सुस्ता स्थित अनोमाघाटको नेपाली सेनाका जर्नेल र विपश्यनाचार्यद्धारा अध्ययन अवलोकन

नवलपरासी,२१ भदौ
जिल्लाको सुस्ता गाउपालिका स्थित धार्मिक तथा पर्यटकिय स्थल अनोमा घाटको नेपाली सेनाका जर्नेल सहित विपश्यनाचार्यले स्थलगत अवलोकन गरेका छन् । सुस्ता ५स्थित स्थानिय स्तरमा ठाढीघाट भनेर चिनिने उतm अनोमा घाटको संरक्षण विकासका लागि के कस्ता सम्भावना र अवसरहरु छन्भनेर बुझ्ने कार्य समेत गरेका हुन् ।
सिद्धार्थ गौतमले गृहत्याग असार पुर्णिमाको राती गरि अनोमा नदी(हालको गण्डक नदी) किनारमा पुगे पछि उनी चढेको घोडा कन्टक ठढा भएको थियो । त्यिही बेला देखी सो क्षेत्र एक धार्मिक रुपमा ठाढी घाट भनेर चिनिदै आएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले जर्नेल नवराज गुरुगँ र विपश्यनाचार्य गोपाल बहादुर पोखरललाई जानकारी गराएका थिए । अनोमा नदी पारी तत्कालि मगध राज्यको अधिनमा भएको हुदा राजकिय घोढा कन्टक ठढा भयो,तत्पश्चात सिद्धार्थ गौतमका सारगी छन्नाले मगध क्षेत्रमा यो राजकिय घोडा नजाने जनाए पछि सिद्धार्थ गौतम कपाल मुण्डन गरि महाभिनिष्क्रमण लिएर राजकिय पद परित्याग गरेका थिए ।

मगधमा सन्यासीलाई जान आउन रोक नलागेको हुदा सिद्धार्थ गौतम सन्यास धारण गरि अनोमा नदी तरेर मगधको बोधगया तर्फ प्रस्थान गरेको बौद्ध दर्शनहरुमा उल्लेख छ,प्रशासकिय अधिकृत पौडेलले भने, सिद्धार्थको बोधीप्राप्तीको यात्राको प्रारम्भ विन्दु हो,जुन नेपालको सिमामा परेको छ । सिद्धार्थ गौतम ७ बर्षको कठिन तपस्याबाट बोधी प्राप्त गरेको अन्तिम विन्दु बोधगया हो,तर त्यसको प्रस्थान विन्दु अनोमा घाट भएको हुदा यसलाई नेपालको बोधगया भनेरै चिनाउने गरि काम अगाडी बढाइएको छ । दुई बर्ष अगाडी अनोमाघाट महाभिनिष्क्रमण स्थलको रुपमा घोषणा गरि दुई बर्ष देखी महाभिनिष्क्रमण दिवस पनि असार पुर्णिमामा मनाउने कार्य शुरु भएको छ । गत असार पुर्णिमामा मुण्डन गरेर नै महाभिनिष्क्रमण दिवस मनाईयो,अधिकृत पौडेलले भने, अगामी दिनमा यो महाभिनिष्क्रम्ण दिवस मनाउन झाकी र जात्राको रुपमा कपिलबस्तुको तिलौराकोटबाटै शुरु गरि अनोमा घाटमा सम्पन्न गर्ने योजना बनाईने छ ।
गाउपालिकाले अहिले अनोमाघाटको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) समेत बनाई सकेको जानकारी गराए । अब डिपिआर बमोजिम बजेट छट्टयाउदै स साना कार्य गर्दै अगाडी बढिने छ,बढि रकम लाग्ने पुर्वाधारका लागि प्रदेश सरकार र संघिय सरकारसँगै अन्य दातृनिकायसँग पहल गरिने छ । यो क्षेत्रमा एक विश्व बौद्ध सम्मेलनको आयोजना गरिने समेत सोच बनेको उनले जर्नेल गुरुगँ र विपश्यनाचार्य पोखरललाई जानकारी गराएका थिए । यस्तो पवित्र धार्मिक स्थल हाम्रै विच भए पनि यसको प्रचार प्रसार र पहिचान गराउन नसकिएको जर्नेल गुरुगँले भने, यसमा स्थानियबासी र गाउपालिका सरकारले काम गर्नु पर्छ । यसमा नेपाली सेनाको तर्फबाट हुने सहयोग गरिने उनले प्रतिवद्धता समेत जनाएका थिए । उनले यस्तो राष्ट्रिय सम्पदाको संरक्षण प्रवर्धनमा सेनाले काम गर्ने गोरखदल गण रामग्राम स्थित ब्यारेकका कर्नेल ज्ञानकाजी श्रेष्ठलाई सघाउन पनि निर्देश गरेका थिए । यो धार्मिक पवित्र तिर्थ स्थल मात्र नभएर धार्मिक पर्यटनको केन्द्र बन्न सक्छ । गाउपालिकालाई पर्यटन ब्यवसाय गर्न सक्नेलाई यहाँ आकर्षित गराउन सक्छ । यो एक विजनेस स्थल पनि हो, उनले थपे, यसलाई जति सक्दो चाडो प्रचार प्रसार गराउदै अगाडी बढनु पर्ने आवश्यकता छ ।

विपश्यनाचार्य पोखरेलले यो पवित्र भुमिमा विपश्यना केन्द्र बनाएर बुद्धले खोजको गरेको विपश्यना विद्याको ध्यान अभ्यास गराउन सकिने बताए । त्यसका लागि गाउपालिकाले योजना बनाए आफ्नो तर्फबाट हुने सबै सहयोग हुन्छ, उनले भने, अग्रसरता गाउपालिकाले लिनु पर्छ । विपश्यना केन्द्रका लागि आवश्यक जग्गाको ब्यवस्थापन गरि काम अगाडी बढाएमा ध्यान केन्द्र बन्न सक्छ । विश्व भरिका विपश्यना साधक यहाँ पनि आएर विपश्यना ध्यान गर्न सक्छन् । यसले पनि यो अनोमाघाटको महत्वलाई बढाउछ । अनोमाघाटको नेपालको तर्फबाट प्रचार प्रसार हुन थाले पछि भारतियहरुले पनि गण्डकी नदी पारी विहारमा अनोमाघाट भनेर प्रचार गर्न थालेको गाउपालिका अध्यक्ष टेकनारायण उपाध्यायले जानकारी गराए ।
बाल्मिकी आश्रम नेपालमा पर्छ,तर भारतियहरुले त्यसलाई ओझेल पार्न भैसालोटन बजारलाई बाल्मिकी नगर नामाकरण गरि हाले । त्यसी गरि अहिले अनोमाघाट भारतीय क्षेत्रमा परेको बजारबाजी शुरु गरेका छन् । त्यसलाई चिर्नका लागि पनि बुद्ध सर्किटसँग जोडेर यस क्षेत्रमा विश्व बौद्धसम्मेलन गरि यसको सन्देश विश्व बौद्धमार्गिहरु समक्ष पुर्याउन आवश्यक रहेको उनको भनाई थियो । गोरखदल गणको आयोजनामा सुस्ता ४ र्मा एक दिने वृहद निशुल्क स्वास्थ्य शिविरको उदघाटन गर्न आएका जर्नेल गुरुगँ र विपश्यनाचार्य पोखरेल सुस्ता आएका थिए । सोही क्रममा अनोमाघाटको अवलोकन समेत गरेका थिए । पोखरेल देवदह मेडिकल कलेज र लुम्बिनी मेडिकल कलेजका चेयरमेन पनि हुन् । मेडिकल देवदह मेडिकल कलेजका ८ जना विशेषज्ञ चिकित्सक,पृथ्वीचन्द्र अस्पताल,नेपाल औषधी ब्यवसायि,स्वास्थ्य कार्यालय लगायतका संस्थाहरुको सहयोग रहेको थियो । शिविरमा ४ सय ९ जना महिला २ सय ७१ पुरुष गरि कुल ६ सय ८० जनाले स्वास्थ्य सेवा लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *