स्वास्थ्य सेवा प्रवाह गर्न जिल्लामा वर्दघाट नगरपालिका पहिलो

नवलपरासी,२ भदौ
जिल्लाका सात स्थानिय तहमा हुने स्वास्थ्य सेवाका गतिविधिलाई आधार मानी मुल्याँकनमा वर्दघाट नगरपालिका पहिलो भएको छ । जिल्ला स्वास्थ्य कार्यालयद्धारा भुमहीमा आयोजना गरिएको आर्थिक बर्ष २०७८/०७९ को जिल्ला स्तरिय एकिकृत स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा गर्दै कार्यसम्पादान मुल्याँकन गर्दा जिल्लामा वर्दघाट पहिलो स्थानिय तह भएको घोषणा गरिएको हो ।
स्वास्थ्य सेवाको प्रभावकारिता,कार्यसम्पादन,स्वास्थ्य सुचना ब्यवस्थापन प्रणाली र स्थानिय तहले बजेट विनियोजना गरिने आधार तथा स्वास्थ्यसँग बनाईएका नीति आदीको आधारमा सातवटै पालिकाको मुल्याँकन गरिएको थियो । त्यसमा वर्दघाट नगरपालिका सबै भन्दा बढि अंक प्राप्त गरेर पहिलो भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी गराएको थियो । दोश्रो स्थानमा सरावल गाउपालिका र तेश्रो हुने पालिकामा प्रतापपुर परेको छ । त्यसै गरि रामग्राम नगरपालिका र सुस्ता गाउपालिका सान्तवना प्राप्त गरेको छ । जिल्लाका सुनवल नगरपालिका र पाल्हीनन्दन गाउपालिका पछाडी परेको जनाइएको थियो । यि दुई पालिकाको स्कोरिगँ वि मात्र प्राप्त गरेको थियो । पहिलो बाकी पाँच वटै पालिकाले ए प्राप्त गरेका थिए । त्यसमा पनि अंकको आधारमा पहिलो,दोश्रो,तेश्रो र सान्तवनामा राखिएको थियो । जिल्लाको पहिलो भए हुने वर्दघाट पनि ए प्लसमा पुग्न नसके पनि अन्य पालिकाको भन्दा बढि अंक ल्याएर पहिलो भएको थियो ।
तोकिएको मापदण्ड अनुसार सबै पालिकाले आधारभुत स्वास्थ्य सेवा पुर्याएको पाइएको थियो । तर अझ गुणस्तरिय सेवा प्रवाह गरिनुका साथै रिपोर्टिगँ र समन्वय गर्न नसक्दा अंक कम भएको जानकारी कार्यालयले गरेको थियो । पालिकाका स्वास्थ्य शाखा प्रमुखले विभिन्न कार्यक्रममा हुने उपस्थिती र लिइने जिम्मेवारी तथा प्रतिकृयालाई समेत आधार बनाइएको थियो । जस्मा धेरै पालिकाका स्वास्थ्य शाखा प्रमुखहरु कार्यक्रममा उपस्थित नहुने,उपस्थित भए पनि पुरै समय नबस्ने र सरकारले गर्न भनेको कार्यक्रम बेलामा उत्तरदायित्व नलिइने आधार समेत रहेको थियो । कपितय सस्थाले सेवा दिएको तर रिपोटिगँ नहुदा अंक प्राप्तबाट बन्चित भएका थिए । स्वास्थ्य निर्देशनालयको टोलीले स्वास्थ्य सस्थाहरुको कार्य सम्पादन मुल्याँकनको आधारमा मुल्याँकन गरेको थियो । पहिलो हुने वर्दघाट नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले स्वास्थ्य सेवा कुनै ब्यतिm भन्दा टिम वर्कले हुने गरेको र त्यसमा जनप्रतिनिधि तथा प्रमुख प्रशासकिय अधिकृतले समेत स्वास्थ्य सेवालाई महत्व दिदा पहिलो हुने आधार बन्ने गरेको बताएका थिए ।
कार्यक्रमका प्रमुख अतिथी जिसस प्रमुख भगौती यादवले सरकार तथा जनप्रतिनिधिले नीति नियम बनाए पनि त्यसलाई कार्यान्वयन गरेर जनतासमक्ष सेवा पुर्याउने दायित्व कर्मचारीकै भएको बताएका थिए । जुन पालिकामा महत्व दिएर सेवा प्रवाह र सेवा प्रवाह गरिएको कुराको दस्तावेजिकरण गरि प्रस्तुत गर्न सक्छ,त्यो नै उत्कृष्ट स्थान प्राप्त गर्ने उनले बताएका थिए । यो मुल्याँकन स्थानिय तहको स्वास्थ्य सेवा प्रवाहको चित्रण भएको बताएका थिए । कार्यक्रमका विशिष्ठ अतिथी प्रजिअ श्रवण कुमार पोखरेलले जुन पालिकाको जे जस्तो अवस्था छ,त्यसलाई पत्रका साथ पालिकाका प्रमुख,उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतलाई सो विवरण पुर्याउन जिल्ला स्वास्थ्य कार्यालयलाई आग्रह गरेका थिए । त्यसको स्वमुल्याँकन गरि जनप्रतिनिधि र प्रमुख प्रशासकिय अधिकृतले पनि अगामी दिनमा स्वास्थ्य शाखा र स्वास्थ्य सेवालाई महत्व दिएर सहयोग पुर्याउनमा मद्दत मिल्ने उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *