्नाले मगध क्षेत्रमा यो राजकिय घोडा नजाने जन...