प्रतापपुरमा तिन बर्ष देखी भत्किएको पुल नबन्दा स्थानियलाई सास्ती

नवलपरासी,
जिल्लाको प्रतापपुर गाउपालिका ८ स्थित रेतापुल विगत ३ बर्ष देखी भत्किएको तर हालसम्म पुनिर्माण कार्य नहुदा स्थानियबासीलाई सास्ती भएको छ । सुख्खा मौषमका थोरै पानी हुदा खासै समस्या नपरे पनि बर्षायाममा स्थानियबासीलाई आउजाउमा समस्या भएर सास्ती खेप्न परेको हो ।
पुल निर्माणका लागि सरोकारवालाले चाँसो नलिए पछि स्थानियबासीले हैरानी ब्यहोर्न परेको सुस्ता गाउपालिका ३ का वार्ड अध्यक्ष हरिलाल दुसादले बताए । विगत बर्ष देखी नै यो पुलको निर्माणका लागि सम्बन्धित प्रदेश सभा सदस्य र प्रतिनिधिसभा सदस्यहरुलाई जानकारी गराइएको छ । हरेक पटक आश्वासन दिए पनि बजेट बिनियोजनका लागि पहल नगर्दा स्थानियबासीलाई समस्या झेल्न परेको उनको भनाई थियो ।

सुस्ता र प्रतापपुर गाउपालिका जोड्ने बालुटोल,फट्केटोल लगायतका आधा दर्जन गाँउका बासिन्दालाई दैनिक आउजाउ गर्नु पर्छ । अन्य गाउपालिका र जिल्ला बाहिरका ब्यतिm पनि सो पुल तरेर नर्सही सिधै जाने सडक हो । तिन बर्ष देखी पुल नबन्दा बर्षायाममा सो बाटो बन्द जस्तै हुने गरेको छ, वार्ड अध्यक्ष दुषादले भने, बाहिरबाट आउने ब्यतिmले बैकल्पिक भारतिय नहरको बाटो भएर नर्सही तर्फ जाने गरेका छन्,तर स्थानियबासीलाई बेलाटारी बजार आउजाउका लागि घण्टौ लगाएर सोही नहरको बाटो जानु परेका छ ।
कम पानी हुदा त पुरुष ब्यतिm खोला त्यसै तरेर जाने गरेका छन्,उनले थपे,तर महिला र बालबालिकालाई सास्ती भएको छ । यसै क्षेत्रका प्रतिनिधि सभा सदस्य साँसद हृदेश त्रिपाठी राष्ट्रिय चर्चित नेता पनि हुन,तर यस तर्फ उनको ध्यान नगएको समेत आरोप स्थानियबासीको रहेको छ । अहिले लुम्बिनी प्रदेश सरकारका उद्योग मन्त्री अजय बहादुर शाहीको पनि निर्वाचन क्षेत्र हो,तर कानमा तेल हालेर उनी पनि बसेका छन् । प्रतापपुर र सस्ता गाउपालिकाले समेत चाँसो कम दिएको स्थानियबासीले बताए । संघ सरकार र प्रदेश सरकारले वेवास्ता गरे पनि कम्तीमा दुबै पालिकाले पनि लगानी गरे पुल सहजै बन्न सक्ने अवस्था छ । तर पालिकाको पनि त्यस तर्फ ध्यान नगएको वार्ड अध्यक्ष दुषादले जनाए । विगतमा जिविस हुदा नै सो पुलको निर्माण भएको थियो, तर अहिले जिविस छैन्,त्यस्ता दुई पालिका जोड्ने सडक पुलको प्रदेश सरकार र संघ सरकारले पनि ध्यान नदिएकोमा उनले दुःख ब्यतm गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *