नवलपरासी,२७ भदौ,
जिल्लाको बर्दघाट नगरपालिकाले नगरक्षेत्र भित्र कुनै किसिमको पुर्वाधार बनाउनु पुर्व नक्सापास गराउन पत्राचार गरेको छ । नगरपालिकाले प्रत्येक वार्ड कार्यालयमा पत्रारचार गरि नक्सापास विनाको संरचना बनाउन नदिनका लागि परिपत्र गरेको हो ।
कार्यापालिको भदौ १३ गते बसेको बैठकले गरेको निर्णय अनुसार प्रमुश प्रशासकिय अधिकृत कृष्ण प्रसार सापकोटाले नगरपालिकाका सबै वार्ड कार्यालयलाई परिपत्र गर्दै ति निर्णयलाई कायान्वयन गर्न जनाएको छ । पत्रमा नक्सापास नगरी घर निर्माण गर्ने कार्य निरुत्साहित गर्नका लागि तत्काल ६ बुदे कार्यक्रम गर्न पनि उल्लेख छ । जस्मा वार्ड कार्यालयले सुचना जारी गरी नक्सा पास गरेर मात्र घर बनाउनका लागि प्रेरित गर्ने,नगरपालिकाले जिगँल,माईकिँग,रेडियो टि भि लगायतका संचार माध्यमबाट प्रचार प्रसार गर्ने,सबै जनप्रतिनिधि तथा कर्मचारीहरुले अ आफ्नो टोल छिमेकमा अनुमति नलिई निर्माण गर्न लागिएको घरधनीहरुलाई अनुमति लिएर मात्र घर निर्माण गर्नको लागि प्रोत्साहित गर्ने रहेको छ ।
त्यसैगरि नगर प्रहरी परिचालन गरि अबैध रुपमा निर्माण गरिएको संरचनाहरुको पहिचान गर्ने,निर्माण गर्न लागिएका संरचनाको निर्माण कार्य रोकी अनुमतिको प्रकृयामा ल्याउने,टोल विकास संस्थालाई पत्राचार गरी आफ्नो टोल छिमेकका नागरिकहरुलाई नक्सा पास गरेर मात्र घर निर्माण गर्नको लागि प्रोत्साहित गर्न अनुरोध गर्ने,नगरपालिकामा कार्यरत प्राविधिकहरुका लागि छोटो अवधिको अभिमुखीकरण तालिम संचालन गर्ने र नक्साको काममा संलग्न कर्मचारीहरुले नागरिक मैत्री भएर सेवा प्रदान गर्ने परिपत्रमा उल्लेख गरिएको छ । नक्सा पास कानुनी कार्यको परिपालना मात्र नभई नगरपालिकाको राजश्व वृद्धिमा सघाउ पुर्याउने अभियान पनि भएकोले यसलाई प्राथमिकतामा राखि कार्य प्रारम्भ गरिएको प्रमुख प्रशासकिय अधिकृत सापकोटाले बताए ।
नक्सापास गराई घर भवन निर्माण गरेको खण्डमा पछि नगरपालिकाबाट पाउने सेवा सुविधा तथा घरको मुल्याँकन वृद्धि भएर बैंक ऋण मुल्याँकन पनि बृद्धि हुन्छ, उनले भने, यसले सम्पति विवरण मुल्याँकनमा सहयोग हुन्छ । नक्सा पास गरिएमा थोरै जग्गामा पनि धेरै उपयोगीता हुने खालको डिजाइन प्राविधिकहरुले गर्नेछन्, उनले भने, भुकम्प प्रतिरोधी र वातावरणमैत्री पनि हुने खालको भवनको डिजाईन हुन्छ । अहिलेलाई तत्काल नक्सा पासले केही खर्चिलो गरए पनि पछि लाभप्रद हुने प्रमुख प्रशासकिय अधिकृत सापकोटाको भनाई थियो । वर्दघाट नगरपालिकामा धेरै जसो वार्ड बजार क्षेत्र छ । बजारमा घरको नक्सा पास गर्न नसक्नु नगरपालिकाको कमजोरी देखिन्छ । विकास निर्माणका लागि योजना माग गर्ने तर त्यही क्षेत्रमा घर बनाउन नक्सा पास नगरि भवन निर्माण गर्न मिल्दैन् । राज्यबाट जब सेवा सुविधा लिइन्छ,तर राज्य प्रतिको उत्तरदायित्व बहन गर्न नगरबासी तत्पर हुनु पर्छ ।
कुनै पनि मुलुकको विकास राज्य लागेर मात्र सम्भव भएका छन् । राज्य भनेका सबै नागरिक हुन् । राज्यको नेतृत्व सरकारले गर्छ,तर सबै नागरिक साथ साथ लागेमा मात्र सरकारी नेतृत्व सफल हुन्छ र मुलुकको विकास तिब्र गतिमा हुन्छ । सरकारको निर्माण पनि राज्यले नै गरेको हुन्छ,त्यो भएर सरकारी निर्णयको परिपालना गर्नु नागरिक कर्तब्य भित्र आउछ । नगरपालिका पनि एक स्थानिय सरकार हो, यसको सिमा भित्र बसोबास गर्ने सबै नागरिक राज्य हुन त्यस कारण यसलाई बनाउनका लागि सबै मिलेर लाग्नु पर्ने प्रमुख प्रशासकिय अधिकृत सापकोटाले आग्रह गरेका थिए । घर नक्सा पास गराउन जग्गाधनी प्रमाण पुर्जा र जग्गाको नक्सा हुनु पर्ने तर नगरपालिका भित्र कतिपय सुकुम्बासी र अब्यवस्थित बसोबास गर्ने नागरिकहरु पनि छन्, उनीले घर बनाउन नक्सा पास गराउने प्रकृयामा चुनौती थपिने अवस्था पनि भएको नगरबासीले बताएका छन् ।