नवलपरासी,
जिल्लाको प्रतापपुर गाउपालिकाले गाउपालिका भएर जाने भारतिय पश्चिमी नहर सिचाई प्रणालीको उपयोग गरि र्याफटिगँ सञ्चालनका लागि गाउपालिकाले बजेट बिनियोजना गरि सम्भाब्यता अध्ययन शुरु गराएको छ । बर्षाै देखी नहर प्रतापपुर गाउपालिका भएर बग्ने गरे पनि त्यसको उपयोग कहि कतै नदेखिए पछि गाउपालिका अध्यक्ष उमेशचन्द यादवले र्याफ्टिगँ शुरु गर्ने योजना ल्याएको र त्यसका लागि गाउपालिकाले बजेट बिनियोजना गरि सम्भाब्यताका लागि काम शुरु गराएका हुन् ।
गाउपाालिकाले तत्काललाई १० लाख बजेट बिनियोजन गरेको अध्यक्ष यादवले जानकारी गराए । उनका अनुसार आन्तरिक तथा बाह्य पर्यटन विकास गर्ने उदेश्यले र्याफटिँग शुरु काम थालिएको छ । दुई चार महिनामा सम्भाब्यता अध्ययनको प्रतिवेदन आउछ,उनले भने, त्यस पश्चात र्याफटिगँ सञ्चालनमा ल्याईन्छ । फलामे गेट देखी सुर्यपुरा स्थित गण्डक जनविद्युत केन्द्रसम्म र्याफटिँग शुरु गरिने उनको भनाई थियो । नहरमा १२ देखी १५ हजार क्युसेक पानी नियमित प्रवाह हुन्छ,उनले थपे, वरिपरि ठाँउ ठाँउमा नहरबाट बाहिर आउने जाने खालका भर्याँगहरु बनि बनाउ छन् । धेरै संरचना बनिबनाउ नै भएको हुदा आवश्यक र्याफटिँग गर्ने खालका प्लाटिकका डुगाँ र त्यसमा बस्ने यात्रुका लागि लाईफ जकेट खरिद गरिन्छ । त्यसका लागि आवश्यक कानुनी प्रकृया समेत बढाईएको छ । सञ्चालनका लागि नेपालका अन्य स्थानका विज्ञ समेत बोलाएर परिक्षण गराईन्छ ।
फलामे पुल देखी प्रतापपुर पुल,अठिलहि पुल नजिकै पनि ठाँउ ठाँउमा रोक्न सक्ने ? सुरक्षाको दृष्टिकोणले अपनाउने साधन र योजनाको समेत सम्भावना अध्ययन गरिने छ । खेर गईरहेको नहरको पानीलाई जलविहार र्याफटिँगमा उपयोग गरिने छ । यसमा ठूलो सम्भावनाहरु देखिएको छ, ,अध्यक्ष यादवले भने, नहरमा पानी प्रवाह बन्द भएको बेला पनि गण्डक जलुविद्युत केन्द्र स्थित रहेका पानी गुन्ने ढोका बन्द गराएर पनि र्याफ्टिगँ सुचारु गर्ने अवस्था छ । पहिला गाउनपालिकाले शुरु गर्ने र त्यस पछि निजी क्षेत्रलाइ पनि यसका लागि प्रवद्र्धन गरिने छ ।
गण्डक बाँधबाट भारतको उत्तर प्रदेशमा सिचाई गर्नका लागि जाने भारतिय पश्चिमी नहर नेपाली भुमि भएर नै उत्तर प्रदेशमा जाने गरेको छ । विभिन्न स्थानमा स साना परिमाणको नदी नालामा पनि यस्तो र्याफटिँगहरु भएका छन् । तर यहाँ यति धेरैको पानी त्यसमा पनि पानी नियन्त्रित गर्ने प्रणाली समेत भए पनि यता तर्फ विगतमा कसैको ध्यान नगएको उनको भनाई थियो । बुटवल र भैरहवासम्मका ब्यतिm यो रमणिय स्थलमा र्याफटिगँ गर्न आउन सक्ने सम्भावना रहेको छ । भारतको उत्तर प्रदेश र विहार प्रदेशबाट पनि यस क्षेत्रमा आउने पर्यटकलाई आकर्षण बन्न सक्छ । स्थानियलाई पनि ब्यवसायसँगै रमाईलो गर्ने अवसर जुटाउने छ । लुम्बिनीमा आउने पर्यटक पनि सिद्धार्थ गौतम गृहत्याग गरि महाभिनिष्क्रमण लिएको स्थल अनोमा घाटमा आउने गरेका छन् । ति पर्यटकलाई पनि यो र्याफटिगँले आकर्षित गर्नेमा उनी विश्वस्त देखिएका छन् ।
थोरै लगानीले यो जिल्लाकै प्रभावशालि पर्यटकिय गन्तब्य बन्ने सक्ने सम्भावना रहेकोले यस्तो सोच अनुसार काम थालिएका हो । र्याफ्टिगँ मात्र होईन,नहर भित्रै जल यातायात समेत चलाउन सक्ने अवस्था रहेको छ । भारतिय पक्षलाई खसै यसबारे असर नपर्ने भएको हुदा अवरोध नहुने उनको भनाई थियो । भारतलाई चाहिने पानी हो, उनले भने, जल यातायात र र्याफटिगँले पानी घटाउने बढाउने गर्दैन् । भारतलाई पानीको आवश्यकता नभए पनि नहरको पानी पुनः गण्डक नदीमा फ्याक्ने गरि गण्डक संरचना छ । त्यसले पनि सहज बनाउने हुदा यसमा अवरोध हुने उनको भनाई थियो । नहरको दुबै किनारमा सर्भिस रोड र नहरको पुर्वि उत्तरी भागको तल्लो तटिय भागमा पनि सडक छ । त्यसमा पनि जैविक यातायात जस्तै घोडचढी र गाडाको समेत पछि ब्यवस्थान गर्दै नहरलाई सजाएर पर्यटन क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य रहेको छ । नहरमा पानी नभएको बेला पनि नहरको उत्तरी पुर्वि भागमा पानी रहने हुदा त्यसमा र्याफटिगँलाई निरन्तरता दिन सकिन्छ । उखु र केरा यस क्षेत्रको प्रमुख बाली हो,केरा खादै उखुको जुस पिउदै र्याफटिगँ गराईने छ ।
केही महिनामै तपाईहरु पनि नहरमा र्याफटिगँ गर्न पाउनु हुन्छ,विश्वास गर्नुस,उनले उत्साही हुदै भने,यो धेरै पहिला देखीको यो मेरो सपना थियो,तर स्थान नपाउदा शुभारम्भ गर्न सकिएको थिएन् । अहिले जनताले गाउपालिका अध्यक्ष बनाएका छन् । गाउपालिकाको आर्थिक विकासमा समेत यस्तो टेवा पुर्याउने भएको हुदा र्याफटिगँ गराउने गरि काम थालिएको छ । यसले भारतिय पर्यटकलाई समेत लोभ्याउने हुदा भारतिय पर्यटकबाट भारतिय रुपिया (इण्डियन करेन्सी) संकलन हुने उनको भनाई थियो ।