बौद्धकालिन प्राचिन कुण्डियनगर भनेर चिनिएको सरावल १ भगडा स्थित जिवक बनमा जिउतिया महोत्सव मनाइएको छ । स्थानिय थारु समुदायले गत बर्ष दखी जिउतिय पर्वको दिन भगडा स्थित पतजिव बगैचा क्षेत्र प्राचिन कुण्डिय नगरको रुपमा घोषणा गरि जिउतिया महोत्सवको आयोजना गरेको परम्परालाई निरन्तरता दिदै जिउतिय पर्वको दिन महोत्सव मनाएका हुन् ।
स्थानिय स्तरमा पतजिव भनेर चिनिने पुत्रन्जिवी बगैचा क्षेत्रमा भगवान बुद्ध र बौद्ध संघको चिकित्सक समेत रहेका भन्ते जिवक र उनका अग्रसेवक भन्ते आनन्द आएर सो स्थानमा बसेको मान्यता रहेको छ । जिवक सहितको बास बसेको स्थान प्राचिन कुण्डिय नगर भएको बौद्ध अध्ययेताहरुको मान्यता रहेको छ । जिवककै नामले पुत्रन्जिवी बनस्पती अहिलेसम्म त्यहा रहेको छ । स्थानियबासीले सो स्थानमा हसनी माईको स्थान पनि भएको मान्दै आएका छन् । आयुर्वेदिक मान्यता अनुसार पुत्रन्जिवीको फल सेवन गरे पुत्रलाभ प्राप्त हुने छ । पुत्रलाभ प्राप्त भए पश्चात यहाँ आउने हरेक ब्यतिले हास्दै फर्कने हुदा सो स्थानमा हसनीमाईको बास रहेको स्थानिय मान्यता छ ।
आयुर्वेदिक चिकित्साका अनुसार पुत्रन्जिवीको सेवनले शरिरमा एक्स क्रोमोजोमको विकास गर्ने र एक्स क्रोमोजोम पुरुषको र वाई क्रोमोजोमको मिलनले मात्र गर्भमा पुत्र शिशु हुने बैज्ञानिक आधार पनि छ । त्यो बनस्पतीको सेवनले एक्स क्रोमोजोमको वृद्धि गर्दा पुत्रलाभ हुने हुदा यो बनस्पतलाई पुत्रन्जिवी भनिदै आएको हो । परम्परा अनुसार स्थानिय थारु मधेशी महिलाहरु पुत्रलाभ र पुत्रको दिर्घजिवनको कामना गर्दै जिउतिया पर्वमा उपवास बस्ने गर्छन् । परम्परा,आयुर्वेदिक मान्यता,बैज्ञानिक आधार,प्राचिन इतिहास समेत जोडिने भएकोले यो स्थानको महत्व नेपाल र विश्व सामु दर्शाउन आवश्यक रहेको गाउपालिका अध्यक्ष शुखाडी चौधरीले बताए ।
स्थानिय स्तरबाट यस स्थानको प्रवद्र्धन हुने आए पनि अन्य निकायबाट खासै पहल हुन सकेको छैन् । त्यसका लागि गाउपालिकाले यसलाई बौद्ध परिपथमा जोडेर एक पर्यटकिय स्थलको रुपमा चिनाउने कार्य गर्दै आएको छ । स्थानिय मान्यतालाई प्राचिन इतिहासँग जोड्नु पर्छ । सम्भवतः अहिले पुत्रन्जिवीको रुख विरुवा यहाँ मात्र पाईने गरेको छ । यसको संरक्षण र विकास पनि उत्तिकै आवश्यक रहेको छ । कथामा मात्रै नभएर गत बर्ष पुत्रन्जिवीको सेवन गरेर साच्चिकै लाभ प्राप्त भएको सरावल स्थित आयुर्वेदिक चिकित्सकहरुले बताएका छन् । तर यसको बैज्ञानिक तरिकाले सेवन गर्ने आधार अझै भई नसकेको र यसको खोज अनुसंधानका लागि आयुर्वेद विभागमा लेखि पठाइएको बताइएको थियो ।